समाचार
आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै, यस्तो छ तरिका
अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ ।
साउन १० गते आइतबारदेखि नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने भएका हुन् ।
यसका लागि सेवाग्राहीले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइट गई सूचना व्यवस्थापन प्रणालीमा क्लिक गरी आफुलाई आवश्यक परेको सेवा छनोट गरी आवेदन दिन सक्ने छन् ।
अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र कामाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।
साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।
यस्तो छ तरिका
अनलाइनबाटै प्रेस पाउन, नवीकरण गर्न तथा अनलाइन मिडिया दर्ता गर्न र नवीकरण गर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ ३ वटा विकल्प देखिने छन् ।
आफुले कुन सेवा लिन चाहेको हो उक्त विकल्पमा छनोट गर्नुहोस् । यदी प्रेस पास लिन वा नवीकरण गर्न चाहनुहुन्छ भने रजिष्टर फर प्रेस पास (जर्नालिष्ट) मा जानुहोस् ।
त्यसपछि त्यहाँ रजिष्टर टाइपमा गएर नयाँ लिने की नवीकरण गर्ने भनेर छनोट गर्नुहोस् । यति गरेपछि त्यहाँ माग भए अनुसार आफ्नो विवरन राखेर प्रेस पासका लागि आवेदन दिन सकिने छ ।
त्यस्तै अनलाइन मिडिया दर्ता वा नवीकरण गर्नका लागि रजिष्टर अनलाइन मिडिया अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि त्यहाँ रजिष्ट्रेसन टाइपमा गएर नयाँ अनलाइन मिडिया दर्ता गर्ने वा नवीकरण गर्ने त्यो छनोट गर्नुहोस् । अनि त्यहाँ माग भएअनुसार आवश्यक विवरण राखेर अनलाइन मिडिया दर्ता गर्न वा नवीकरण गर्न सकिने छ ।
त्यसैगरी त्यहाँ अनलाइन पोर्टल भन्ने अर्को अप्सन रहेको छ, जसबाट मिडियाको दरबन्दी र श्रमविवरण पठाउन सकिन्छ ।
साथै सूचना तथा प्रसारण विभागले त्यहाँ युजर म्यानुअल पनि राखेको छ, जसबाट पनि माथिका यी अनलाइन सेवा कसरी प्रयोग गर्न सकिन्छ भनेर थाहा पाउन सकिन्छ ।
समाचार
कोरोनाको खोप लगाउन अनलाइन दर्ता नम्बर चाहिने, यसरी पाउनुहोस् नम्बर
अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने…
गैर प्राविधिकलाई एआई सिकाउँदै फ्युजमसिन, कसरी हुने सहभागी ?
आगामी साउन १८ गतेदेखि गैर प्राविधिकलाई लक्षित गरी ‘एआईटुगो वर्कशप’ शुरू हुँदैछ ।…
यी ठाउँमा उपलब्ध छ सीजी नेट
चौधरी ग्रुप अन्तर्गतको सीजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उ…
पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य
कोरोना कहरको समयलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा …
नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँ…
नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टसले प्रशारण गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगि…
अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ
सवारीसाधनको ब्लुबुक अब बोकेर हिड्नु नपर्ने भएको छ । शुक्रबारदेखि बागमति प्रदेशको भ…
जूमको भिडियो कलमा नयाँ सुविधा, अब प्लगइनहरु प्रयोग गर्न मिल्ने
जूमले भिडियो कलमा तेस्रो पक्षीय एपहरु थपेको छ । अब प्रयोगकर्ताहरुले जूम प्रयोग गरि…
नागरिक एपबाट यसरी तिर्नुहोस् सवारीसाधनको कर
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर अब नागरिक एपबाट समेत तिर्न सकिने भएक…
अब कर तिर्न कार्यालय धाउनु पर्दैन, यसरी तिर्नुस् अनलाइनबाट सवारीसाधनको कर
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…
दुबईमा पर्यो कृतिम वर्षा, क्लाउड सिडिङ प्रविधि प्रयोग
अति कममात्रै पानी पर्ने दुबइमा कृतिम वर्ष गराइएको छ । लामो समयसम्म पानी नपरेपछि द…
अनलाइनबाटै बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने, कार्यालय जानुपर्ने बाध्यताको अन्त्य
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…
नेपाल आयल निगम पनि जोडियो डिजिटल भुक्तानी प्रणालीमा, चारदिनमै करिब ४ अर्ब संकलन
नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसए…
राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान
राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान गरिएको छ । आविष्कार केन्द्रका संस्थ…
शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने
शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । भोलिदेखि …