कीवर्डहरू -

समाचार

स्यान फ्रान्सिस्को संघीय अदालतद्वारा गुगलको गोपनीयता मुद्दा खारेज, १८ अगष्टमा परीक्षणको सम्भावना

स्यान फ्रान्सिस्कोको संघीय अदालतमा मुख्य न्यायाधीश रिचर्ड सीबर्गले गुगलको अपिललाई खारेज गरेका छन् । उक्त अपिलमा प्रयोगकर्ताहरूले दायर गरेको गोपनीयता सम्बन्धी क्लास एक्शन मुद्दा खारेज गर्न आग्रह गरिएको थियो ।

उक्त मुद्दामा आरोप लगाइएको छ कि गुगलले 'ट्र्याकिङ बन्द गर्ने' बटन बन्द भए पनि गूगलले प्रयोगकर्ताहरूको डेटा संकलन गरेको थियो । यस निर्णयले सम्भावित १८ अगस्टमा हुने परीक्षणको बाटो खुला गरेको छ ।  

गुगलले प्रयोगकर्ताको अनुमति बिना नै मोबाइल उपकरणहरूबाट निजी ब्राउजिङ इतिहास रेकर्ड गरेको आरोप छ । गुगलमाथि क्यालिफोर्नियाको 'अनधिकृत धोखाधड़ीयुक्त कम्प्युटर पहुँच कानून' उल्लङ्घन गरेको पनि आरोप लगाइएको छ ।  

गुगलको बटन र यसको सेटिङ्सबारे प्रयोगकर्तालाई दिइएको जानकारी अस्पष्ट र भ्रामक भएको अदालतले बताएको छ । यो व्यवहार प्रयोगकर्ताका लागि “अत्यधिक आपत्तिजनक" रहेको मुद्दामा उल्लेख गरिएको छ । गुगलले डेटा कसरी संग्रह गरिरहेको छ भन्ने स्पष्ट जानकारी जानाजानी दिइएको थिएन । 

गुगलले अदालतमा कम्पनीको सेवाहरूमा गोपनीयता नियन्त्रण (प्राइभेसी कन्ट्रोल) पहिले नै उपलब्ध भएको दावी गरेको छ । प्रयोगकर्ताहरूले यसको शर्तहरू स्वीकार गरेका थिए । गूगलका अनुसार आफ्नो डेटा रेकर्ड गर्ने तरिकाले कम्पनीले कसैलाई हानि पुर्याएको छैन् ।  

अगस्ट २०२२ मा स्यान फ्रान्सिस्कोको संघीय अपिल अदालतले अर्को मुद्दामा आरोप लगाएको थियो कि गुगलले क्रोम ब्राउजर प्रयोगकर्ताहरूलाई उनीहरूको अनुमति बिना ट्र्याक गरिरहेको थियो । अप्रिल २०२२ मा गुगलले “इनकग्निटो" मोडमा ब्राउजिङ गर्नेहरूलाई ट्र्याक गर्ने मामिलामा ५ अर्ब डलरभन्दा बढीको जरिवाना पनि तिरेको थियो ।

 

समाचार

विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो डिएमएस प्रणाली

विद्युत् नियमन आयोगले डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको छ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावारी बनाउन अन…

प्रयोगकर्ताले बढी प्रयोग गर्दा च्याटजीपीटी प्रो घाटामा, ओपन एआईलाई वित्तीय चुनौती

च्याटजीपीटी प्रोलाई ओपन एआईले आफ्नो आम्दानीका लागि सुरू गरेको थियो तर अहिले यो कम्पनीका लागि घाटाको कारण बनिरहेको छ । ओपन एआ…

नवलपरासीबाट चार चारपाङ्ग्रेको ड्राइभिङ लाइसेन्स वितरण थालियो

यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेक…

स्वार्थको द्वन्द नहुने गरी बिलिङ प्रणालीको ठेक्का दिन टेलिकमलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बिलिङ प्रणालीको खरिद तथा जडान कार्यमा स्वार्थको द्वन्द नहुने अवस्थाको सुनिश्चित गर्न नेपाल टेलिकमलाई निर्देशनात्मक …

युट्युबमा भिडियो राख्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

यूट्यूब केवल मनोरन्जनको एक माध्यम मात्र होइन, यो मानिसहरूको लागि आम्दानीको एक प्रमुख स्रोत पनि बनिसकेको छ ।

न्यू ओरलिन्समा आतंकारी आक्रमणमा मेटाको स्मार्ट ग्लास प्रयोग, विश्वभर बढायो चिन्ता

नयाँ वर्षको उत्सवको समयमा न्यू ओरलिन्सको प्रसिद्ध बोरबोन स्ट्रीटमा भएको भीषण आतंकारी आक्रमणको बारेमा नयाँ जानकारीहरू सार्वजनिक भए…

फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विथड्रल सुविधा

फोनेपेले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सा…

आलोचना भएपछि एनसेलले बढायो रिचार्जको भ्यालिडिटी

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्जको भ्यालिडिटी बढाएको छ । रिचार्जको भ्यालिडिटी घटाउँदा चर्को आलोचना खेपेपछि एनसेलले स…

प्रविधिको प्रयोगले फस्टाउँदै साना तथा मझौला उद्यम, कसरी बनाउने प्रभावकारी ?

सूचना तथा सञ्चार प्रविधि (आइसिटी) ले विश्वव्यापी रूपमा साना तथा मझौला उद्यम (एसएमई) को प्रतिस्पर्धात्मकता, उत्पादकता, र आर्थिक वृद्…

सामसङको एआई वाशिङ मेसिन नेपालमा सार्वजनिक

सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको…

फागुनमा ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप हुँदै, कुल पुरस्कार राशी २५ लाख

आगामी फागुनमा ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप सञ्चालन हुने भएको छ । ई-स्पोर्टस सङ्घ नेपाल (इसान) को आयोजनामा फागुन ८ देखि…

माइक्रोसफ्टले सन् २०२५ मा एआई डेटा सेन्टरहरूमा ८० अर्ब डलर खर्च गर्ने

माइक्रोसफ्टले सन् २०२५ मा एआई डेटा सेन्टरहरूमा ८० अर्ब अमेरकी डलर खर्च गर्ने योजना बनाएको छ । एआई मोडेलहरू प्रशिक्षण र डिप्लोए गर्…

यती एयरलाइन्सको ट्राभल कार्ड योजना, २५ हजारमा १० वटा टिकट

नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनि…

त्रिविको नयाँ व्यवस्था, परीक्षा केन्द्रले परीक्षार्थीहरूको हाजिर अब अनलाइनबाटै बुझाउनु पर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षार्थीहरूको हाजिर अब अनलाइनबाटै बुझाउन मिल्ने बनाएको छ । 

एभरेष्ट बैंकका ग्राहकले स्मार्ट पेमार्फत खातामा पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र बिगत ३ दशकदेखि ने…