समाचार
वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानीको परीक्षण शुरू
नेपालकै एक मात्र वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ ।
भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महसुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिनेछ ।
त्यसपछि अब सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
यस प्रणाली प्रयोग गरी प्रयोगकर्ताले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणमा आबद्ध भई आफ्नो बैंक खाताबाट सिधैं विद्युतीय रुपमा भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरिएको हो ।
प्रयोगकर्ताले भन्सारमा प्रज्ञापनपत्र राजस्व भुक्तानीका लागि तयार अवस्थामा पुगेपछि भुक्तानी प्रणालीमार्फत प्रज्ञापन–पत्रको साधारण विवरणहरु ९भन्सार कार्यालय कोड, वर्ष, प्रज्ञापनपत्र सङ्केत र प्रज्ञापनपत्र नं० प्रविष्ट गरी भुक्तानी हुनु पर्ने रकमको विवरण हेरी, यकिन गरी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
यसको प्रयोगबाट व्यवसायीले तथा भन्सार एजेन्टले राजस्व दाखिलाको लागि नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका समस्याबाट मुक्त हुनेछ ।
यो प्रणालीबाट इन्टरनेट सेवा पहुँच भएका कुनै पनि स्थानबाट सहजै राजस्व भुक्तानी गर्न सक्नेछन् । भन्सार विभागले आगामी माघ महिनाभित्रै सबै भन्सार कार्यालयमा यो प्रणाली कार्यान्वयन गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ । रासस
समाचार
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ बाट गुणकेशरी प्रधान सम्मानित
नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान एनसेल वुमन आइकन आइसिटी अव…
रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल
रियलमी जिटी नियो २ ले डिएक्सओ मार्क ब्याट्री जाँचमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्…
स्क्रोलिङ र म्यूजिक एपको गति बढाउनका लागि एप्पलको पब्लिक म्याकओएस १२.२ बेटा सार्वजनिक
एप्पलको पब्लिक म्याकओएस १२.२ बेटामा एकदमै छिटो चल्ने म्यूजिक एप रहेको छ । यो एपमा …
७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
७ वटा वित्तिय कम्पनी नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्…
एनसेलको बिजलाइट प्रिपेड प्लान, कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सुविधा
एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि प्रिपेड प्ला…
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…
नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१
पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बग बाउन्टी प्लेटफर्म बगभीलाई प’रदान गरिएको छ । शुक्…
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोज…
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान गरिएको छ । शुक्रबार द स…
आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्याउँछः सञ्चारमन्त्री
नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्याउने सञ्चार तथा सूचना प्र…
भूमि व्यवस्था तथा अभिलेख विभागलाई डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ प्रदान
डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ भूमि व्यवस्था तथा अभिलेख विभागले…
नेपाल क्लियरिङ हाउसलाई डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१
डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ नेपाल क्लियरिङ हाजस लिमिटेडले…
कालिका माविलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ रातो कालिका माध्यामिक विद्यालयले…
नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ भट्टराईलाई प्रदान
नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईलाई…