कीवर्डहरू -

समाचार

नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला

टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक मल्टिमोडल क्षमताले सुसज्जित दुई ओपन सोर्स मोडेलहरू,लामा ४ स्काउट र लामा४ म्याभेरिक, ओपन कम्युनिटीका लागि प्रस्तुत गरेको हो ।

मेटाको दाबीअनुसार यी मोडेलहरू मिक्सचर अफ एक्सपर्टस (एमओई) आर्किटेक्चरमा आधारित पहिलो ओपन एआई मोडेलहरू हुन् । अघिल्ला संस्करणहरूसँग तुलना गर्दा, यी नयाँ मोडेलहरूमा अझ राम्रो कन्टेक्स्ट विन्डो, उत्कृष्ट पावर एफिसिएन्सी, र छिटो प्रोसेसिङ क्षमता थपिएको छ । साथै, कम्पनीले आफ्नो सबैभन्दा विशाल एआई कृति लामा ४ बेहेमोथको झलकसमेत प्रस्तुत गरेको छ, जसलाई हालसम्मकै सबैभन्दा शक्तिशाली मोडेल मानिएको छ ।

मेटाका आधिकारिक ब्लगपोस्ट अनुसार, यी दुवै मोडेल पूर्ण रूपमा ओपन–सोर्स छन् र मेटाको आधिकारिक लामा वेबसाइट बाट डाउनलोड गर्न सकिन्छ । प्रयोगकर्ताहरूले अबदेखि यी मोडेलहरूको अनुभव ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्राम डाईरेक्ट र मेटा डट एआई वेबसाइट मा लिन सक्नेछन् ।

स्काउट मोडेल मा १७ अर्ब एक्टिभ प्यारामिटर छन् र यसमा १६ वटा एक्सपट्र्स छन् । यो मोडेल एकल एनभिडिया एच १०० जीपीयूमा चल्न सक्षम छ ।

त्यसैगरी, म्याभेरिक मोडेल पनि १७ अर्ब प्यारामिटरको साथ आउँछ, तर यसमा १२८ एक्सपट्र्स छन्, जसले यसको गहिराइ र विश्लेषण क्षमतामा धेरै वृद्धि पुर्याउँछ ।

 

समाचार

इन्स्टाग्रामका ३ विकल्प

इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोट…

राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार

नेपाल राष्ट्र बैंकले सन् २०२६ सम्ममा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को पाइलट परीक्षण गर्ने भएको छ । २०७७-२०८१ सम्ममा राष्…

८ विधामा नेशनल आइसिटी अवार्ड प्रदान गर्दै सरकार, कसरी दिने आवेदन ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन खुला गरेको छ…

सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न सुरू गरेको छ । विभागले सार्वजन…

विश्वकै सानो पेसमेकर विकास: इन्जेक्सनबाटै राख्न सकिने, प्रकाशबाट चल्ने

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका इन्जिनियरहरूले विश्वकै सबैभन्दा सानो पेसमेकर विकास गरेका छन् । यो पेसमेकर यति सानो छ कि ज…

४ मेगावाट घण्टा क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर

घाम पावरले प्राक्टिकल एक्सन र स्वानबार्टनसँग मिलेर नेपालमा सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । यसका लागि सं…

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा सम्मानित

निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ बाट सम्मानित भएको छ । कम्पनील…

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । 

१९७४ एडीको अन्तिम कन्सर्ट शनिबार, टिकट इसेवाबाट किन्न सकिने

नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योग…

माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गर्ने

यदि तपाईंसँग पुरानो विन्डोज १० ल्यापटप छ भने, अपग्रेड गर्न आवश्यक हुन सक्छ । टेक कम्पनी माइक्रोसफ्टले घोषणा गरेको छ कि यसको पुरा…

जिब्ली शैलीको इमेज ट्रेन्ड: लोकप्रियतासँगै साइबर अपराधको जोखिम बढ्दै

अहिले हरेकजसो मानिस जीब्ली शैली (Ghibli Style) मा आफ्ना तस्बिरहरू बनाइरहेको छ। सुरुवातमा यति धेरै जिब्ली स्टाइल इमेजहरू…

टिकटक प्रतिबन्धको समय नजिकिँदै, कसले खरिद गर्ला अमेरेकी स्वामित्व ?

अमेरिकामा छोटो भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने मिति नजिकिँदै गर्दा टेक कम्पनीहरूबीच यसलाई किन्ने प्रतिस्पर्धा तीव्र हुँदै गए…

विद्यार्थीलाई निःशुल्क रूपमा नोट्स तथा किताब उपलब्ध गराउने अनलाइन प्लेटफर्म ‘ईनोट्स नेपाल’

विद्यार्थीलाई अनलाइनबाटै नोट्स तथा किताब निःशुल्क उपलब्ध गराउने प्लेटफर्म हो,

टिकटकको अमेरिकी स्वामित्व किन्न अमेजन पनि इच्छुक

अमेजन पनि टिकटकको अमेरिकी स्वामित्व किन्न इच्छुक देखिएको छ । टिकटक बिक्री गर्नुपर्ने समयसीमा नजिकिदै गर्दा अमेजन पनि सम्बावित खर…

एमबैंकमा थपियो इन्टरअपरेबल क्यूआर सेवा, अब जुनसुकै क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं र…