कीवर्डहरू -

समाचार

‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा आईतबार गोष्ठी हुँदै

नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा आईतबार गोष्ठी आयोजना गरेको छ ।

राष्ट्रिय नाचरघर जमलमा अपराह्न ४ बजेदेखि शुरू हुने उक्त गोष्ठी ‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा छलफल  हुनेछ ।

सूचना प्रविधि क्षेत्रमा आवद्व र समुदायहरुलाई सशक्तिकरण गराउने, सक्षम र सचेतना वृद्धि गर्ने र इन्टरनेटको सहजीकरण गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको सहभागीता रहने छ । १६ दिने कार्यक्रम अन्तर्गत विगत केहि वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले हालै रसुवाको उत्तरगयामा कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।

त्यस्तै संस्थाले कानपुर, काभ्रेमा विद्यालयमा छोरी बचाऊ, छोरी पढाऊ नारासहित महिला सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरेको थियो । त्यो  क्षेत्रमा इन्टरनेटको पहुँच नभएको पाइएपछि नेपाल इन्टरनेट फाउण्डेशनले त्यहाँ इन्टरनेट जडान गरिदिएको थियो ।

यसपछि फाउण्डेशनले  काठमाडौँ विश्वविद्यालयमा लैगिंक हिंसाको विरुद्ध कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको नारा ‘घरबाट सुरु गरौँ महिला हिसां अन्त गरौँ’ रहेको थियो ।

शुक्रबार संस्थाले त्रिभुवन विश्वविद्यालयमा कार्यक्रम आयोजना गरेको थियो । शनिबार संस्थाले सम्पूर्ण सरोकारवालाहरुसँग बैठक आयोजना गरेको छ । आइतबार अवार्ड र प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गरिने छ ।

यस गोष्ठीमा मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सेल्फी विथ डटर, जेसीआई बुढानिलकण्ठ, सजिलो पे, एनआरएन, आई मार्क, आइसिटी समाचार, भायानेट लगायतका संस्थाको सहयोग रहेको छ ।

फाउन्डेसनले यसअघि नेपालमा पहिलो पटक सेल्फी विथ डटर अभियान पनि शुरू गरेको थियो । एक महिनासम्म सञ्चालन भएको अभियानमा ५०० बढिले आफ्नो छोरीसँग  सेल्फी खिचेर पठाएका थिए ।

सेल्फी विथ डटर अभियान भारतको हरियाणाबाट शुरु गरिएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ‘मन की बात’ कार्यक्रम लगायत धेरै कार्यक्रममा यस अभियानको प्रशंसा गरेका छन् ।

यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गरेको छ ।

यो पनि पढ्नुहोस्ः नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

समाचार

गोपनीयतालाई विषेश प्राथमिकता दिइएको सामसुङ्ग \'वान् युआइ ४’

सामसुङ्ग  इलेक्ट्रोनिक्सले ‘वान् युआइ ४’ को औपचारिक घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्…

ब्रिटिस कलेजमा अब ब्याचलर्समा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष पढाइ हुने

द ब्रिटिस कलेजले बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सार्वजनि…

क्वालकमले ल्यापटपका लागि बनायो पाँच न्यानोमिटरको आर्म प्रोसेसर

क्वालकमले विन्डोज ल्यापटपका लागि पाँच न्यानोमिटरको आर्म चिपसेटको निर्माण गरेको छ । …

सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो

हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरू गरेको २ महिनामै १ करोड रूपैयाँ नेपाल पठाएको…

मंसिर १६ गतेदेखि सफ्टवेरिका कलेजको आईओटी च्यालेञ्ज, प्रवेश नि:शुल्क 

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्…

लक्ष्मी बैंकको ‘डिजिटल डिसेम्बर’ योजना, क्युआर भुक्तानीमा क्यासब्याक र नगद पुरस्कार

लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्क…

ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रतक्ष हेर्न पाइने भएको छ…

अब डिजिटल प्रविधिबाटै लेखा परीक्षण

महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्…

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिने

स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ …

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । ब…

जैविक रोबोटले आफै पुनः उत्पादन गर्दै

कोशाणुमा आधारित जैविक रोबोटले आफै पुनः उत्पादन गर्न सकिरहेको पाइएको छ । अब धेरै रोबोटहरु बनाउन चाँडैनै सजिलो ह…

विश्वमा पहिलो थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा एक विरामीलाई

विश्वमा पहिलो चोटि एक विरामीले थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा लगाएका छन् । स्टीभ भर्ज नामक विरामीले फ्राउ…

पुस्तक प्रेमीको लागि ‘इन्फी किताब कार्निभल’, ८० प्रतिशत सम्म छुट

विश्वमा सबैभन्दा धेरै समय पढ्ने मानिसहरूको रुपमा चिनिने छिमेकी राष्ट्र भारतका जनता…

नेपाली काँग्रेस १४औँ महाधिवेशनः प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिने

‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’ को नाराका साथ नेपाली काँग्र…

सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

अष्ट्रेलियाले सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारी गरेक…