समाचार
जगदम्बा मोटर्सको नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक, भ्वाइस असिस्टको सुविधा
स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्कको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो, जुन केवल गुड्दैन, मोहित पार्छ ।
नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।
एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् ।
स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।
यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।
‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ ।’
एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्स प्रा. लि.ले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ताले बताए । ‘उच्च–प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत हामी सहरी गतिशीलताको परिभाषा बदल्न चाहान्छौँ’, उनले भने, ‘अब, अँध्यारोलाई उछिन्ने समय आयो! एनटर्क रेस एक्सपी ब्ल्याकको पावर, रोमाञ्चकता र बौद्धिकता अनुभव गर्न तयार हुनुहोस्, किनभने यो केवल स्कुटर मात्र होइन, एउटा स्टेटमेन्ट हो ।’
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।
समाचार
सुरक्षाका लागि आवश्यक छ आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट
एप्पलले गत हप्ता आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट जारी गरेको थियो । यो अपडेट प्रयोगकर्ताहरूका लागि निकै महत्त्वपू…
लाखौंले प्रयोग गर्छन् यी कमजोर पासवर्ड, तपाईले पनि गर्नुभएको छ भने तत्काल परिवर्तन गर्नुहोस्
आजको डिजिटल युगमा, हामी सबैले पासवर्डहरू प्रयोग गरेर आफ्नो व्यक्तिगत डेटा र गोपनीयताको सुरक्षा गर्छौँ ।
हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस
हुवावे नेपालले महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला …
नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’
नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ।
काठमाडौँ महानगरपालिकामा चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस हुने
काठमाडौँ महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गर्ने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन का…
नयाँ म्याकबुक एयर र आइप्याड सार्वजनिक गरेपछि एप्पलले बजारबाट हटायो पुराना मोडेलहरू
एप्पलले हालै १५ इन्च स्क्रिनसहित नयाँ म्याकबुक एयर सार्वजनिक गरेको छ । साथै, एप्पलले नयाँ आइप्याड र आइप्याड एयर पनि प्रस्तुत गरेको…
ह्वावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद
ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाड…
वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता
ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलो…
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने
नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाज…
विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप ‘इन्ड्राइभ’
४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग…
माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी
माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र य…
अमेरिकी न्याय विभागको कडा पहल: गूगललाई क्रोम ब्राउजर बेच्नुपर्ने माग
अमेरिकी न्याय विभाग (डिओजे) ले गूगलको एकाधिकार कम गर्न अदालतसँग आग्रह गर्दै गूगललाई आफ्नो वेब ब्राउजर क्रोम बेच्नुपर्ने माग गरेक…
सीप अनुसारको रोजगारी र कमाइ नहुँदा आईटी पढेका युवा पनि विदेशिँदै
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ। बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ। गाउँ सुनसान पारेर शहरमा भवि…
सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस
सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । ता…
ह्वावेद्वारा एमडब्लुसीमा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण
बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । कार्यक्रमबाट कम्…