समाचार
आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने
एप्पलको आउँदै गरेको आईफोन १७ एयर सम्बन्धी नयाँ जानकारीहरू लगातार बाहिर आइरहेका छन् । रिपोर्टहरूका अनुसार, यो फोन आफ्नो अल्ट्रा–स्लिम डिजाइनको कारणले गर्दा केही महत्वपूर्ण विशेषताहरू हटाउन सक्ने अनुमान गरिएको छ ।
यी विशेषताहरूमा फिजिकल सिम ट्रे र डुअल क्यामेरा जस्ता सुविधाहरू सामेल छन् । अब, ब्लूमबर्गका मार्क गुरमनको नयाँ रिपोर्टअनुसार, यो सूचीमा चार्जिङ पोर्टको अभाव पनि थपिन सक्ने अनुमान गरिएको छ, जसको अर्थ फोनमा चार्जिङ पोर्ट नहुन सक्छ ।
आईफोन १७ एयर कम्पनीको पहिलो पूर्ण रूपमा पोर्ट–फ्री आईफोन बनाउनतर्फको ठूलो कदम मानिएको छ । मार्क गुरमनको रिपोर्टले देखाउँछ कि आईफोन १७ एयर एप्पलको पोर्ट–फ्री भविष्यको सुरूवातको संकेत दिएको छ । यदि यो मोडेल सफल भएमा, एप्पल भविष्यमा अन्य मोडेलहरूलाई पनि यो पातलो डिजाइनमा परिवर्तन गर्ने योजना बनाउन सक्ने छ ।
यसअघि, प्रसिद्ध एप्पल सप्लाई चेन एनालिस्ट मिंग–ची कुओले सन् २०२१ मा एप्पलले चार्जिङ पोर्टबिना आईफोन लन्च गर्नेछ भनेर भविष्यवाणी गरेका थिए, तर अहिलेसम्म त्यो वास्तविकता बन्न सकेको छैन् । एप्पलले आफ्नो लाइटनिङ पोर्ट हटाएर यूएसबीसी पोर्ट अपनाइसकेको छ, तर पूर्ण रूपमा चार्जिङ पोर्टबिनाको आईफोन अहिले पनि एउटा अधुरो सपना नै छ ।
चार्जिङ पोर्ट हटाउने चर्चा भइरहेकै बेला, आईफोन १७ एयरमा म्यागसेफ चार्जिङ सपोर्ट रहनेछ भन्ने पुष्टि भएको छ । पहिले अनुमान गरिएको थियो कि एप्पलले आईफोन १६ई मोडेलझैं आईफोन १७ एयर बाट पनि म्यागसेफ चार्जिङ हटाउन सक्ने छ ।
तर विश्वसनीय टिप्स्टर सन्नी डिक्सनद्वारा लीक गरिएको डमी इमेजले यो दाबी गलत साबित गरेको छ । हालै लीक भएका डमी मोडेलहरू सही साबित भएमा, आईफोन १७ एयरमा म्यागसेफ चार्जिङ अवश्य उपलब्ध हुनेछ, यद्यपि यसको अल्ट्रा–स्लिम डिजाइन ले केही शंका उत्पन्न गर्न सक्छ ।
समाचार
एन्ड्रोइड १६ बेटा ३ सार्वजनिक, गूगल पिक्सेल प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट उपलब्ध
गूगल आफ्नो एन्ड्रोइड १६ लाई लिएर तीव्र रूपमा काम गरिरहेको छ र अब उसले केही गूगल पिक्सेल स्मार्टफोनहरूका लागि एन्ड्रोइड १६ बेटा ३…
अनलाइन ठगीबाट जोगिन गूगलले दिएका ५ टिप्स
देशमा अनलाइन ठगीका घटना लगातार बढ्दै छन् । हरेक दिन साइबर अपराधीहरूले मानिसहरूको बैंक खाताबाट पैसा निकाल्ने नयाँ–नया…
एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएनसल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो सिजनको खेलता…
सुरक्षाका लागि आवश्यक छ आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट
एप्पलले गत हप्ता आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.३.२ अपडेट जारी गरेको थियो । यो अपडेट प्रयोगकर्ताहरूका लागि निकै महत्त्वपू…
लाखौंले प्रयोग गर्छन् यी कमजोर पासवर्ड, तपाईले पनि गर्नुभएको छ भने तत्काल परिवर्तन गर्नुहोस्
आजको डिजिटल युगमा, हामी सबैले पासवर्डहरू प्रयोग गरेर आफ्नो व्यक्तिगत डेटा र गोपनीयताको सुरक्षा गर्छौँ ।
हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस
हुवावे नेपालले महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला …
नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’
नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ।
काठमाडौँ महानगरपालिकामा चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस हुने
काठमाडौँ महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गर्ने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन का…
नयाँ म्याकबुक एयर र आइप्याड सार्वजनिक गरेपछि एप्पलले बजारबाट हटायो पुराना मोडेलहरू
एप्पलले हालै १५ इन्च स्क्रिनसहित नयाँ म्याकबुक एयर सार्वजनिक गरेको छ । साथै, एप्पलले नयाँ आइप्याड र आइप्याड एयर पनि प्रस्तुत गरेको…
ह्वावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद
ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाड…
वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता
ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलो…
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने
नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाज…
विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप ‘इन्ड्राइभ’
४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग…
माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी
माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र य…
अमेरिकी न्याय विभागको कडा पहल: गूगललाई क्रोम ब्राउजर बेच्नुपर्ने माग
अमेरिकी न्याय विभाग (डिओजे) ले गूगलको एकाधिकार कम गर्न अदालतसँग आग्रह गर्दै गूगललाई आफ्नो वेब ब्राउजर क्रोम बेच्नुपर्ने माग गरेक…