कीवर्डहरू -

समाचार

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअप प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मानित गरिएको छ ।

शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा सात प्रदेशका सात स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी आइसिटी रिकग्निसनबाट सम्मान गरिएको हो । 

सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान र प्रोत्सान गर्ने उद्देश्यले प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ प्रदान गरिएको छ । यस विधामा गत पाँचवर्षको अवधिमा सञ्चालन भएका स्टार्टअप सहभागी हुन पाउने व्यवस्था थियो । 

प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ को लागि अनलाइन मार्फत खुल्ला गरिएको नोमिनेसनमा सातै प्रदेशबाट १५० बढीको आवेदन प्राप्त भएकी थियो ।

यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेश अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् । 

आइसिटी अवार्डले काठमाडौमा मात्र सिमित नभएर देशका सातै प्रदेशमा बसेर काम गरिरहेका स्टार्टअप र इन्नोभेसनलाई खोज्ने प्रयास गरिरहेको छ । 

अवार्डको तयारीको सिलसिलामा नै सातै प्रदेशमा स्टार्टअप मिटअप पनि आयोजना भएको थियो । सातै प्रदेशका स्टार्टअपका प्रतिनिधिहरु काठमाडौं आएर बुटक्याम्प, इन्डस्ट्री भिजिट र स्टार्टअप फेस्टमा सहभागी भएका थिए ।

यस्ता छन् अवार्ड पाउने सात प्रदेशका सात स्टार्टअप

डेल्टा टेक 

विराटनगर स्थित डेल्टाटेक प्रालिले डेल्टासेल्स एप इआरपी लगायत सफ्टवेयरहरुमा काम गरिरहेको छ, जसले नेपाल र भरतमा गरेर २५ बढिलाई रोजगारी प्रदान गरेको छ ।

तेजस टेक 

वीरगञ्जबाट सुरु भएको तेजस टेकले स्वास्थ क्षेत्रमा विभिन्न सफ्टवेयर र एप्लिकेसनमार्फत काम गरिरहेको छ । कम्पनीले २० बढीलाई रोजगरी सिर्जना गरेको छ ।

अभियान्त्रिक कर्मशाला

नेपालमै इभीका अटोमोवाइल्स र अन्य प्रविधिमा काम गरिरहेको अभियान्त्रिक कर्मशाला कम्पनी भक्तपुरमा अवस्थित छ । कम्पनीले १० बढीलाई रोजगारी दिइरहेको छ ।

आकाश डिजिटल

पोखरामा स्थापित आकाश डिजिटलले सहकारी तथा माइक्रोफाइनान्सलाई डिजिटलाइज गर्नेगरी देशैभरी सेवा विस्तार गरिरहेको छ, जसमा २० बढी कर्मचारी रहेका छन ।

निन्जा इन्फो

​​​​​​​नेपालगञ्जमा अवस्थित निन्जा इन्फोसिसले स्थानिय पालिका प्रदेश र अन्य सस्थाहरुलाई सफ्टवेयर र आइटी सेवा प्रदान गरिरहेको छ । यसमा २० बढीले रोजगारी प्राप्त गरेका छन ।

बिजनेश अनलाइन सर्भिस 

सुर्खेतमा रहेका बिजनेश अनलाइनले डिजिटल मार्केटिङ र आइटी सर्भिसमा काम गरिरहेको छ । कम्पनीले ५ जनालाई रोजगारी प्रदान गरेको छ ।

फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर 

धनगढीमा रहेको फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर कम्पनीले आइटी रिसर्च र सर्भिसमा काम गरिरहको छ । कम्पनीमा अहिले १० जनाले काम गरिरहेका छन् । 
 

समाचार

एलन मस्कले छेडेको बहस: के ह्यासट्यागको युग समाप्त हुँदैछ ?

ह्यासट्यागको प्रयोग सन् २००७ देखि सामाजिक सञ्जालमा प्रमुख रूपमा हुँदै आएको छ । फेसबुकदेखि इन्स्टाग्राम र एक्ससम्म पनि ह्यासट्यागको व्…

सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने १००० जनाले पाए एनपीएलको टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले १००० टिकट वितरण गरेको छ। 

च्याटजीपीटी सर्च: नयाँ फिचरहरूको साथ निःशुल्क उपलब्ध, गूगल क्रोमभन्दा फरक र प्रभावकारी

च्याटजीपीटी सर्च अब पहिलेभन्दा अझै एडभान्स भएको छ । केही दिनअगाडि मात्र कम्पनीले यसमा धेरै नयाँ फिचरहरू समावेश गरेको छ । च्याट…

बाजुराको पार्वती माविलाई इसेवा मनी ट्रान्सफरले हस्तान्तर गर्‍यो शैक्षिक सामग्री र ल्यापटप

ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुराको पार्वती माध्यमिक विद्यालयलाई शैक्…

एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

एनसेल सबै भन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानग…

च्याटजीपीटी सर्च सार्वजनिक, एडभान्स्ड भ्वाइस मोडसहित सर्च अनुभवमा परिवर्तन

ओपनएआईले आफ्नो सर्च इन्जिन च्याटजीपीटी सर्च अब सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ । अब ती सबै प्रयोगकर्ताहरूले च्याटजीपीटी …

नेपालपे इन्स्ट्यान्टबाट फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबद्र्घनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारो…

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन् । 

गुगलको एआई जेमिनाईले विद्यार्थीलाई पठायो धम्कीपूर्ण सन्देश: 'तिमी धर्तीको बोझ हौ... मरेर जाऊ'

गुगलको एआई च्याटबट जेमिनाई अहिले विश्वभर चर्चामा छ । धेरैजसो मानिसहरू यसलाई जानकारी खोज्न प्रयोग गर्छन् । यसैबीच, अमेरिकाको मि…

बागलुङका ग्रामीण विद्यालयहरूमा डिजिटल सशक्तीकरण: आईसीटी स्रोत हस्तान्तरण समारोह सम्पन्न

बागलुङका ग्रामीण विद्यालयहरूमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी स्रोतको हस्तान्तरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । श्री जनप्रिय आ…

नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन कन्टेन्ट क्रियटरहरूसँग कार्यक्रमको…

एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य

एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा …

स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटको सुझाव

स्क्रीन टाइम सिमित गरिदिएपछि अभिभावकलाई मार्न च्याटबटले सुझाव दिएको पाइएको छ । बीबीसीको एक रिपोर्ट अनुसार १७ वर्षिय …

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, १० जीबीसम्म ग्राहकलाई डेटा बोनस

एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याउन भएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई…

एन्ड्रोइड एक्सआर अपरेटिङ सिस्टम सार्वजनिक, भर्चुअल रियालिटीमा नयाँ युगको सुरुवात

गूगलले हेडसेट र स्मार्ट ग्लासजस्ता एक्सटेन्डेड रियालिटी (एक्सआर) डिभाइसका लागि डिजाइन गरिएको नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड एक्सआर …