समाचार
नेपालमा अर्को राइड शेयरिङ प्लेटफर्म याङ्गो सुरू हुँदै, जिरो कमिसन र बोनस सुविधा
मंगलबारबाट नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म याङ्गो सञ्चालनमा आउने भएको छ । उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चर लगायतका अन्य केही कम्पनीहरू मिलेर दुबईमा आधारित याङ्गो सञ्चालन गर्न लागेका हुन् ।
नेपालमा जेठ ६ गते मंगलबारदेखि औपचारिक रूपमा याङ्गो सञ्चालनमा आउन लागेको याङ्गोको नेपाली पार्टनर उपायका सह-संस्थापक सुमन रायमाझीले जानकारी दिए ।
‘भोलि (मंगलबार) देखि औपचारिक रूपमा सेवा सुरू हुँदैछ । पहिलो १ वर्ष कुनै पनि कमिसन लिदैनौं । राइडरलाई एक्ट्रा बोनस दिन्छौं,’ रायमाझीले आइसिटी समाचारसँग भने ।
नेपालमा याङ्गो पार्टनरसीप मोडलमा सञ्चालन हुँदैछ । विश्वभर याङ्गोको मोडल नै यही हो । याङ्गोले प्रत्यक्ष भन्दा पनि पार्टनरहरूमार्फत सेवा विस्तार गर्छ ।
नेपालमा पनि याङ्गोका आधा दर्जन पार्टनर छन् । पार्टनर कम्पनीलाई याङ्गोले प्रविधि प्रदान गर्छ । लगानी पनि याङ्गोले पार्टनरमाथि नै गर्ने रायमाझीले बताए । २ वर्षसम्म नेपालबाट आम्दानी गरेको रकम नेपालमै लगानी गर्ने याङ्गोको योजना रहेको छ ।
एउटै प्लेटफर्म धेरै पार्टनरमार्फत सञ्चालन गर्दा द्वन्द हुँदैन भन्दै प्रश्नमा सुमन भन्छन् – 'द्वन्द हुने सम्भावना एकदमै कम हुन्छ । राइडरले गरेको कामको आधारमा हामीले पैसा पाउने हो ।'
पछिल्लो समय नेपालमा राइड शेयरिङ प्लेटफर्महरू लोकप्रिय हुँदै गइरहेका छन् । दर्जन राइड शेयरिङ प्लेटफर्म बजारमा भएपनि अधिकांश हिस्सा भने पठाओ र इन्ड्राइभसँग छ । यी दुवै विदेशी कम्पनी हो ।भोलिदेखि सुरू हुन लागेको याङ्गो पनि विदेशी कम्पनी नै हो । यसले अब पठाओ, इन्ड्राइभ जस्ता प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
राइड शेयरिङबाट सुरू गरेर विस्तारै फुड डेलिभरी र डेलिभरी सेवामा पनि जाने योजना रहेको रायमाझीको भनाइ छ । नेपालको नीति अनुसार याङ्गोले सबै सुविधा ल्याउने बताइएको छ ।
राइडरले याङ्गो प्रो एप डाउनलोड गरेर आफ्नो अकाउन्ट बनाउन सक्ने छन् भने प्रयोगकर्ताले याङ्गो एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् ।
दुबईमा मुख्यालय भएको याङ्गो ग्लोबल राइड शेयरिङ प्लेटफर्म हो । याङ्गो ग्रुप अन्तर्गत राइड शेयरिङ बाहेक डेलिभरी, म्याप्स, ग्रोसरी, इन्टरटेन्मेन्ट, एआई लगायतका सुविधाहरू छन् ।
याङ्गो युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एशिया र दक्षिण अमेरिकाका ३० बढी देशमा सञ्चालनमा रहेको छ । नेपालमा याङ्गो टेक कम्पनीको रूपमा दर्ता रहेको छ ।
सन् २०१८ मा याङ्गोलाई रूसको आईटी कम्पनी यान्डेक्सले विकास गरेको थियो । तर अहिले स्वतन्त्र कम्पनीको रूपमा मुख्य कार्यालय दुबईबाट सञ्चालन हुँदै आएको छ ।
समाचार
गुगल जिमेलमा ल्यायो ‘म्यानेज सब्स्क्रिप्सन’ फिचर, अनावश्यक इमेलबाट छुटकारा पाउने सजिलो उपाय
गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो…
डिजिटल नेपाल फ्रेमवर्क २.० कार्यान्वयनका लागि सरोकारवालासँग क्यान महासंघको छलफल
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल …
केकियस म्याक्सिमस: एलन मस्कको नाम परिवर्तनले क्रिप्टो बजारमा ल्यायो हलचल
टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो क्रियाकलापका लागि चिनिन्छन् । यद्यपि उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको …
ओपनएआईदूारा क्लाउड-आधारित स्वतन्त्र कोडिङ एजेन्ट "कोडेक्स" को अनुसन्धान प्रीभ्यू सार्वजनिक
ओपनएआईले सफ्टवेयर विकासका लागि आफ्नो नयाँ एआई उपकरण कोडेक्सको अनुसन्धान प्रीभ्यू सार्वजनिक गरेको छ, जुन क्लाउड–आधारित इन्ज…
एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच
एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घ…
सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज
अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको …
जुनसुकै आईपी एड्रेसबाट सञ्चालन हुन्छ वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, डेटा सुरक्षामा प्रश्न
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबा…
एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित
एलन मस्क र उनका कम्पनीहरूका कामहरू सधैं चर्चामा रहने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो कि मस्कको एक कम्पनीले ‘ह्युमनोइड&r…
टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अनियमितता भएको आरोपसहित १६ जना र २ कम्पनी गरी १८ विरुद्ध विशेष अदालतमा म…
डिपफेकमार्फत जर्ज क्लूनी र ब्राड पिटको नक्कली अवतार बनाएर करोडौँ ठगी
अनलाइन ठगीका घटना कति खतरनाक बन्दै गइरहेका छन् भन्ने कुरा हालैको एक घटनाबाट बुझ्न सकिन्छ । अर्जेन्टिनाकी एक महिलासँग एक अचम्मको…
१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो
आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्…
ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा
महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…
महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन
महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…
विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च
१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ ।
कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?
सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्ल…