कीवर्डहरू -

समाचार

जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै, शंकर ग्रुपसँग सहकार्य

ग्लोबल टेक जायन्ट जेडटीई नेपालमा पुनः प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्टफोनहरूको साथ जेडटिइ नेपालमा आउने तयारी गरिरहेको हो ।

कम्पनीले बजार व्यवस्थापनको लागि शंकर ग्रुपसँग सहकार्य गर्दै आधिकारिक वितरकको रुपमा पनि शंकर ग्रुपलाई नियुक्त गरेको छ ।

जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन । कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो । 

यस पटक जेडटिइ ब्लेड र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याइँदै छन् । जसअन्तर्गत जेडटिइ ब्लेड ए७५ ले ९०हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफी सहित नुबिया भि७० म्याक्स आउँदै छ । साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गर्दैछन् ।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन् ।

समाचार

एनसेल नेपाल सुपर लिगको लाइभ हिमालय टिभीबाट हेर्न पाइने

देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको आधिकारिक प्रसारण साझेदारको र…

फेसबुक, इन्टाग्राम, एक्स लगायतलाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरे…

गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण

गुगलले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । कम्पनीले साइबर सुरक्षा सेवा प्रदान गर्ने इजरायली स्टार्टअप विजल…

१५ औं वर्षमा स्पारो एसएमएस, इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियो…

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वि…

ओपनएआईले च्याटजीपीटी कन्ट्रेक्टर्स फिचर ल्याउँदै, गूगल ड्राइभ र स्ल्याकसँग हुनेछ प्रारम्भिक एकीकरण

ओपनएआई छिट्टै च्याटजीपीटी कन्ट्रेक्टर्स नामक नयाँ फिचर लञ्च गर्ने तयारीमा रहेको छ । यसले च्याटबटलाई अन्य प्लेटफर्मसँग जडान गर्न मद्दत…

गूगलले प्रक्षेपण गर्‍यो एआई-पावर्ड फायरस्याट स्याटेलाइट, जंगलमा लागेको आगो पत्ता लगाएर अलर्ट दिने

गूगलले जंगलमा फैलिने आगो नियन्त्रण गर्न एआई–पावर्ड स्याटेलाइट फायरस्याट प्रक्षेपण गरेको छ । यो स्याटेलाइटले आगो फैलिन नदिन…

मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट

अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सु…

बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम

धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेर…

फाइण्ड माई डिभाइस एपमा गूगलले ल्यायो ठूलो अपडेट, अब प्रियजनहरूको लोकेशन पनि ट्र्याक गर्न सकिने

गूगलले आफ्नो ‘फाइण्ड माई डिभाइस’ एपमा ठूलो र महत्वपूर्ण अपडेट जारी गरेको छ । यससँगै अब हराएको डिभाइस खोज्न सक्ने …

वैदेशिक रोजगारीमा रहेकाले हिमालयन बैंकबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न सक्ने

अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ । हिमालयन बैंक लिमिटेड र श्र…

माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक

माईक्रोसफ्टले एक्सबक्स गेमरहरूलाई स्मार्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ एआई–असिस्टेन्ट कोपाईलट फर गेमिंग सार्वजनिक गर…

आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने

एप्पलको आउँदै गरेको आईफोन १७ एयर सम्बन्धी नयाँ जानकारीहरू लगातार बाहिर आइरहेका छन् । रिपोर्टहरूका अनुसार, यो फोन आफ्नो अल्ट्रा&…

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरण स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्नका लागि पुनः आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ ।

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेशन्स

नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारकोरुपमा साझेदारी गर्ने भएको छ ।