समाचार
यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर
भिभोले देशभरका एक हजारभन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा सेवा केन्द्रहरूबाट सेवा दिदै आएको छ । काठमाडौं, नारायणगढ, पोखरा र इटहरीमार्फत प्रयोगकर्ताहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गरिरहेको छ।
स्मार्टफोन खरिद केवल एक चरणको सरल प्रक्रिया होइन । यसमा स्मार्टफोन किन्नु अघि र खरिद पछि उपलब्ध हुने सेवा सुविधाबारे अधिक अनुसन्धानहरु समावेश हुन्छन् । भिभोले परिष्कृत ग्राहक सेवामार्फत सहज तरिकाले उपयोग चक्रलाई बुझाउन आफू लागि परेको जानकारी दिएको छ ।
भिभोले ‘मोर लोकल, मोर ग्लोबल’ दृष्टिकोणबाट निर्देशित भएर ब्राण्डले नेपाली उपभोक्ता बजारमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स इमेजिङ सिस्टम जस्ता विश्वव्यापी प्रविधिहरू ल्याइरहेको बताएको छ ।
यसबाहेक, भिभोले स्थानीय प्रतिभा, संस्कृति, र ग्राहकलाई प्राथमिकतामा राखेर धेरै अभियानहरू संचालन गर्दै आइरहेको छ ।
भिभोले उपभोक्ताका लागि सेवाहरुको पहुँचयोग्यता सुनिश्चित गर्न, ग्राहक सेवाहरूको एक व्यापक अफलाइन र अनलाइन नेटवर्क स्थापना गरेको छ ।
अत्याधुनिक सुविधाहरू र उपकरणहरूले सुसज्जित सेवा केन्द्रहरूले ग्राहकहरूलाई झन्झटमुक्त खरिद र बिक्री पछिको सेवा अनुभव सुनिश्चित गर्ने गरेको कम्पनीको भनाई छ ।
भिभोले हरेक महिना २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे आयोजना गर्दै आइरहेको छ । बिक्रीपछिका स्मार्टफोन सेवाको महत्वलाई बुझेर कम्पनीले यस दिन बिक्रीपछिका सेवाहरू जस्तै सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध गर्दछ ।
यसबाहेक, प्रयोगकर्ताहरुले खरिद गरेको नयाँ उपकरणको हार्डवेयरमा कुनै समस्या भएमा १ महिना भित्र प्रतिस्थापन गर्दछ । साथै, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा नीति पनि दाबी गर्न सक्छन् ।
भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६ महिनाको वारेन्टी, पार्टकको स:शूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६ महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ ।
सहज ग्राहक सेवा अनुभवका लागि प्रयोगकर्ताहरुले कल सेन्टरमा ग्राहक सेवा टोलीलाई सम्पर्क गरेर सबै प्रश्नहरूको कुशलतापूर्वक र सन्तोषजनक समाधान लिन सक्ने कम्पनीको भनाई छ ।
समाचार
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको क…
आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट
आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फ…
माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने
माइक्रोसफ्टको भर्चुअल किबोर्ड एप स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने भएको छ ।…
एनसेलको नयाँ प्रिपेड प्लान सार्वजनिक, यस्ता छन् सुविधा
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहक…
दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह
दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह …
निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणन…
के हो एससीटीको फास्ट बैंकिङ सेवा ? कसरी छ सुरक्षित ?
मंसिर १ गते नेपालको वित्तिय क्षेत्रलाई डिजिटाइज गर्न विगत २० वर्षदेखि काम गरिरहेको…
ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय स…
आजबाट सुरू हुँदै फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’, कसरी हेर्ने लाइभ ?
फुटबलको महाकुम्भ विश्वकप फुटबल आईतबार सुरू हुँदैछ । फुटबल प्रेमीहरू यतिबेला लाइभ…
विश्वकप फुटबल टुके गुणस्तरमा प्रसारण गर्दै डिशहोम
डिशहोमले विश्वकक फुटबल टुके गुणस्तरमा पनि प्रसारण गर्ने भएको छ । आईतबारदेखि सुरू …
टेलिकमको फिफा वर्ल्ड कप प्याकेज, प्याक खरिद गर्दा एनटीटीभीका ग्राहकलाई १२ जीबी डाटा निःशुल्क
नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल-२०२२ हेर्न न…
नेपाली पात्रोले आम निर्वाचन २०७९ को ताजा अपडेट दिने
आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनक…
खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज
आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयो…
नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने
नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने भएको छ । आफ्नो मतद…