समाचार
साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने
अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् ।
सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ ।
साहाराका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
साहाराले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।
अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने उनले स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।
साहाराले सेवाग्राहीलाई शून्य कमिसनमा सेवा दिइरहेको छ । यस अघि कम्पनिले अजोड इन्स्योरेन्ससँग बीमा सम्बन्धी सम्झौता गरिसकेको छ । जसअनुसार ग्राहक तथा राइडरले ६ लाखसम्मको एक्सिडेन्टल बीमा सुविधा पाउने छन् ।
समाचार
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब क्युआर स्क्यान गरी २ लाख रूपैयाँसम्म झिक्न सक्ने
राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गर…
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ को जानकारी मध्यवर्ती…
सामसङ निर्माण गर्यो फिंगरप्रिन्ट सेक्युरिटी चिप, के के काममा हुन्छ प्रयोग ?
सामसङले भुक्तानी कार्ड, कर्मचारी आईडी र अन्य थुप्रै कामहरुका लागि फिगंरप्रिन्ट सेक्यु…
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको …
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी
अमेरिकाले सन् २०२२ मा पनि विश्वव्यापी चिप अभावको समस्या रहिरहने बारे सर्तक गराएको …
हल्ट प्राइज आईओईको उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न
हल्ट प्राइज आईओईले उद्यमशीलता टक शृङ्खलाको तेस्रो भाग सम्पन्न गरेको छ । हल्ट प्राइज आई…
५ औं वार्षिकोत्सव मनाउँदै खल्ती
खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ । खल्ती सन् २०१७ जनवरी २६ म…
भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै
पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुप…
ई-स्क्रिल र बाइनान्सबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध ३७ करोड बिगोसहित मुद्दा दायर
राजस्व अनुसन्धान विभागले ई-स्क्रिल र बाइनान्स जस्ता अनलाइनबाट डलरको अवैध कारोबार गर्…
इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धिमा काम गर्ने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित…
‘मिदास इक्लास’ मोबाइल एप सञ्चालनमा, विद्यार्थीको सिकाइलाई सहज बनाउने
मिदास एजुकेसन लिमिटेडले विद्यार्थीहरुको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ मोबाइल…
इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी सहज
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो । इसेवा एप डाउनलोड गरेपछि विभिन्न सेवाको भ…