कीवर्डहरू -

समाचार

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त

सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन् । १६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् ।

उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड,कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ । नविल बैंकमै उहाँले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए ।

यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए । यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ ।

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाँउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजिवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।

सफटवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।

एफवान सफ्ट गु्रप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टैनोलिोजिज, बससेवा लगायतका स्थापित  कम्पनी रहेका छन् । नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायसका सोलुसन प्रयोग हुँदै आएका छन् ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रुपमा कार्य गर्दै आएको छ । नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ ।

समाचार

लाइटनिङ पोर्ट प्रयोग गरेर विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण

एक इन्जिनियरले लाइटनिङ पोर्ट विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण गरेका छन् । सन् २०२१…

कुमारी बैंकको वार्षिकोत्सव अफर, कुमारी स्मार्टबाट कारोबार गर्दा दुबई भ्रमणको अवसर

कुमारी बैंक लिमिटेडले २०औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूका निम्ति विभिन्न अफर सार्व…

रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने 

भारत सरकारले विकास गरेको डिजिटल कार्ड ‘रूपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भए…

क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावक…

गण्डकी प्रदेशमा सकियो स्टार्टअप एण्ड आईडिया फेस्ट, इन्क्युवेसनका लागि छानिए यी पाँच कम्पनी 

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रदेश स्…

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने

बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कार…

रियलमी फोन बेच्ने पसलेले जिते प्रोटोन सागा कार

रियलमीले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरूको घोषणा गरेको छ । यो स्किम नेपाल…

समिट वुमन अफ द इयर सम्पन्न, स्विट फिक्सकी संस्थापक लम्सालले पाइन् १ लाख नगद र हिराको लकेट

ओपन स्पेस नेटवर्कले आयोजना गरेको ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ…

सजिलो मर्मत सेवाको रिब्राण्डिङ, अब सजिलो सेवाको नामबाट सेवा दिने

सजिलो मर्मत सेवाले अब ‘सजिलो सेवा’को नामबाट सेवा दिने भएको छ । नयाँ लगानी पाएस…

भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच नेपालमा

नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजीले नेपा…

नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी

नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाए…

पोखरामा शुक्रबार स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल गण्डकी संवाद कार्यक्रम हुँदै

लिभिङ विथ आइसिटीले शुक्रबार गण्डकी प्रदेशको पोखरामा इबिमा ‘स्टार्टअप एण्ड आइडिया फे…

इसेवाबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को …