कीवर्डहरू -

समाचार

आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ? 

आगामी मार्चदेखि आईफोन प्रयोगकर्ताले एनसेलको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवा प्रयोग गर्न पाउने भएका छन् ।

गत सेप्टेम्बर १ मा सार्वजनिक भएको एनसेलको भीओएलटीई सेवा एन्ड्रोइड फोनमा मात्रै उपलब्ध छ । तर मार्चदेखि आईफोन प्रयोगकर्ताले समेत एनसेलको भीओएलटीई सेवा प्रयोग गर्न पाउने छन् ।

अहिलेसम्म एनसेलको भीओएलटीई सेवा सामसङ, भिभो, ओप्पो, वानप्लस, ह्वावे, जेडटीई लगायतका एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध रहेको छ ।

एनसेलको भीओएलटीई सेवा ५० हजार बढीले लिएका छन् । यसबाट फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् ।

एनसेलको फोरजी सिम र भीओएलटीई सपोर्ट गर्ने फोन भएका ग्राहकहरुले *१७२०१# डायल गरी एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् ।

यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ ।


समाचार

वर्ल्डलिंकको महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान सुचारु

वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना …

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने…

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा उपलब्ध

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा …

प्रविधि पत्रकारको ज्ञान तथा क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको कार्यशाला सम्पन्न

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र एनसेल आजियाटा लिमिटेडले प्रविधि क्षेत्रमा रिपोर्टिङ् …

नेपाल रेमिट इन्टरनेशनल र प्रभु म्यानेजमेन्ट बीच व्यावसायिक सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यावसायिक सम्झौता भए…

टिसिएलले नेपालमा सार्वजनिक गर्याे गुगल टिभी

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गूगल टि.भी भनेको …

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबा…

अनलाइन जुवा तथा बेटिङ गर्नेको बैंक खाता, मोबाइल वालेट रोक्का गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय…

आईएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यक…

नमस्ते पेमा उपलब्ध भयो स्प्लिट बिलको सुविधा 

डिजिटल वालेट नमस्ते पेमा स्प्लिट बिलको सुविधा उपलब्ध भएको छ । एन्ड्रोइड र आईओएस दुब…

सेल्सबेरीको डिजिटल क्याम्पेन \'क्लिक एण्ड विनमा\' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका …

नेपाल टेलिकम मार्फत सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंक र नेपाल टेलिकमबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल…

अनलाइनमार्फत् सट्टाबाजी गर्ने २ जना पक्राउ

अनलाइनमार्फत् सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ …

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसि…

दराज १२.१२ मा सानिमा बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहक…