समाचार
दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त
नेपालको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । कुँवरले ई-कमर्स जायन्ट अमेजनसँग विगत पाँच वर्षदेखि ग्लोबल विस्तारमा प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् ।
दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवरलाई नियुक्त गरिएको जानकारी दराजका सिईओ तथा संस्थापक बिजार्के मिकेलशनले आफ्नो लिकंड इन अकाउन्टबाट दिएका हुन् । उनको नियुक्तीले स्थानीयकृत व्यापार रणनीतिलाई पूरा हुन मद्दत पुर्याउने मिकेलशनको भनाइ रहेको छ ।
सेन्ट जेभियर्स माइतीघरबाट आइएससी पूरा गरेकी कुँवरले सेन्ट क्लाउड स्टेट विश्वविद्यालयबाट स्नातक तह र मिनेशोटा विश्वविद्यालयको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीएको अध्ययन पूरा गरकी हुन् ।
दराजलाई अलिबाबा ग्रुपले रकेट इन्टरनेट एसईबाट अधिग्रहण गरेपछि कुँवरलाई प्रबन्ध निर्देशकको रुपमा नियुक्त गरिएको हो । कुँवरसँग विदेशमा विगत १५ वर्षदेखि शीर्ष स्थानहरुमा काम गरेको अनुभव रहेको छ ।
आँचल कुँवरलाई प्रबन्ध निर्देशकको रुपमा नियुक्ती गरिदा नेपाली महिलाहरुका लागि यो उदाहरणीय हुने मिकेलशनको विश्वास रहेको छ । उनले दराजमा देखाएको प्रतिनिधित्वले नेपालको अरु व्यवसायहरुमा पनि महिलाले अवसर पाउने र लैगिंक भेदभाव कम हुने आशा पनि मिकेलशनले व्यक्त गरेका छन् ।
समाचार
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर
लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्…
एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी
ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाल…
एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी
गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको…
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । …
सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक
सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्…
वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट
डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरने…
कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित
कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३…
अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने
ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फ…
कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता
कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार…
शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आ…
बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य
साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेप…
सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने
सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि व…
जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । …
यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा २० प्रतिशत छुट
काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्…