कीवर्डहरू -

समाचार

सामाजिक सञ्जाल आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत घोषणा 

नेपालीले बनाएको व्यवसायिक सामाजिक सञ्जाल ‘आफन्त’ले दुई महिनादेखि सञ्चालन गरेको ‘आफन्त विस्तार प्रतियोगिता’को पुरस्कृतहरु घोषणा गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा गोला प्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो । बिजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजित प्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई रहेका छन् ।
भाग्यशाली बिजेताहरुलाई जनही १०–१० हजार रुपियाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले बताए ।

लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्नुका साथै उद्यमशीलता विकाश गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल एक वर्ष अगाडि सञ्चालनमा आएको हो । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ वेवसाइट तथा एप दुबै माध्यममा उपलब्ध छ ।

आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको आफन्त नेपाल प्रालिका अध्यक्ष श्याम गिरीले बताए ।

कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदानप्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनले बताए ।


समाचार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ४५ मिनेट नासाको नियन्त्रण बाहिर, ठूलो दुर्घटनाबाट बच्यो

अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बिहीबार ठूलो दुर्घटना हुनबा…

प्रविधिमैत्री बन्दै ट्राफिक व्यवस्थापन, थप २ ठाउँमा ट्राफिक लाइट जडान

सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले जय नेपाल …

आईबिएमका अन्वेषकले बनाए पार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई

आईबिएमका अन्वेषकले आपार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई बनाएका छन् । अन्वेषकले…

डिशहोम फाइबर नेटको सेवा अब जनकपुरमा

डिशहोम फाइबरनेटको सेवा जनकपुरमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट से…

अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ र…

वाग्मती प्रदेश सरकारले उपलब्ध गरायो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यका…

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न नेपाल…

एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने

एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार…

मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग

गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्च…

अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर

ट्वीटरले अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गर्ने फिचरको जाँच गरिरहेको…

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ…

गूगलले सार्वजनिक गर्‍यो नयाँ बग बाउन्टी प्लेटफर्म

गूगलले नयाँ बग बाउन्टी प्लेटफर्म

विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’

युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धे…

इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले

इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछ…

४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै

नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्या…