कीवर्डहरू -

समाचार

आइसिटी अवार्डको ग्राण्ड फिनाले आज, सञ्चारमन्त्री प्रमुख अतिथि

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले आज आयोजना हुने भएको छ । ३० बढी संस्थाहरूको सहकार्यमा शुक्रबार दिउँसो देखि द सोल्टी होटल काठमाडौंमा छैठौं सम्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आयोजना हुने भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहने छ । यस वर्ष ११ विधा र १ जुरी मेन्सनसहित १२ विधामा अवार्ड प्रदान गरिने छ ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।

यी विधाहरूमा १५० बढीको आवेदन प्राप्त भएको थियो । विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को पब्लिक भोटिङ पनि सञ्चालन गरिएको थियो ।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन । यि विधाहरूमा १०० बढिको नोमिनेशन प्राप्त भएको थियो ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।

यस वर्ष अवार्डको लागि ४०० बढिको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो ।

एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जिनस सोलुसन इन एसोसिएसनमा रहेका छन् ।

विश्व प्रसिद्ध कम्पनी ह्वावे र डिस होम पावर्ड बाईमा रहेका छन् । यसैगरी वुमन आइकन अवार्डलाई सम्मान गरिरहेको एनसेल क्याटेगोरी स्पोन्सर, राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर र प्रेसिडेन्सियल कलेज नलेज पार्टनरमा सहभागी भएका छन् ।

यसैगरी अमेरिकाको प्रसिद्ध साइबर सेक्युरिटी कम्पनी रिसेक्युरिटी, भारतको प्रसिद्ध कम्पनी अपग्राडले कार्यक्रममा सहकार्य गरेको छ । नेपाल बैंक लिमिटेड, फ्युज मेशिन्स, एप्लाईजब, एमिनेन्स वेइज, डाइनामिक इआरपी लगायतको सहकार्य रहेको कार्यक्रम हिमालय टेलिभिजन, डिस होमका विभिन्न च्यानल, विभिन्न अनलाइन र हाम्रोपात्रोमा लाइभ प्रसारण हुनेछ ।

के के पाउँछन् विजेताले ?

आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई आकर्षक रकम सहित पुरस्कार प्रदान गर्नेछ ।

पावर्र्ड बाई स्पोन्सर ह्वावेले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई ३ लाखसम्मको ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । नेपाल टेलिकमले सबै विजेतालाई वर्षको १२० जिबीको डेटा प्याकेज उपलब्ध गराउनेछ भने डिसहोमले उच्चगति फाइबरनेट प्रदान गर्नेछ ।

यसैगरी यी विभिन्न विधाका उत्कृष्टलाई इसेवाले २५ हजार बराबरको आफ्नो विजनेश इन्टिग्रेसन र प्रवद्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ ।

अन्य कम्पनी तथा सहयोगी संस्थाहरूले स्टार्टअप र इन्नोभेसनका विधामा विभिन्न किसिमले सहयोग, आवश्यक लगानीको लागि अवसर प्रदान गर्नेछन् ।


समाचार

निर्मल पुर्जा वर्ल्डलिंकको ब्राण्ड एमबेस्डरमा नियुक्त

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले निर्मल पुर्जालाई ब्राण्ड एमबे…

वर्ल्डलिंकले भित्र्यायो ६०० एमबीपीएस गतिको इन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएस स्पिड हुने

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले नेपालमै पहिलो पटक ६ सय एम…

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज …

माइक्रोसफ्ट टिम्सको वान अन वान कलमा अब इण्ड टू इण्ड इन्क्रिप्सनको फिचर

माइक्रोसफ्ट टिम्सले वान अन वान कलहरुको निम्ति एण्ड टू एण्ड इन्क्रिप्सन( ई टू ई ) को फि…

शुक्रबार एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले, १२ विधामा अवार्ड प्रदान गरिँदै 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…

डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार

आफ्नो चौथौं वार्षिकोत्सवको अवसरमा भीभोले डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जन…

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिही…

चौथौं नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेबाट 

ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपा…

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा महजोडी नियुक्त

मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पह…

अन्तरिक्ष यात्रीहरुको दृष्टि जोगाउन नासाले निर्माण गर्‍यो ‘स्लिपिङ ब्याग’

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे…

कोड फर नेपालले चारसयलाई  डेटा फेलोशिप दिने, यसरी दिनुहोस् अनलाइन आवेदन

‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ ।…

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की  नियुक्त

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डर…

डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सो…

एसएमएस गरेर गंगा प्रसादले जिते बजाज पल्सर बाइक

टिडीओ नेपालले मङ्सिर २३  गते काठमाडौंमा एक समारोह आयोजना गरी ‘एसएमएस गरौं बाइक…