कीवर्डहरू -

समाचार

इसेवामा अब एफवान सफ्टको २० प्रतिशत शेयर, बाँकी हिस्सा आफ्नै शेयरधनीलाई बिक्री

नेपालको फिनटेक क्षेत्रमा अग्रणी एफवान सफ्टले आफ्नो प्रमुख सहायक कम्पनी ईसेवाको ८० प्रतिशत सेयर बिक्री गरेको छ । एफवान सफ्ट ग्रुपले आफ्नै शेयरधनीहरूलाई इसेवाको शेयर बिक्री गरेको हो ।

एफवान सफ्टमा रहेको हिस्सेदारी अनुसार इसेवामा पनि आफ्नै शयेरधनीहरूलाई हिस्सेदारी  दिइएको छ । यसअघि इसेवामा एफवान सफ्टको शतप्रतिशत स्वामित्व थियो । तर अब भने इसेवामा एफवान सफ्टको २० प्रतिशत मात्रै स्वामित्व रहेन छ । 

ईसेवा, नेपालकै पहिलो डिजिटल वालेट सेवा प्रदायकका साथै एफवान सफ्टको सबैभन्दा बढी नाफा दिने सहायक कम्पनी मध्ये एक हो । पछिल्ला तीन वर्षमा ईसेवाको नाफा ५५ प्रतिशतको वार्षिक वृद्धिदरमा भइरहेको छ ।

८० प्रतिशत स्वामित्व बिक्रीबाट एफवान सफ्टलाई १६७ प्रतिशत लाभ प्राप्त भएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । इक्रा नेपालले एफवान सफ्टलाई ऋणका लागि एल ट्रिपल बी प्लस रेटिङ दिएको छ ।सबैभन्दा नाफा दिने कम्पनीको शेयर बिक्री गरेपछि अब एफवान सफ्टको आम्दानी पनि खुम्चिने आकलन गरिएको छ । 

यस बाहेक कम्पनीले केही समय अगाडि राइड शेयरिङ सेवामा समेत हात हालेको छ । नेपाल मोबिलिटी सोलुसनमार्फत राइड शेयरिङ प्लेटफर्म जुमजुम सञ्चालन गरिरहेको छ । यस परियोजनालाई तत्काल तरलता आवश्यक देखिएकाले पनि नाफा अझै संकुचन आउने बताइएको छ । 

साथै, अन्य भुक्तानी सेवा प्रदायकहरूको बढ्दो प्रतिस्पर्धाका कारण पनि चुनौतीहरू देखा परेका छन् । यद्यपि, कम्पनीले डिजिटल पेमेन्ट इकोसिस्टमका आफ्नो बलियो उपस्थितिले यी चुनौतीहरूलाई केही हदसम्म सन्तुलन गर्न मद्दत गरेको छ ।

एफवान सफ्टमा विश्वास ढकालले ३५ प्रतिशत शेयर रहेको छ । यस बाहेक अस्गर अली, कान्तिपुर मिडिया ग्रुप, सुवास ढकाल र सुवास सापकोटाको हिस्सा रहेको छ । 

एफवान सफ्ट ग्रुप अन्तर्गत ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्सफर, फोन लोन, फोन नेक्ट्स, कोजेन्ट हेल्थ, फोन पोइन्ट्स, दियालो टेक्नोलोजी, फोन इन्सोरेन्स, एक्टेन्सो डेटा, लोजिका बिन्स, स्वास्तिक कलेज, जुम जुम र ई सेवा ट्राभल एन्ड टूर रहेका छन् ।

समाचार

ईयूको नयाँ नियम: अब सबै इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी पोर्ट अनिवार्य

यूरोपियन संघ (ईयू) ले चार्जिङ पोर्ट सम्बन्धी नयाँ नियमहरू २८ डिसेम्बरबाट लागू गरेको छ । अब सबै विद्युतीय डिभाइसहरूको लाग…

डिजिटल वालेटहरूको संस्था पीएसपी एशोशिएसन नेपाल गठन, अध्यक्षमा आईएमई पेका प्रविण रेग्मी

भुक्तानी सेवा प्रदायकहरूले पेमेन्ट सर्भिस प्रोभाइडर्स (पीएसपी) एशोशिएसन नेपाल गठन गरेका छन् ।

क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति, को को आए पदाधिकारीमा ?

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औ…

सेवानिवृत्त प्राध्यापकलाई ‘डिजिटल गिरफ्तार’ गरी भारतमा लाखौं ठगी गर्दै साइबर अपराधि

भारतको नवादा जिल्लामा साइबर ठगहरूले एक सेवानिवृत्त प्राध्यापकलाई डिजिटल गिरफ्तार गर्दै १४.३३ लाख भारतीय रुपैयाँ (२२.९५ लाख ने…

जनमत पार्टीका पदाधिकारीले हरेक दिन सामाजिक सञ्जालमा पार्टी सम्बन्धि सकारात्मक पोस्ट गर्नुपर्ने

जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसब…

प्ले समथिङ बटन परीक्षण गर्दै युट्युब, भ्रामक टाइटल र थम्बनेलविरुद्ध कडा कदम चाल्ने तयारी

युट्युब विश्वभरको एक उत्कृष्ट भिडियो स्ट्रिमिङ प्लेटफर्म हो । तर, कहिलेकाहीं तपाईंलाई सही भिडियो खोज्न समस्या हुन सक्छ । यस्तै समस्य…

वर्ष २०२४: चमत्कारिक आविष्कारदेखि ऐतिहासिक शटडाउनसम्म

सन् २०२४ मा प्रविधिले नयाँ उचाइ हासिल गर्‍यो । यस वर्ष धेरै यस्ता आविष्कारहरू भए, जुन कल्पनाभन्दा बाहिर छन् ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका गरेका कार्यहरु

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । 

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्…

सन् २०२५ मा गूगलको सबैभन्दा ठूलो फोकस एआई मोडल जेमिनाईमा हुने सीईओ पिचाईको भनाइ

गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको ‘सबैभन्दा ठूलो फोकस’ एआई मोडल जेमिनाईमा हुने बताएका छन् ।

ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने

ब्लूस्काईले आफ्नो प्लेटफर्ममा नयाँ सुविधाको रूपमा ट्रेन्डिङ टपिक्स सुविधाको बेटा संस्करण सुरु गरेको छ । यो नयाँ सुविधा प्रयोगकर्ता…

साओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

साओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियोमार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरि पन…

डिजिटल सीप विकासमा जोड दिदै सामसङ नेपाल, ३० जना विद्यार्थीलाई एआई प्रमाणपत्र वितरण

आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्य…

लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा

लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रि…

ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्दै क्लक बी बिजेनस टेक्नोलोजी, ट्रेनिसीपमा २० जना छनौट

क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई …