कीवर्डहरू -

समाचार

टेलिकमको सीयुजी सेवामा आवद्ध सदस्यले के के पाउँछन् सुविधा ?

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयुजी समूहमा आबद्ध गराउन सकिन्छ ।

सीयुजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयुजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ ।

कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेका छन् ।

कम्पनीले उपलब्ध गराईरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु. १००० र रु. १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । रु. १००० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ ।

यसैगरी रु. १५०० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।

कुनै संस्था/कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

न्यूनतम १० जना प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ ।

सीयुजी सेवाका बारेमा थप जानकारी लिनका लागि ०१-४२१०२४१ र ०१-४२१०२९१ मा सम्पर्क गर्न सकिन्छ । यसैगरी कम्पनीको वेबसाइटबाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।

समाचार

रोल्पाका डाँडामा फोन गर्न रुख चढ्नुपर्ने

निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फ…

काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउ…

मिल्की वे ग्यालेक्सीमा पाईयो ताराको टुक्रा, २० लाख माइल प्रति घण्टाको गतिमा उड्दै

हाम्रो ग्यालेक्सीमा एउटा ताराको टुक्रा २० लाख माइल प्रति घण्टाको गतिमा बाहिर उडिरहे…

ओपोले सार्वजनिक गर्‍यो स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि 

ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ…

स्मार्ट लाइसेन्स छपाइको छानबिन गर्न सरकारलाई निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले स्मार्ट चालक अनुमतिपत्र वितरण तथा …

भोलिदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

अब क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको छ । साउन २१ गतेदेखि क्युआर…

एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने

एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने…

आगामी ३ बर्षमा ह्वावेले स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने

ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप स…

गूगलले पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगलले आफ्नो आगामी फोन पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने भएको छ । हाल

भाइबर, स्काइप जस्ता एपबाट मोबाइल तथा ल्याण्डलाइनमा फोन गरे कारवाही गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकणरले भाइबर, स्काइप जस्ता एपको फिचर प्रयोग गरी नेपालका मोबाइ…

इसेवाबाट हवाइजहाजको टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रु…

एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा

एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ  । सबै उमेरक…

एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा

एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ  । सबै उमेरक…