समाचार
एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस प्राप्त गर्न सक्ने
एनसेलले दशैं रिचार्ज बोनस सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।
यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।
बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।
यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।
आफ्ना ग्राहककालागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ ।
यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
समाचार
लाइभ ह्याकाथन आयोजना गर्दै डब्लुआईआईटी
वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले लाइभ ह्याकाथन आयोजना गर्ने भएको छ ।…
हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा
घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पा…
एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केयाईसी सेवा सुचारु
एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने …
भायानेटको दशैँ अफर, अल्ट्राफाई इन्टरनेट जोड्दा नोकिया १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर प्राप्त हुने
दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफर ल्याएको छ। यो अफर अन्त…
वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी क…
खाना डेलिभरी गर्ने कम्पनी भोजले अधिग्रहण गर्यो क्विकर
खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विर…
सेल्सबेरीको स्कयान टू विन अफरको पुरस्कार गौतमलाई
सेल्सबेरीको तेस्रो हप्ताको पुरस्कार राजेन्द्र गौतमले जितेका छन् । सेल्सबेरी डिपार्टमेन्…
१० औं विज्ञान दिवस : ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’
सरकारले १० औं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । यस वर्षको विज्ञान दिवसको …
स्काइवर्थको दशैं तिहार अफर, सामान खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक
के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ …
१४ हजार ९९९ रूपैयाँमा ३२ इन्चको यसुदा टिभीसहित एक वर्षको नेटटिभी र सेटअप बक्स सुविधा
नेटटिभीले दशैंलाई लक्षित गर्दै ‘NETTV fesTVty’ अफर ल्याएको छ । दशैँ अफरमा नेटट…
राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशिको पुरस्कार
गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुर…
दशैंलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ अफर, १०५० रूपैयाँमा राउटर र २०० एमबीपीएस इन्टरनेट
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालीहरुको चाड दशैंलाई लक्…
दोस्रो वार्षिकोत्सवको अवसरमा आईटी कोर्षमा ३० प्रतिशतसम्म छुट दिदै दूरशिक्षा
सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने संस्था एनसेल वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ को दुई ओटा विधामा सर्टलिस्ट भएको छ । एनसेल वर्ल्…
आइसिटी अवार्ड २०२२ को ई-कमर्श पार्टनरमा दराज
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी …