कीवर्डहरू -

समाचार

अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा

नेपाल टेलिकमले बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुर्‍याएको छ ।

ग्रामीण र दूरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोवाईल सेवा विस्तार गरि सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ ।

भौगोलिक कठिनाईका कारण रेडियो लिङ्क मार्फत सेवा उपलब्ध गराउन प्राविधिक हिसाबले सम्भव नभएपछि तमानमा रहेको बिटियस टावरबाट अप्टिकल फाईबर मार्फत लिङ्क गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

बागलुङ र म्याग्दी जिल्लाको संगम स्थल पर्यटकीय स्थल सोलेडाँडा सँगै लाममेला गाउँका झण्डै ३ सय घरधुरीलाई लक्षित गरि सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

वरिष्ठ ईन्जिनियर शर्माले भने, ‘अहिले सम्म उक्त गाउँमा कुनै पनि मोवाईल सेवा थिएन हामीले दुर्गम र विकट गाउँका नागरिकलाई सञ्चार सेवा उपलब्ध गराउने उद्येश्यले अस्थायी टावर निर्माण गरि अप्टिकल फाईबर मार्फत सेवा प्रवाह गरेका छौं टावर नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो अब मोवाईल सेवा सञ्चालनमा आएपछि सहजता भएको छ ।’

भौगोलिक विकटता सँगै वर्खायाम सुरु भईसकेकोले त्यहाँ सामाग्री ढुवानी र प्राविधिकलाई पुग्न समस्या भएपनि टेलिकमले त्यहाँका जनप्रतिनिधी र स्थानीयको सहकार्यमा सेवा पुराउन सफल भएको शर्माको भनाइ छ ।

निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोवाईल सेवा पुराउने गृहकार्यमा रहेको टेलिकमले बताएको छ ।

‘विकट भुगोलमा मोबाईल सेवा नहुँदा यहाँका नागरिक र हामी जनप्रतिनिधीलाई समेत सुचना आदान प्रदान गर्न निकै कठिन भईरहेको थियो त्यस क्षेत्रमा मोवाईल सेवा विस्तारको लागि रेडियो लिङ्क गर्न समस्या भएकोले अप्टिकल फाईबर तार हामीले व्यवस्था गर्यौं अहिले भनें सजिलो भएको तमानखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताए । वडाबासी नागरिकलाई सेवा उपलब्ध गराउन हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,’ वडा अध्यक्ष श्रीपालीले भने ।

अहिलेको जमाना प्रविधिको भएकोले यसलाई मध्यनजर गरेर टेलिकम सँगको समन्वयमा स्थानिय हाईड्रो पावरको विद्युत सेवा पुर्‍याएर यहाँ मोवाईल सेवा सञ्चालन गरिएको स्थानिय योगेन्द्र विश्वकर्माले बताए ।

त्यस क्षेत्रमा पहिलो पटक मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकहरु थ्रिजी मोवाईलको भ्वाइस र डाटा मार्फत लाभान्वित हुनुका साथै खुसी भएका छन ।

समुद्री सतहदेखि झण्डै २ हजार ६ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि वडा सहित गाउँपालिकामा हुने हरेक कामकाज र स्थानियको दैनिकीलाई मोवाईल सेवाले थप सजिलो बनाएको छ ।

मोवाईल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तार सँगै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमले आफ्नो सेवाको विस्तार कार्यलाई तिव्रता दिएको छ ।


समाचार

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा नेपालपे क्युआर उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृ…

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा…

पीएमपीएल साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेन्टमा नेपाली टोलीलाई दोस्रो र तेस्रो उपाधि

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ मा…

डिजिटल नेपाल कनक्लेभमा ह्वावेको ‘लाइटिङ अप द फ्यूचर’ प्रदर्शनी

आइसिटी फाउन्डेसन नेपाल र ह्वावे द्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कन…

क्लोज्ड क्याप्सन टगल ट्वीटरको दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक

ट्वीटरले आफ्नो क्लोज्ड क्याप्सन टगल दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक गरेको छ । यस…

आईएमई पेबाट फ्लाइट टिकट काट्दा ३०० रूपैयाँ बोनस

आइएमई पेले हवाई फ्लाइट टिकटमा फेरि नयाँ अफर ल्याएको छ । ‘उच्च तापक्रममा उच्चतम छुट…

ग्लोबल आईएमई बैंकको एटिएम कार्डमा आफ्नै फोटो राख्न सकिने

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोट…

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने भएको छ । एप्पलले आईओएस १६ मा…

माइक्रोसफ्टले बन्द गर्‍यो मानिसको भावना पत्ता लगाउने एआई

माइक्रोसफ्टले मानिसको भावना पत्ता लगाउन सक्ने एआईलाई बन्द गरेको छ ।  यो एआईले मानि…

मोरू वालेटका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्ता…

सफ्टवेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा 

बेलयातस्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्…

टेलिकमले घटायो लिज लाइनको शुल्क, यस्तो छ नयाँ महशुल

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ ।…

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८०…

‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमको प्रायोजन

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा …

पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने

राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभिया…