समाचार
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर
टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइटमार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने टिकटकको भनाइ छ ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमाफुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन्। दशरथ रंगशालामा हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ।
टिकटक पछिल्ला केही वर्षहरूमानेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको रूपमा विकसित भएको छ। प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्नेटिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ।
यो साझेदारी मार्फतदेशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ।
नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षणहरू सँगै सेलिब्रेट गर्न सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरूप्रस्तुत गर्नेछजसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ। यसबाहेक, #CelebrateFootball ले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्नेछ।
फ्यानहरूलाई एकताबद्ध गर्ने,नेपालको सबैभन्दा ठूलो फुटबल लिगको उत्साह बढाउनेर फ्यान अनुभवलाई समृद्ध बनाई फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकहरूको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित भएको बताउँदै यस साझेदारीसँगै टिकटकमा सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका जानकारी दिइन ।
"टिकटक नेपालमा विगत दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको छ। यसले अविश्वसनीय र अनौठा खेलकुद कन्टेन्टलाई बढावा दिन्छ र क्रियटरहरूलाई खेलकुदका केही उत्कृष्ट क्षणहरूलाई फेरिजीवन्त बनाउन र रिमिक्स गर्न सजिलो बनाउँछ। हामी फ्यानहरूलाई खेल्ने अनलाइन एरिना प्रदान गर्दैहाम्रो नेपाली समुदायलाई नेपालको सबैभन्दा लोकप्रिय खेलकुद ईभेन्टसँगक्रियसन र इन्गेजमेन्टका नयाँ तरिकाहरू प्रदान गर्नेछौं। आशा छ, हामी टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलहरूको लागि पनि फ्यानडमको घर बनाउने छौं,” उनले भनिन ।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलो पटक नजिक ल्याउने र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्ने बताए ।
समाचार
नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान
ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री…
एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा एक्सेस वर्ल्ड र एआई एसोसिएसनबीच छलफल
एक्सेस वर्ल्ड टेक (एडब्लुटी) र एआई एसोसिएसन अफ नेपालबीच एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
…२१ शिक्षक तथा शिक्षिकाहरूलाई नासोद्वारा गतिशील मानव सौर्य मण्डल सम्बन्धि तालिम प्रदान
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेजमा सम्पन्न गरेको छ । नेपाल तथा …
एनसेल नेपाल सुपर लिगको लाइभ हिमालय टिभीबाट हेर्न पाइने
देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको आधिकारिक प्रसारण साझेदारको र…
फेसबुक, इन्टाग्राम, एक्स लगायतलाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरे…
गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण
गुगलले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । कम्पनीले साइबर सुरक्षा सेवा प्रदान गर्ने इजरायली स्टार्टअप विजल…
१५ औं वर्षमा स्पारो एसएमएस, इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियो…
एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वि…
ओपनएआईले च्याटजीपीटी कन्ट्रेक्टर्स फिचर ल्याउँदै, गूगल ड्राइभ र स्ल्याकसँग हुनेछ प्रारम्भिक एकीकरण
ओपनएआई छिट्टै च्याटजीपीटी कन्ट्रेक्टर्स नामक नयाँ फिचर लञ्च गर्ने तयारीमा रहेको छ । यसले च्याटबटलाई अन्य प्लेटफर्मसँग जडान गर्न मद्दत…
गूगलले प्रक्षेपण गर्यो एआई-पावर्ड फायरस्याट स्याटेलाइट, जंगलमा लागेको आगो पत्ता लगाएर अलर्ट दिने
गूगलले जंगलमा फैलिने आगो नियन्त्रण गर्न एआई–पावर्ड स्याटेलाइट फायरस्याट प्रक्षेपण गरेको छ । यो स्याटेलाइटले आगो फैलिन नदिन…
मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट
अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सु…
बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम
धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेर…
फाइण्ड माई डिभाइस एपमा गूगलले ल्यायो ठूलो अपडेट, अब प्रियजनहरूको लोकेशन पनि ट्र्याक गर्न सकिने
गूगलले आफ्नो ‘फाइण्ड माई डिभाइस’ एपमा ठूलो र महत्वपूर्ण अपडेट जारी गरेको छ । यससँगै अब हराएको डिभाइस खोज्न सक्ने …
वैदेशिक रोजगारीमा रहेकाले हिमालयन बैंकबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न सक्ने
अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ । हिमालयन बैंक लिमिटेड र श्र…
माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक
माईक्रोसफ्टले एक्सबक्स गेमरहरूलाई स्मार्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ एआई–असिस्टेन्ट कोपाईलट फर गेमिंग सार्वजनिक गर…