समाचार
जापानमा नेपालीले सुरु गर्दै ‘आन्भी मार्केटप्लेस’, जहाँ नेपाली उत्पादन बेच्न र किन्न सकिन्छ
इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारिकरण खोजिरहेका छन । अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ ।
यसैक्रममा लामो समयदेखि जापानमा बसोवास गर्दै आइरहेका आइटी तथा साइबर सेक्युरिटी क्षेत्रमा कृयाशिल युवा पवन थापा र सामाजिक अभियानमा सकृय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ ।
नेपाली समुदायको लागि केहि नयाँ गर्ने हुटहुटिले जन्माएको प्लाटफर्म हो, आन्भी मार्केटप्लेस । आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक हुदैछ ।
जापानमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै विश्वबजारमा स्वदेशी उत्पादनहरु प्रवद्धन तथा बिक्री गर्ने उदेश्य सहित आन्भी मार्केटप्लेसको सुरुवात भइरहेको प्रमुख कार्यकारी अधिकृत पवन थापा बताउँछन ।
आइटीको काम बाटै राम्रो आम्दानी गरिरहेको भएपनि थापाको स्टार्टअपप्रतिको मोहले तानेको यो प्लाटफर्ममा जापानिज प्रतिष्ठित कम्पनीहरुसंग सहकार्य साथै टिपिकल नेपाली तथा इंडीयन रेस्टुरेन्ट व्यवसायमा संलग्न हरि सापकोटाले साथ दिएका छन् ।
यो मल्टिभेण्डर इकमर्श प्लेटफर्म भएकोले जो कोहिले सहजै आफ्ना प्रडक्टहरु बिक्री गर्न सक्नेछन । यसको लागि भेण्डरले कर्पोरेट डकुमेन्ट समावेश गरी रजिस्ट्रर गर्नुपर्ने हुन्छ ।
यस प्लेटफर्ममा जापानमा संचालनमा आएका विशेषत खाद्य पसल र रेस्टुरेन्टहरुलाई आवश्यक सम्पुर्ण गुणस्तरिय प्रडक्टहरु सस्तो र सुलभ रुपमा उपलब्ध गराउने लक्ष्य लिएर अगाडी बडिरहेको थापाले जानकारी दिएका छन ।
कम्पनीले आन्भी मार्केटप्लेस सार्वजनिक गर्ने अवसरमा पहिलो अर्डरमा २० प्रतिशत र जापानको डिजिटल पेमेन्ट सेवा ‘ पेपे’ मार्फत भुक्तानी गरेको खण्डमा १० प्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ । ग्राहकले सामान खरिद र रिफरल प्रोग्रामको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्नेछन ।
उक्त पोइन्टलाई ग्राहकले रिडीम गरी नेपालमा रहेका आफन्तहरुलाई गिफ्ट पठाउन, मोवाइलमा टपअप गर्न तथा स्टोरमै सामान खरिद गर्दा प्रयोग गर्न सकिने सुविधा दिएको छ ।
सुरुवाती चरणमा जापानको योकोहामा शहरमा होलसेल र रिटेल सुरु गरिएको निर्देशक हरि सापकोटाले बताए । अनलाइन इकमर्शसँगै गुणस्तरिय र समयमा नै सेवा विस्तार गर्न वेयरहाउस सञ्चालनको लागि पनि काम भइरहेको उनले जानकारी दिए ।
जापानमा करीब एक लाख नेपालीहरु बसोबास गर्दै आइरहेका छन भने नेपाली उत्पादनहरु मन पराउनेको संख्या पनि उल्लेखनीय छ। यो अवसरलाइ उद्यमशीलतामा जोड्दै नेपालीहरुकै लागि पनि रोजगारी सिर्जना गर्नेगरि यो समुहले काम गरिरहेको छ ।
नेपाली ग्रोसरीसँगै कम्पनीले नेपाली लत्ताकपडा र पुस्तकहरु पनि मार्केटप्लेसमा समावेश गर्ने छ । अर्डर गरेको सोहि दिन योकोहामा एरियामा डेलिभरी सुविधा दिनेगरी कम्पनीले काम गरिरहेको छ। अहिले योकोहामा शहर भित्र अनलाइन अर्डर गर्दा डेलिभरी शुल्क पनि लाग्दैन।
वेबसाइट दुई महिनासम्म बेटा भर्सनमा सार्वजनिक हुनेछ र आवश्यक्ता अनुसार परिमाजर्नन र परिस्कृत गर्दै लैजाने कम्पनीले सार्वजनिक गरेको डकुमेन्टमा उल्लेख गरिएको छ ।
झण्डै ५ करोड लगानीमा सुरु भएको आन्भी मार्केटप्लेस केहि नया स्वाद पस्किनेगरी आफ्नो सेवा विस्तारमा लागिपरेको छ । नेपालका स्वदेशी उत्पादन, ग्रोसरी तथा लुगाहरुलाई विदेशी बजारमा विस्तार गर्न लागिरहेको कम्पनीले भेण्डरको लागि आकर्षक सुविधा र अफरहरु पनि दिने जनाएको छ ।
नेपाली उद्यमीलाइ जापानको बजारमा आफ्ना प्रडक्ट विस्तार गर्न यो एक महत्वपुर्ण अवसर पनि हुनसक्छ । नेपालमा उत्पादित उत्कृष्ट खाद्य, पेय र अन्य सामाग्रीहरु जापान पुर्याउन पनि आफुहरुको मुख्य उद्देश्य रहेको निर्देशक सापकोटाको भनाई छ ।
नेपालबाट दर्जनौ उद्यमीहरुले आफ्नो उत्पादन बिक्रीको लागि यस प्लाटफर्ममा जोडिने क्रम बढिरहेको उनले बताए । जापानमा पे लगायत विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय पेमेन्ट गेटवेको प्रयोग गरि सामान खरिद गर्न सकिनेछ । आन्भी मार्केटप्लेसको वेबसाइटमा जान
यहाँ क्लिक
गर्नुहोस् ।
समाचार
प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्त…
शैक्षिक गुणस्तर बढाउँदै सैनामैना,सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले पाए ल्यापटप
विगतमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम प्रस्त…
यी देशबाट पाइन्छ नेपालीलाई विदेशमै ई-पासपोर्ट
विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने …
ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै
ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा …
डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी …
मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट
इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । …
नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने
नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको छ । प्राविधिक र …
त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा अब पूर्ण विवरणसहितको टिकट देखाउनु पर्ने
अब त्रिभुवन विमानस्थलमा यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट चाहिने भएको छ । यसअघि …
आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता
आइएमई पे र एभरेष्ट बैंक बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको…
वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन
नेपाल इन्टरनेट फाउन्डेसनले वर्ल्डलिंकसँगको सहकार्यमा ३७ वटा बाल आश्रममा निःशुल्क इन्ट…
क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो…
राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा
नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो ।…
फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध
भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्य…
सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु
जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय स…
एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने
एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर…