समाचार
एनआईसी एसिया बैंकका ग्राहकले अब भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सक्ने
नआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक गर्न सक्ने भएका छन् ।
घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैँकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकका कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी बुझाउनुपर्नेछ ।
त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भिडियोकलको लागि समय बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन् ।
बैँकले यसअघि नै अनलाइन खाता खोल्ने ग्राहकका लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।
ग्राहकहरूले भी–केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता–पासपोर्ट–ड्राइभिङ लाइसेन्स र मतदाता परिचयपत्र) तथा सेतो कागज र कालोनीलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त मिडिया कलमार्फत देखाउनुपर्छ ।
यसरी भी–केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।
समाचार
सार्वजनिक भयो एससीटीको ‘फास्ट बैंकिङ’ सेवा, एउटै प्लेटफर्मबाट सबै डिजिटल सुविधा लिन सकिने
स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले स्विफ्ट टेक्नोलोजीसँगको सहकार्यमा नयाँ डिजिटल ब…
कनेक्ट आईपीएसको विन्टर अफर, क्यासब्याकदेखि निःशुल्क वार्षिक सब्सक्रिप्सनसम्म
कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्…
चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याक
एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेट…
सनवे कलेजमा हल्ट प्राइज सुरू हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने
सनवे कलेजमा बिहीबारदेखि औपचारिक रूपमा हल्ट प्राइज सुरू हुने भएको छ । बिहीबार एक…
सुरू भयो एससीटीको फास्ट बैंकिङ सेवा
स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले फास्ट बैंकिङ सेवा सार्वजनिक गरेको छ । बुधबार …
विश्वकप फुटबल लाइभ हेर्न नेपाली दर्शकले पाँचसय रूपैयाँ तिर्नुपर्ने
नेपाली दर्शकहरूले अब टेलिभिजनबाट विश्वकप फुटबल हेर्न पाउने भएका छन् । बुधबार न्याय…
एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्ने
एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेर…
खानी उद्योगलाई डिजिटल बनाउँदै ह्वावे
माइनहार्मोनीको व्यावसायीकरणको एक वर्ष पछि ह्वावेले फाइभजी र एआइमार्फत स्मार्ट माइनिङ…
८६ वर्षमा प्रवेश गर्यो नेपाल बैंक, डिजिटल बैंकिङ प्राथमिकतामा
नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८६ वर्षमा प्रवेश गरेको छ । वि…
३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड
नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक…
कपर केबललाई फाइबरले विस्थापित गर्दै टेलिकम
नेपाल टेलिकमले कपर केबललाई फाइबरले विस्थापित गर्ने भएको छ । टेलिकमको प्रादेशिक न…
सात लाख घरमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख …
चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदाता मात्र नभएर उमेद्धारले समेत आकर्षक उपहार पाउने
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतब…
वर्ल्डलिंकको सहकार्यमा लोकसले ५० विद्यालयमा सञ्चालन गर्यो इन्टरनेट सचेतना कार्यक्रम
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्ससँगको सहकार्यमा पुल्चोक क्याम्पस ईन्ज…
विदेशबाट अब सिधैं सानिमा बैंकको भिसा कार्डमा पैसा पठाउन सकिने
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत्…