कीवर्डहरू -

समाचार

म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको हो ।

यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा लिन सक्नेछन ।

विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ । विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः श्रमस्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको जानकारी दिँदै संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको बताए ।

उनले भने, ‘विभागले अबको १५/२० दिनभित्रै श्रम कार्यालयबाट हुने सबै सेवा अनलाइनबाट गरौँ भनेका छौँ तर प्राविधिक टोलीले भने केही समय थप्नुपर्छ भनेको छ, त्यसैले थोरै ढिला भए पनि अब छिट्टै अनलाइनमै जान्छौँ ।'

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रूपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएसँगै सेवाग्राही सेवा लिन कार्यालय आउनु नपर्ने बताए ।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ ।

संस्थागत श्रमस्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रमस्वीकृति लिने गरेको देखिन्छ । हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रमस्वीकृति जारी गर्दै आएको छ । गोरखापत्र

समाचार

सातै प्रदेशमा ईबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रम हुँदै

मंगलबार साँझदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया २०२२ शुरू हुने भए…

निःशुल्क भर्चुअल नोड जेएस सिक्न चाहनुहुन्छ? यसरी दिनुहोस् आवेदन

‘नोड जेएस’ सिक्न चाहने विद्यार्थीहरुका लागि निःशुल्क एक महिने भर्चुअल वर्कसप सुरु ह…

प्रमाणमा आधारित नीति निर्माण गर्न फ्यूजमेशिन र दायित्वबीच सहकार्य

नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा-सरकारबिचको सहकार्यलाई प्रवर्द्धन गर्…

वाच हिस्ट्री फिचर परीक्षण गर्दै टिकटक

सामाजिक सञ्जाल टिकटकमा अब वाच हिस्ट्री हेर्न कसिने भएको छ । यसका लागि टिकटकले वाच…

डान्सिङ स्टार्स नेपालमा अब खल्तीबाट भोटिङ गर्न सकिने

डान्सिङ  स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती नियुक्त भएको छ । १२ जना अनुभवी कोरिय…

रुसको आक्रमणले विनाश भयो युक्रेनको ऐतिहासिक कम्प्युटर संग्रहालय

रुसको आक्रमणले युक्रेनमा रहेको ऐतिहासिक कम्प्यूटर संग्रहालयको विनाश भएको छ । युक्रे…

शैन्यशक्तिलाई सहयोग गर्न एनएफटी बिक्री गर्दै युक्रेन

युक्रेनले आफ्नो शैन्यशक्तिलाई सहयोग गर्नका निम्ति एनएफटीको विक्रि गरिरहेको छ । नन फन्…

कृषि समस्या समाधान गर्न एआईमा आधारित सफ्टवेयर तयार, इन्टरनेट नभए पनि चलाउन सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले १ जीबीपीएस स्पीडको इन्टरनेट ल्याएको छ । कम्प…

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित रहेको कार मोड फिचर परीक्षण गरिरहेको छ । यसमा ध…

बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकत्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच एक सम्झौता भएको छ ।  बैंकको …

अब मासिक १२ सय रूपैयाँमा वर्ल्डलिंकको २०० एमबीपीएसको इन्टरनेट र आईपीटिभी

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब मासिक १२ सय रूपै…

राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोडको पुरस्कार 

गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुर…

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । क…