समाचार
आजदेखि अनलाइनबाट मात्र पुन: श्रम स्वीकृति लिन सकिने, यस्तो छ तरिका
सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ ।
श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो ।
कसरी लिने पुनः श्रम स्वीकृति ?
पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ ।
यसका लागि सुरुमा विभागको वेबसाइटमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली गएर पनि खोल्न सकिनेछ ।
श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ ।
युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।
अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ ।
उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।
कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन् ।
वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ । रासस
समाचार
खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक
खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक पाइने भएको छ । य…
डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड लगानी गर्ने
डोल्मा इम्प्याक्ट फण्डले नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुमा ४६ करोडको लग…
अब नेपालमै स्टिकर छापिने, अर्थमन्त्री शर्माले दिए निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिए…
शुक्रबार हुने भनेको एनसीआईटी कलेजको प्रोजेक्ट एक्जिबिसन कार्यक्रम कोरोनाका कारण स्थगित
कोरोना महामारीका कारण नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको प्रोजेक्ट…
दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त
नेपालको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भए…
नेपाल आइडलको भोटिङ पार्टनरमा सेल पे
भुक्तानी सेवा प्रदायक सेल पे सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोट…
एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित
एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाबुरा…
ओपो ईन्नो डे २०२१ को वेबसाइटले जित्यो एफओटीडी अवार्ड
ओपो ईन्नो डे २०२१ को वेबसाइटले एफडब्ल्यूए (फेभरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (…
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर
लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्…
एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी
ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाल…
एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी
गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको…
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । …
सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक
सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्…
वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट
डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरने…