कीवर्डहरू -

समाचार

टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम

इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै एपको रूपमै अब मेटा शर्ट भिडियो स्पेशमा प्रवेश गर्न खोजेको छ । 

हाल, शर्ट भिडियो प्लेटफर्मको बजारमा टिकटकको प्रभूत्व रहेको छ ।  द इन्फर्मेशनको एक रिपोर्टअनुसार, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले कम्पनीका कर्मचारीहरूलाई रिल्सका लागि सम्भावित एप परियोजनाबारे जानकारी गराएका छन् ।

प्राप्त जानकारीअनुसार, यसको कोडनेम प्रोजेक्ट रे राखिएको छ । इन्स्टाग्राम रिल्ससँगै, यसले तीन मिनेटसम्मका भिडियोहरू पनि देखाउन सक्ने छ । चर्चा भए अनुसार, स्ट्यान्डअलोन एप टिकटक जस्तै भर्टिकल स्क्रोलिङ अनुभव प्रदान गर्नेछ ।

यो एपमार्फत मेटा स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्मले अमेरिकामा नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्न तथा हालका प्रयोगकर्ताहरूका लागि सिफारिस प्रणाली सुधार गर्न चाहेको दावी गरिएको छ । 

हालसम्म, इन्स्टाग्रामले यी योजनाहरू औपचारिक रूपमा स्वीकार गरेको छैन् । यो विकास त्यस्तो समयमा भएको छ जब टिकटक अमेरिकी नियमहरूको कठोर अनुसन्धानको घेरामा परेको छ ।

प्रारम्भमा, अमेरिकामा यसलाई प्रतिबन्ध लगाइएको थियो, तर पछि सो निर्णय उल्टाइएको थियो । तर, यसलाई केवल ७५ दिनको अवधि (जो अप्रिल ५ मा समाप्त हुँदैछ) को लागि अमेरिकामा सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यस बीच, रिपोर्टअनुसार, टिकटकको मातृ कम्पनी अहिले नयाँ डोनाल्ड ट्रम्प प्रशासनसँग वार्तामा संलग्न छ । यदि सहमति भएमा, अमेरिकी कम्पनीले टिकटकमा ठूलो हिस्सेदारी लिन सक्छ, जसले गर्दा एप अमेरिकी बजारमा उपलब्ध रहन सक्छ । 

यदि यो योजना सफल भयो भने, यो २०२५ मा इन्स्टाग्रामको दोस्रो नयाँ एप लन्च हुनेछ । यसअघि, गत महिना एडिट्स एप लन्च गरिएको थियो । यो एप क्रिएटर्सलाई इन्स्टाग्रामका बिल्ट–इन टुल्सको तुलनामा बढी सृजनात्मकता र प्रिसिजनका साथ भिडियो सम्पादन गर्न सहयोग गर्छ ।

अहिलेसम्म, एडिट्स एप आईओएस प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ । यो मोबाइल भिडियो सम्पादन एप हो, जसमाः​ उच्च–गुणस्तरको भिडियो क्याप्चर गर्ने सुविधा, ड्राफ्टहरू सुरक्षित गर्ने र भिडियोका लागि विशेष ट्याब, क्यामेरा सेटिङहरू जस्तै रिजोल्युसन, फ्रेम दर, र डायनामिक रेन्ज एड्जस्ट गर्ने अप्सन उपलब्ध छन् ।

यदि इन्स्टाग्रामले रिल्स एप ल्ाययो भने टिकटकलाई टक्कर दिने महत्वपूर्ण कदम बन्न सक्ने छ ।

 

समाचार

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो। दाजुले तुलसीपुरको न्यायिक समितिमा  …

डिजिटल वालेटबाट नेपाल टेलिकमका प्रयोगकर्ताले अब न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने

अब डिजिटल वालेटबाट नेपाल टेलिकमको नम्बरमा न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने भएको छ ।

अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट भेरिफाइ गर्न सकिने

अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट प्रमाणीकरण गर्न सकिने भएको छ । नयाँ अपडेटमार्फत नागरिक एपले नयाँ व्यवस्था गर…

नबिल बैंकबाट फोन लोन लिएर ७४ जनाले तिरेनन् कर्जा, ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

नबिल बैंकले फोन लोन लिएर कर्जा नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै ३५ दिनभित्र कर्जा तिर्न सम्प…

टेक्नोका फोनमा अब डीपसीक एलएलएम प्रविधि, दैनिक काम छिटो र सरल गराउने

टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम प्रविधि प्रयोग गरेको छ । यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्र…

माइक्रोसफ्टको म्याजोराना १: टोपोलोजिकल सुपरकन्डक्टर प्रविधिमा आधारित अत्याधुनिक क्वान्टम प्रोसेसर

प्रतिष्ठित टेक कम्पनी माइक्रोसफ्टले आफ्नो नवीनतम क्वान्टम प्रोसेसर म्याजोराना १ को घोषणा गरेको छ । यस चिपसेटले प्रविधि क्षेत्रमा ठूल…

‘कृत्रिम बौद्धिकता प्रयोगका लागि स्पष्ट नीति र कार्ययोजना आवश्यक’

सूचना प्रविधि क्षेत्रमा भइरहेका नवीनतम आविष्कार र मुख्यगरी कृत्रिम बौद्धिकता (एआई)को विकास एवम् प्रयोगका लागि नेपालले स्पष्ट नीति,…

फागुन २५ गते एडब्ल्यूएस वुमन समिट हुँदै, कसरी हुने सहभागी ?

एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ आयोजना गर्ने भएको छ । प्रविधि क्षेत्रका …

एनसेलको सधैं अन रिन्यूअल प्याक, अनलिमिटेड कनेक्टिभिटीको उत्तम अनुभव

एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय …

चीनमाथि ओपनएआईको कारबाही, सामाजिक सञ्जाल निगरानीमा संलग्न अकाउन्टहरूमा प्रतिबन्ध

चिनियाँ एआई च्याटबोट डीपसीकले अमेरिकामा मच्चाएको हलचलपछि, चीनमाथि अमेरिकी कम्पनीहरूको कडाइ रोकिने छाँटकाँट देखिएको छैन् ।

एन्ड्रोइड १६: मे २०२५ पछि सार्वजनिक हुने, यी स्मार्टफोनहरूले पहिलो अपडेट पाउनेछन्

गूगलले आफ्नो वार्षिक डेभलपर कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्चालन प्रणाली (अ…

एप्पलले चाँडै नै ल्याउँदै छ आफ्नो पहिलो फोल्डेबल आईफोन, के के हुन सक्छन् फिचर ?

एप्पलले चाँडै नै आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्न सक्ने भएको छ । कम्पनीले यसका लागि आफ्नो तयारी पूरा गरिसकेको छ ।…

साप्ताहिक रूपमा ४० करोड बढीले प्रयोग गर्छन् च्याटजीपीटी

च्याटजीपीटीका सक्रिय साप्ताहिक प्रयोगकर्ताहरूको संख्या ४० करोड नाघेको छ । ओपन एआईका सीओओ ब्राड लाइटक्यापले एक्समा यो नयाँ तथ्याङ्क…

‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, नीति निर्माणदेखि बजेट विनियोजनसम्म प्रतिबद्धता चाहिन्छ’

सरोकारवालाहरुले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आ…

सर्वोच्चले भन्यो: प्रधानन्यायाधीशको एक्समा अकाउन्ट छैन्, फेक अकाउन्टबाट भ्रम सिर्जना गरियो

सर्वोच्च अदालतले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एक्स अकाउन्ट नभएको स्पष्ट पारेको छ । एक्समा प्रधानन्यायाधीशको नाम प्रयोग गरी …