समाचार
पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म
समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा सुरु भएको ३ बर्ष पूरा भएको छ ।
२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङ मार्फत पठाओले सेवा सुरु गरेका थियो । नेपाल जस्तो विकासउन्मुख देशमा पठाओ मार्फत दुई पाङ्ग्रे सवारीमै हजारौंलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफुहरु अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यात बताउँछन् ।
९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात् ट्याक्सी सेवा मात्र जोडिएन यसले क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिंदै ट्याक्सीको सेवालाई बर्गेनिङको झन्झट हटाउँदै गेट देखि गेट सम्म पुगेको छ ।
अहिले राजधानीका पचास प्रतिशत भन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आवद्ध भएको बस्न्यात बताउँछन् ।
राइड रेयरिङ सुरु गरेको २ बर्ष पछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउंदै 'पठाओ फुड' सुरु गरेको थियो ।
पठाओ फुड सुरु गरेको एक बर्षमै लोकप्रिय फुड डेलिभरी ब्राण्ड बन्नुको श्रेय आम उपभोक्तालाई नै जाने बस्न्यात बताउँछन् । पठाओ फुड सुरु भए संगै साइकल भएका ब्यक्तिहरु समेतले फुडम्यानको रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।
राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक एभरेस्ट इन्स्योरेन्स सँगको सहकार्यमा बिमाको सुरुवात समेत गरेको छ ।
‘पार्टटाइम काम गर्न चाहनेलाई पनि पठाओले अवसर सिर्जना गरेको छ,’ बस्न्यात थप्छन्, ‘बिदेश तिर सानै उमेरमा विद्यार्थीहरु पार्टटाइम काम गरेर आत्मनिर्भर हुने प्रवृत्ति छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले नेपालमा पनि विद्यार्थीहरुले पठाओमा आफ्नो समयको सदुपयोग गर्दै अर्थोपार्जन गरिरहनुभएको छ।’
प्रविधिको विकासले ल्याइदिएको यो सुविधा कै कारण अहिले दैनिकरुपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडर/क्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् ।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजार पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी पठाओ बजार सुरु गरिएको थियो ।
हालै पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा बम्पर उपहारमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन १२ प्रो जित्ने मौका रहेको छ ।
पठाओ नेपालको यात्रा तेस्रो बर्ष पूरा गरेको यो खुसिको अवसरमा विज्ञप्ति जारी गर्दै बस्न्यात भन्छन्, ‘नेपालको उत्कृष्ट राइड सेयरिङ कम्पनी बनाउन सहयोग गर्नुहुने हाम्रा सम्पुर्ण सेवाग्राही, मिडियाका साथीहरू, साझेदार कम्पनी, राइडर-क्याप्टेन र फुडम्यान साथीहरू तथा कार्यालयका साथीहरू प्रति कृतज्ञ छौ। यहाँहरुको साथ र सहयोग बिना यो यात्रा संभव थिएन। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं ।’
समाचार
गूगलको एन्ड्रोईड अटो सन् २०२२ मा होण्डा कारका लागि उपलब्ध हुने
सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलल…
जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने
गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च …
अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बैक खातामा रकम पठाउन सकिने
काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ…
सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट
दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस…
एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रमियर लिग’
एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग …
असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी
नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फा…
काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने
काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको…
राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय
मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय पर…
असोज १० गतेदेखि १६ गतेसम्म डिजिटल किताब जात्रा
हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १…
आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल
एप्पलले आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गरिरहेको छ । यसले गर्दा क…
राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका
राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी द…
उद्यमशीलता विकासमा नबिल दिगो बैंकिङ्गको जोड
नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल…
ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट
ब्रोडवे इन्फोसिसले ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफरमा ब्रोडवे इन्फोसिस…
अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै
विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिट…
चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल
चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने सिटी इन्क्युबेटरको …