समाचार
पठाओको जीवन रक्षा कार्यक्रम, तीन सय जना क्याप्टेनलाई स्वास्थ्य प्रशिक्षण
स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ ।
करिब तीन सय जना क्याप्टेनलाई प्राथमकि उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।
क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।
‘काठमाडौ उपत्यकामा अस्पताल पुग्नको लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडिमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुन सक्छ,’ हमाल थप्छिन्, ‘हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरुलाई स्वास्थ सम्वेदनशीलता प्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’
तालिममा विरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेस गरिएको बताइएको छ ।
अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रीवी शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सन्चालन गरिएको बताइएको छ ।
पठाओ नेपालको उद्देश्य भनेको सडकहरूमा प्राथमिक उपचार सहयोगीहरूको उपलब्धता बढाउनु भएको हमाल बताउँछिन् ।
समाचार
नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै
भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ…
डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना
डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना …
एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा
एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरबीच एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याके…
स्याटेलाइटबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे जनगणना गर्ने तयारी
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्र…
नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता
नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्रीन डेभेलपमेन्ट बैंकस…
नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्स बीच सम्झौता
नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिट…
ईन्नो डे २०२१ आयोजना गर्दै ओप्पो
चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५ का दिन ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डेको आयोज…
अब ज्योति विकास बैंकबाट पनि प्रिपेड डलर कार्ड सेवा लिन सकिने
ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनल…
अब स्मार्टफोन प्रयोग गरेरै एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सकिने
अब प्रयोगकर्ताहरुले स्मार्टफोन प्रयोग गरेर एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सक्ने भएका …
एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै
एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा…
दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइनबाटै आवेदन
नेपाल दूरसञ्चार प्राधिकरणले १० जना कर्मचारी माग गरेको छ । आईतबार एक सूचना प्रकाशि…
पहिलो छोरी पञ्चायतको आयोजना,बालिकाहरुले मागे सामाजिक, आर्थिक र राजनीतिक अधिकार
नेपालमै पहिलो पटक आयोजना भएको “छोरी पञ्चायत” कार्यक्रममा बालिकाहरुले सामाजिक, आर्…
आईएमई लाइफको च्याटबोट नयाँ स्वरूपमा, ४५० जनालाई दैनिक सेवा
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा…
नागरिक एपबाटै अब वैदेशिक रोजगारीको खोजी गर्न सकिने, आधा दर्जन बढी सेवा थप हुँदै
नागरिक एपमा वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाईन सेवाहरुमा स्टिकर नम्बरका …
क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेदेखि २३ गतेसम्म, ३ लाख बढीले अवलोकन गर्ने अपेक्षा
२७ औं संस्करणको क्यान इन्फोटेक आगामी माघ १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने भएको छ…