समाचार
पुराना आइफोन र एन्ड्रोइडमा ह्वाट्सएप बन्द हुने, मेटाको सुरक्षा र अपडेट नीतिअनुसार निर्णय
ह्वाट्सएप अब केही पुराना आइफोन र एन्ड्रोइड डिभाइसहरूमा काम गर्ने छैन् । यो परिवर्तन २०२५ जुन १ देखि लागू हुनेछ । पहिले मेटा (ह्वाट्सएपको पेरेंट कम्पनी) ले यसलाई मे ३१,२०२५ मा लागू गर्ने भनेको थियो, तर अब यो एक दिन पछि देखि लागु हुँदैछ ।
मेटा को यो एउटा नियमित अपडेट प्रक्रिया हो, जसअन्तर्गत ह्वाट्सएपले प्रत्येक केही समयपछि पुराना अपरेटिङ सिस्टमहरूमा आफ्नो समर्थन बन्द गर्छ । यसको मुख्य उद्देश्य सुरक्षालाई सुनिश्चित गर्नु र राम्रो परफर्मेन्स दिनु हो ।
यी अपरेटिङ सिस्टमहरूमा हवाट्सएप नचल्ने :
- आईओएस १५ वा त्यसभन्दा पुराना भर्सनहरू
- एन्ड्रोइड ५.० (ललीपप) वा त्यसभन्दा पुराना भर्सनहरू
यी फोनहरूमा अब ह्वााट्सएप सपोर्ट गर्ने छैन
- आइफोन ५एस
- आइफोन ६
- आइफोन ६ प्लस
- आइफोन ६एस
- आइफोन ६एस प्लस
- आइफोन एसई (पहिलो पुस्ता)
- सामसङ ग्यालेक्सी एस४
- सामसङ ग्यालेक्सी नोट ३
- सोनी एक्सपेरीया जेड१
- एलजी जी२
- हुवावे एस्सेन्ड पी६
- मोटो जी (पहिलो पुस्ता)
- मोटोरोला रेजर एचडी
- मोटो ई (२०१४)
के गर्ने यदि तपाईंको फोन यो सूचीमा पर्छ भने?
सबैभन्दा पहिले तपाईंको फोन कुन सफ्टवेयर भर्सनमा चलिरहेको छ, त्यो जाँच गर्नुहोस् । यदि तपाईं आईओएस १५.१ वा एन्ड्रोइड ५.१ भन्दा माथिको संस्करण प्रयोग गर्नुहुन्छ भने, ह्वाट्सएप चलिरहनेछ ।
यदि फोन अपडेट गर्न सकिँदैन भने, नयाँ फोन किन्नुअघि तपाईंको व्हाट्सएप डाटा ब्याकअप लिनुहोस् ।
पुराना आईओएस र एन्ड्रोइड भर्सनहरूले अब सिक्योरिटी अपडेट्स प्राप्त गरिरहेका छैनन्, जसका कारण डाटा ह्याकिङ र अन्य साइबर खतराहरू बढ्न सक्छ । ह्वाट्सएप को यो कदम प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्नका लागि उठाइएको हो ।
समाचार
इसेवा अफर: हरेक दिन दुई जनालाई डबल क्यासब्याक, अन्त्यमा रु १ लाखको बम्पर पुरस्कार
नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘बिना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ …
५ वर्षभित्र एआईको कारण २० प्रतिशत सम्म बेरोजगारी बढ्न सक्छ: एन्थ्रापिक सीईओ
एआई कम्पनी एन्थ्रापिकका सह–संस्थापक तथा सीईओ डेरियो अमोदेईले फेरि एक पटक कृत्रिम बुद्धिमत्ता (एआई) बारे गम्भीर चेतावनी दि…
विदेशमा आईटी सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर
नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर लाग्ने भएको छ ।
<…सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने
सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष…
अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने
अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आ…
सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने
सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थि…
आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा
सरकारले आगामी वर्ष नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त …
विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले स्वेट शेयर लिन पाउने
विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले अब स्वेट शेयर लिन पाउने भएका छन् । …
सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने
सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने भएको छ ।
संघीय संसदको संयुक्त ब…
सरकारले ओटीटी सेवाको नियमन गर्ने
सरकारले ओटीटी सेवाको नियमन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्…
मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने, अवैध आयात र प्रयोगमा रोक
सरकारले मोबाइलहरूको आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था गर्ने भएको छ।
संघीय संसदको संयुक्त…
आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू हुने
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष …
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने
एआईको अनुसन्धान र विस्तारका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने भएको छ ।
डाटा सेन्टर स्थापना गर्न विदेशी लगानी आकर्षित गरिने, जग्गा, विद्युत र सुरक्षा सरकारले दिने
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । <…
डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट
सरकारले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट विनियोजन गरेको छ ।