कीवर्डहरू -

समाचार

क्यान महासंघ र सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुबीच अन्तर्क्रिया सम्पन्न

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुसंग यहि श्रावण २२ गते शुक्रवार एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससंग सम्बन्धित संस्थाहरुविच आगामी दिनमा हुनुपर्ने  संस्थागत, कार्यगत र नितिगत सहकार्य, नेपालमा यो क्षेत्रको विकासको निम्ति आगामी दिनमा आइपर्ने समस्या एवं चुनौतिहरु र  नेपालले आगामी दिनमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि लिनुपर्ने निति तथा रणनितिहरुका बारेमा सुझावहरु दिने सकिने विषयका सन्दर्भमा क्यान महासंघले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका निम्ती अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोग बाहेक अरु हुन नसक्ने बताए ।

हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा अपरिहार्यता रहेकोले पनि आर्थिक समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखि यसको विकास हुनु आवश्यक रहेको अध्यक्ष कुँवरले बताए ।

कार्यक्रममा  सूचना प्रविधिका क्षेत्रगत रुपमा काम गरिरहेका संस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने क्यान महासंघको निति रहेकोले सबै आईसिटिका क्षेत्रगत रुपमा स्थापना भएका संस्थाहरु क्यान महासंघमा बिषयगत सदस्यको रुपमा आवद्ध हुन समेत अध्यक्षले आव्हान गरे ।

कार्यक्रममा क्यान महासंघका महासचिव नारायण थापाले क्यान महासंघले नेपालमा सुचना तथा संचार प्रविधि क्षेत्रको विकास तथा विस्तारका निम्ति निजि तथा गैर-सरकारी संस्थाहरुको छाता संगठनका रुपमा नितिगत तथा कानुनी सुधारका निम्ति गरिरहेको पहल तथा सुचना तथा संचार प्रविधि सम्बन्धि नितिहरुको कार्यान्वयनको वर्तमान अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

नेपाल इन्टरनेट फाउंडेशनका अध्यक्ष विक्रम श्रेष्ठले अन्र्तक्रिया कार्यक्रम तथा क्यान महासंघले गरिरहेका पहलका निम्ति धन्यवाद ब्यक्त गर्दै नेपालमा कार्यान्वयन गर्न सकिने साना-साना पहलहरुले पनि ठुलो परिवर्तन ल्याउन सक्ने तथा समस्याहरु मात्र औंल्याउनुको सट्टा समाधान पनि हामिले नै दिन सक्नुपर्ने विचार राखेका थिए ।

नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले आफ्नो संस्थाले हिजोको दिनमा पनि क्यान महासंघसंग सहकार्य गरेको स्मरण गर्नुहुंदै यस्ता अन्तर्क्रिया कार्यक्रमहरु समय-समयमा आयोजना गरिराख्न क्यान महासंघलाई सुझाव दिए ।

अन्तरक्रियामा ई-विजनेश एसोसिएसनका अध्यक्ष सागर देव भट्ट, प्राइम आईटी क्लबका अध्यक्ष रुजन श्रेष्ठ तथा महासचिव सृजय श्रेष्ठ, नेपाल मोबाइल वितरक संघका सदस्य राम श्रेष्ठ, नेपाल ई-गभर्नन्स सोसाइटीका उपाध्यक्ष दिपेन्द्र पौडेल, स्टार्टअप एसोसिएशन नेपालका सदस्य नारायण क्षेत्री, नेशनल आईसीटी क्लबका अध्यक्ष नेत्र प्रसाद पौडेल, डिजिटल मार्केटिङ्ग एसोसिएशन नेपालका सदस्य निरञ्जन पटेलको उपस्थिति थियो ।

त्यस्तै सिटिभिटी टेक्नोस सोसाइटी नेपालका अध्यक्ष सञ्जय बस्नेत तथा महासचिव राजन मानन्धर, कम्प्यूटर फ्याकल्टी एसोसिएशनअप नेपालका कोषाध्यक्ष दिपक ठाकुर तथा केन्द्रिय सदस्य सुवासशिव परियार र नविन अधिकारी,  नेपाल डाटा सेन्टर सोसाइटीका प्राविधिक सुरेन्द्र गिरी लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो भने क्यान महासंघका उपाध्यक्ष खुसल रेग्मी, सचिव चिरञ्जीवि अधिकारी, सह-कोषाध्यक्ष चन्द्रप्रकाश भुर्तेल, कार्यसमिति सदस्य सुवास खड्का र उप प्रवन्धक उदिप बराल पनि सो अवसरमा उपस्थित रहेको थियो ।

समाचार

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू…

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्या…

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्ने

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्न सक्ने भएको छ । गूगलले ने…

बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै

एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज …

कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप

एप्पलकी वरिष्ठ कर्मचारी आस्ले जिजोभीकले कार्यस्थलमा लैगिंक असमानता भएको आरोप लगाएकी…

टेलिकमको सीयुजी सेवामा आवद्ध सदस्यले के के पाउँछन् सुविधा ?

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा…

काठमाडौं मेडिकल कलेजले शुरू गर्‍यो रोबोटिक सर्जरी सेवा, अब रोबोटको सहायताबाट अप्रेसन

काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक रोबोटिक सर्जरी सेवा शुरू गरेको छ । अस्प…

फर्च्युन ग्लोबलको ३३८ औं स्थानमा साओमी

साओमी सन् २०२१ को फर्च्युन र्याङ्किङमा ३३८ औँ स्थानमा उक्लिएको छ । लगातार तेस्रो वर्ष …

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ !

पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका …

रोल्पाका डाँडामा फोन गर्न रुख चढ्नुपर्ने

निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फ…

काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउ…

मिल्की वे ग्यालेक्सीमा पाईयो ताराको टुक्रा, २० लाख माइल प्रति घण्टाको गतिमा उड्दै

हाम्रो ग्यालेक्सीमा एउटा ताराको टुक्रा २० लाख माइल प्रति घण्टाको गतिमा बाहिर उडिरहे…

ओपोले सार्वजनिक गर्‍यो स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि 

ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ…

स्मार्ट लाइसेन्स छपाइको छानबिन गर्न सरकारलाई निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले स्मार्ट चालक अनुमतिपत्र वितरण तथा …

भोलिदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

अब क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको छ । साउन २१ गतेदेखि क्युआर…