समाचार
रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू
रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ ।
यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ । कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई ढाँट्ने गरेको गुनासो आउने गरेको छ ।
अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू गरिएको बताए । यो प्रणाली लागू भएपछि किसानले मल खरिद गर्दा ठगिने समस्याबाट मुक्त हुनुका साथै मलमा हुने अनियमितता तथा चुहावट पनि रोकिने उनले बताए ।
कृषि सामग्री कम्पनीका सातवटै प्रदेशका प्रादेशिक कार्यालय र गोदाम तथा डिपोमा लागू गरिएको उनले जानकारी दिए ।
कम्पनीबाट कुन सहकारीले कति मल लगे, कुन स्थानीय तह वा पालिकामा कति मल गयो, कति बाँकी छ लगायतका विवरण जहाँबाट पनि एक साथ हेर्न सकिने गरी यो प्रणालीमा निर्माण गरिएको उनले जानकारी दिए ।
हरेक ठाउँको तथ्याङ्क सफ्टवेयरमार्फत अध्यावधिक गरिने बताउँदै प्रमुख कार्कीले त्यसको नियन्त्रण तथा अनुगमन केन्द्रले गर्ने जानकारी दिए । जुन डिपो जहाँबाट जति मल बिक्री गरे पनि दिनदिनै सो प्रणालीमार्फत अपडेट गर्नुपर्ने हुन्छ । गोरखापत्र
समाचार
आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना
सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने…
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …
कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन
आक्रामक रूपमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुर…
‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका
सफ्टवेरिका कलेजले ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी सेप्टे…
नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै
टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन ने…
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल …
थाइल्यान्डमा सुरु भयो ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम
ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी) सँगको सहकार्यमा सिड्…
प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु …
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले…
एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ
एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । …
रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक
ईकमर्स कम्पनी साझाडिल डटकम रिब्राण्डिङ भएको छ । स्थापना भएको ५ वर्षपछि साझाडिल डटकम…
मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
भदौ ७ गते आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा प्यानल डिस्कसन हुने भएको छ । …
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टको सेमिफाइनलमा पुग्यो नेपाली टिम
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …
क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट
डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट न…
भिडियो कलबाटै अब ग्लोबल आईएमई बैंकमा केवाईसी प्रमाणित गर्न सकिने
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवा…