कीवर्डहरू -

समाचार

‘राइड शेयरिङलाई रोक्नु हुँदैन्, सर्वसाधारणले यातायातका साधन रोजेर प्रयोग गर्न पाउनु पर्छ’

सासंद एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राइड शेयरिङलाई रोक्नुको साटो व्यवस्थित रूपमा नियमन गर्नुपर्ने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा ज्वालाले राइड शेयरिङलाई व्यवस्थित रूपमा नियमन गर्नुपर्ने बताएका हुन् । 

‘प्रतिस्पर्धाको समयमा सर्वसाधारणले यातायातका साधन रोजेर प्रयोग गर्न पाउनु पर्छ,’ उनले भने, ‘प्रतिस्पर्धाको युगमा यातायातको क्षेत्रमा सिन्डिकेट हुनु हुँदैन् ।’ 

उनले अगाडि भने, ‘सार्वजनिक यातायातका साधनहरू पनि सुरक्षित हुनुपर्छ त्यहाँ पनि लगानी छ । त्यहाँ पनि श्रमिकाहरु छन् तिनीहरुको पनि रोजगारी सुरक्षा हुनुपर्छ । अर्को तिर अहिलेको नयाँ प्रविधि प्रयोग गरेर आएका नयाँ राइड शेयरिङहरूलाई पनि खुला गर्नुपर्छ ।’

समग्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका निम्ति सार्वजनिक यातायातका साधन र राइट सेयरिङ सबैलाई व्यवस्थित तथा नियमन गर्न संघीय सरकारले छिटो भन्दा छिटो कानुन बनाउनु पर्ने उनको भनाइ छ । 

‘राइड शेयरिङले रोजगारी सिर्जना गरेको छ । मानिसहरूलाई सहज रूपमा गन्तव्यमा जान सहयोग गरेको छ,’ संसदको पूर्वाधार विकास समितिको सदस्य समेत रहेका सांसद ज्वालाले भने, ‘राइड शेयरिङलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनु सञ्चालकहरूलाई मेरो आग्रह छ ।’
 

समाचार

प्रोग्रेशिभ फाइनान्स र एनसीएचएलबीच नेपालपे कार्डको लागि सम्झौता

प्रोग्रेशिभ फाइनान्स र एनसीएचएल बीच एनपीएस एनसीएस डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएक…

रूसमाथि ड्रोन हमला गर्न युक्रेनले किन प्रयोग गर्‍यो २० वर्ष पुरानो सफ्टवेयर ?

युक्रेनले हालै रूसभित्र ‘स्पाइडर वेब’ नामक एक व्यापक एआई ड्रोन आक्रमण सञ्चालन गरेको छ । यस समन्वित ड्रोन हमलाले बेला…

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड

नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएक…

फर यु फीडलाई अझ व्यक्तिगत र सुरक्षित बनाउन टिकटकले ल्यायो नयाँ सुविधा

टिकटकले फर यु फीडलाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ । नयाँ सुविधाले प्रयोगकर्ताहरू…

असारमा एनपीनगको एघारौं संस्करण हुँदै

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण एनपीनग ११ आगामी असार १ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । न…

एनसेल फाउन्डेसनको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ । 

मंगलबार सुदूरपश्…

एभरेष्ट बैंकले ल्यायो इबिएल भर्चुअल क्रेडिट कार्ड

एभरेष्ट बैंकले इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्र…

मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच नेपालपे कार्डका लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

मञ्जुश्री फाईनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्…

ह्वाट्सएपमा युजरनेम सिस्टम: अब मोबाइल नम्बर नदिई च्याट गर्न सकिने

ह्वाट्सएप लामो समयदेखि एक निशुल्क म्यासेजिङ सेवा हो, जसले हरेक वर्ष केही न केही नयाँ र उपयोगी फिचरहरू ल्याउने गर्दछ । चाहे त्यो…

च्याटजीपीटीसँग व्यावसायिक सल्लाह लिँदा आयो अप्रत्याशित जवाफ: ‘अहिलेनै जागिर नछाड’

एआई हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ,। दैनिक जीवनका अधिकांश कामहरूमा मानिसहरू एआईमा यति निर्भर भइसकेका छन् कि यस…

माइन्डराइजर्स इन्स्टिच्युटद्वारा छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुट

काठमाडौंस्थित माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्ना सम्पूर्ण छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ। आईट…

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटहरू सहायक र विश्वसनीय असिस्टेन्ट जस्तो लाग्न सक्छन् । तर, विशेषज्ञहरूले तिनीहरूप्रति धेरै भरोसा गर्न सचेत गराएका छन् । विशेष…

धम्की दिँदा एआईले राम्रो जवाफ दिन्छ? सर्गेई ब्रिनको टिप्पणीले सुरु गर्‍यो गम्भीर बहस

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले दाबी गरेका छन् कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट राम्रो नतिजा पाउनका लागि एआईलाई धम्…

अमेरिकामा नेपालीले सुरू गरे भेञ्चर क्यापिटल फर्म ‘मोमो भीसी’, प्रविधि स्टार्टअपलाई सशक्त बनाउने

विश्वभर फैलिएका प्रवासी नेपाली समुदायको हक हितका लागि काम गर्दै आएका प्रीति अधिकारी र सजन गौतमले अमेरिका-आधारित भेञ्चर क्यापि…

भाडा नबढाएको पठाओको स्पष्टिकरण, अफलाइन राइडबाट होसियार रहन आग्रह

सोमबार राजधानीमा सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङ सेवामार्फत भाडा वृद्धि गरिएको भन्ने समाचारहरु बाहिर…