समाचार
राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज हुँदै, काठमाडौँ उपत्यकाका पालिकाबाट पनि दिने तयारी
नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर त्यो बनाउन अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको नम्बर लिने विषयमा भने आमनागरिकमा अन्योल छ ।
विद्युतीय राहदानी बनाउन आवश्यक राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा अभियान नै थालेको छ ।
आफ्नो स्थायी बसोबास गर्ने जिल्ला प्रशासन कार्यालय तथा विभागले सञ्चालन गरेको अतिरिक्त स्थानबाट सहजै परिचयपत्रको नम्बर हासिल गर्न सकिने विभागले जनाएको छ ।
जसरी नागरिकता बनाउँदा जिल्ला प्रशासन कार्यालयमा फाराम भरिन्छ, त्यसैगरी परिचयपत्रका लागि फाराम भर्नुपर्छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले भने, ‘तर त्यसमा अनुहारसहितको डिजिटल फोटो र अन्य बायोमेट्रिक विवरण पनि समावेश गर्नुपर्छ ।’ जसअन्तर्गत दसवटै औँलाको छाप, डिजिटल हस्ताक्षर, आँखाको रेटिनाको पहिचानलगायत व्यक्तिका नयाँ पहिचान स्पष्ट खुलाउनुपर्ने हुन्छ ।
त्यति कुरा कप्युटरमा स्पष्ट खुलाएर दर्ता गरेपछि १० अङ्कको नम्बर प्रदान गरिन्छ । त्यो नम्बर नै राष्ट्रिय परिचयपत्रको नम्बर हो । योबाहेक जिल्ला प्रशासन कार्यालय र अन्य तोकिएको डेस्कबाट कागजी फाराम भर्ने झन्झटबाट जोगिन अनलाइनबाट फाराम भर्न सकिन्छ । त्यसलाई अनलाइन इनरोलमेन्ट भनिन्छ ।
घरमै बसेर विभागको अनलाइन सुविधा उपयोग गरी नागरिकतामा भए सरहको आफ्नो वास्तविक व्यक्तिगत विवरणको फाराम भर्न सकिने विभागका निर्देशक तथा सूचना अधिकारी युवराज कटेलले बताए । उनले भने, ‘यति गरेपछि जिल्ला प्रशासन वा अन्य डेस्कमा पुगेर कागजी फाराम भर्ने र लाम लाग्नुपर्ने समय जोगिन्छ । सीधै फोटो खिच्न र बायोमेट्रिक विवरण भर्नका लागि जान सकिन्छ ।’
त्यसपछि पाइने १० अङ्कको नम्बर टिपेर आउनुपर्छ । त्यो अङ्क नै विद्युतीय राहदानी बनाउनका लागि दिनुपर्ने विवरण हो । आमनागरिकले राष्ट्रिय परिचयपत्रको नम्बर भनेको सिङ्गै राष्ट्रिय परिचयपत्रको कार्ड हो भनेर बुझेकाले समस्या आइरहेको उनले औँल्याए । जिल्ला प्रशासन कार्यालयबाहेक अन्य १७ वटा इलाका प्रशासन कार्यालयमार्फत पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
काठमाडौँमा रहेका उपत्यकाबाहिरका नागरिकका लागि राहदानी विभागको नारायणहिटीस्थित कार्यालय, सरकारी कार्यालयका कर्मचारीका लागि पुरानो गृह मन्त्रालयको कार्यालयमा थप डेस्क राखिएको छ । यीबाहेक स्थानीयवासीका लागि जो जहाँको बासिन्दा हो, त्यहीँको प्रशासन कार्यालयमा गएर बनाउन भनिएको छ ।
सरकारको पन्ध्रौँ आवधिक योजनाले गेमचेन्जर योजनाका रूपमा अघि सारेको हो । मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी प्रचलनको अभियानसँगै राष्ट्रिय परिचयपत्रको अभियानसँगै चलेको छ ।
जसअनुसार हालसम्म ५२ लाख नागरिकको विवरण पछिल्लो समय सङ्कलन गरिएको छ । हाल सङ्कलन गरिएको विवरणअनुसारको राष्ट्रिय परिचयपत्र वितरणका लागि त्यसको छपाइ प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
काठमाडौँमा सुरु हुँदै
विभागले काठमाडौँ उपत्यकाका स्थानीय पालिकामा पनि राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण सङ्कलन अभियान सुरु गर्ने भएको छ । जसका लागि विभागले अन्तिम तयारी गरिरहेको छ ।
महानिर्देशक भट्टराईका अनुसार सुरुवातमा काठमाडौँको शङ्खरापुर र दक्षिणकालीको स्थानीय पालिकाबाट विवरण सङ्कलन र परिचयपत्र नम्बर प्रदान गर्ने कार्य सुरु गरिँदैछ । सकेसम्म सोमबार यी दुई स्थानबाट अभियानको सुरुवात गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।
उपत्यका १० नगरपालिकामध्ये हालका लागि दुईवटा इलाकामा विवरण सङ्कलन गर्ने तयारी विभागले गरेको हो । बाँकी आठ इलाका नगरपालिका क्षेत्रमा स्थापना गरिनेछ ।
काठमाडौँ महानगरपालिकामा भने थप चारवटा ब्लक बनाएर अभियान बृहत् बनाइने तयारीमा विभाग रहेको छ । जहाँबाट कम्प्युटरको राष्ट्रिय सञ्जाल जोड्न सकिन्छ, त्यस्ता स्थानको पहिचान र व्यवस्थापन गरिएको छ ।
गोरखापत्रबाट
समाचार
अनलाइनबाटै मेडिकल सम्बन्धि किताब, स्लाइड र नोट निःशुल्क पढ्न सकिने प्लेटफर्म मेडिकोज पीडीएफ
के तपाई मेडिकल (चिकित्सा) सम्बन्धि अध्ययन गर्दै हुनुहुन्छ ? के तपाईलाई अनलाइनमै निः…
विन्टर इन्टेक कोड क्याम्प शुरू, सिप विकाससँगै रोजगारीको अवसर
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुर…
अब अजोड इन्स्योरेन्स एनपीआईमा आबद्ध
नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न…
विन्टर इन्टेक कोड क्याम्प आयोजना गर्दै इन्फोडेभलपर्स, तालिमसँगै रोजगारीको अवसर
इन्फोडेभलपर्स प्रालिले स्वीफ्ट, मिडास र रिगो प्रालिसँग सहकार्य गरेर विन्टर इन्टेक कोड …
नेशनल पेमेन्ट स्वीचमा जोडियो अजोड इन्स्योरेन्स
अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस…
मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य
मेगा बैंकले बैंकले मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै बैंक…
भायानेटको टिकटक च्यालेन्ज, भिडियो बनाउँदा ५० हजार जित्न सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ …
मेरो कार्यकालमा ७१० भन्दा बढी स्थानीय तहमा फोरजी र ६२ जिल्लामा एफटिटिएच पुग्योः अधिकारी
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिएको छ । बिहीबारदेख…
उद्घाटन भयो राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हाई टेक क्लासरूम ? के के छन् सुविधा ?
हाई टेक क्लासरूम उद्घाटन भएको छ । इजरायल दुतावासको सहयोगमा राष्ट्रिय आविष्कार केन्द्…
नेशनल पेमेन्ट स्वीचमा जोडियो आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्ल…
आईएमएस सफ्टवेयरमा अब डिजिटल वालेट मोको पनि एकीकृत हुने
आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओ…
एक वर्षमै टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो
नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ…
बैंक अफ काठमाण्डुको रेमिट बचत खाताः मोबाइल बैंकिङ शुल्कमा ५० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई लक्षित गरी बिओके रेमिट…
८ जीबी डेटासहितको सिम निःशुल्क दिदै स्मार्ट टेलिकम, कसरी लिने ?
स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई …
क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो जनरल इन्स्योरेन्स
जनरल इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । दुई …