कीवर्डहरू -

समाचार

एयरपोर्ट गेटमा अब ट्राफिक लाईट 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा आएको छ ।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालिसँग सहकार्य गरी नयाँ जडान गरिएको ट्राफिक लाईटको आज आयोजित एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गररका हुन् ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताए ।

प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लान प्रयासरत छौ । सम्बन्धित सरोकारवाला निकाय बाहेक विभिन्न संघ संस्था, बैंक वित्तिय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं,’ एसएसपी भट्टराईले भने, ‘त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको मुलगेटमा लाईट जडान गरि संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट जडान गर्न हातेमालो गर्ने योजना छ ।’

कार्यक्रममा बोल्दै एयरलाईन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए ।

उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

पछिल्लो समय प्रविधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखाले खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे ।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानिय निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

समाचार

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, अनलाइन भुक्तानी गर्दा २४ प्रतिशतसम्म क्यासब्याक

एनआईसी एशिया बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४ वार्…

क्रियटरलाई सहयोग गर्न ‘सुपर थाङ्ग्स’ फिचर ल्याउँदै युट्युब

युट्युबले क्रियटरहरुलाई टिप दिने नयाँ माध्यम ल्याउने भएको छ । यो फिचरलाई सुपर च्या…

नेपालको ठूलो पब्जी मोबाइल च्यापियनशिप सम्पन्न, ३ टिमले पाए टिभीएस स्कुटर

नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीज…

होन्डा एनिभर्सरी भनेर हामीले कुनै अभियान सञ्चालन गरेका छैनौं, त्यो स्क्याम होः होन्डा नेपाल

होन्डा नेपालले ‘होन्डाको ७० औं एनिभर्सरी’ भनेर कुनै अभियान सञ्चालन नगरेको बताएको …

गूगलको वेयर ओएसमा अब एप खोज्न र डाउनलोड गर्न सहज हुने 

गूगलको वेयर ओएसको नयाँ अपडेटले एप खोज्न र डाउनलोड गर्न सहज बनाएको छ । सामसङसँग …

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने 

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले अनालइनबाटै उद्योग दर्…

फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेक…

सनराइज बैंकका ग्राहकले अब एटिएम कार्ड प्रयोग नगरी पैसा झिक्ने सक्ने

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो…

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन ग…

जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ (भिडियो)

अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो…

नेकपा एमालेका नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । म…

ईमोजी एक भाषा बन्दै, रिपोर्ट भन्छ: ईमोजी प्रयोग गर्ने ‘फन्नी’ हुन्छन् 

ईमोजी बारे तपाईलाई थाहा नै छ । हामीले डिजिटल दुनियामा विभिन्न प्रतिक्रिया जस्तो कि खुसी, दुख, हाँसो लगायतका भावन…

१४.७ बिलियन डलरमा क्लाउड कल सेन्टर कम्पनी फाइभ नाइन खरिद गर्दै जूम

जूमले फाइभ नाइन नामक क्लाउड कल सेन्टर कम्पनीलाई १४.७ बिलियन डलरमा खरिद गर्ने भएको…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भोलिदेखि अनिवार्य अवकाशमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले साउन ६ गते बुधबारबाट …

एनआईसी एशियामा अनलाइनबाट १ मिनेट १० सेकेन्डमै खाता खोल्ने थापालाई आईफोन १२

एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन …