कीवर्डहरू -

समाचार

एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ सम्पन्न

सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित यो ३०औं संस्करण राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।

सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीको अन्तिम दिन नेपाल सरकारका पूर्वमन्त्रीहरू पार्वत गुरुङ, डा. प्रकाशचन्द्र लोहनी,  काठमाडौं महानगरपालिकाकि उपमेयर सुनित डंगोल, चर्चित भ्लगर शिशन बानियाँ लगायतले अवलोकन गर्नुभएको थियो ।

क्यान इन्फोटेक २०२५ मा सूचना प्रविधिका विश्वस्तरीय ब्रान्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, ई-कमर्स, साइबर सुरक्षा समाधान, ब्लकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । विशेषगरी, नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेसन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरूमा उल्लेख्य आकर्षण देखियो ।

मसिन लर्निङमा आधारित एआई टुल, स्वदेशी सफ्टवेयर, सेल्फ-ड्राइभिङ कार प्रविधि जस्ता परियोजनाहरू अवलोकनकर्ताको मुख्य चासोको केन्द्र बने । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका थिए । त्यस्तै, गोल्ड स्पोन्सरमा गोगोरो, सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई र अनलिमिटेड टेक्नोलोजी (ज्याप) रहेका थिए ।

साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, डिजिटल एड्रेस पार्टनरमा कताहो, प्रिन्टिङ पार्टनरमा क्यानन, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, मोबिलिटी पार्टनरमा टुटल, इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस र सीसीटीभी पार्टनरमा आईएमओयू रहेका थिए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार, महासंघले डेटा प्रोटेक्सन ऐन, राइड शेयरिङ नीति, एआई प्रविधिका लागि आवश्यक डेटा व्यवस्थापन तथा वैदेशिक लगानी ऐनमा संशोधन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति निर्माणमा सक्रियता देखाएको छ ।

यस संस्करणको क्यान इन्फोटेकलाई २ लाख बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा १५५ स्टल सहभागी भएका थिए, जसअन्तर्गत विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गरे । कम्पनीहरूले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न अफरमार्फत प्रवर्द्धन गरेका थिए । मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष अफरहरू प्राप्त गरेका थिए ।

क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलका अनुसार, यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासंघले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि पहल गर्ने योजना बनाएको छ ।


 

समाचार

बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवा सम्बन्धी वेबिनार हुँदै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र नेपाल दूरसञ्चार प्र…

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामेरा खरिदका लागि कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपल…

भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो

राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्…

शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेपाल गठन

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एशोशिएसन नेपाल गठन भएको छ । मेरो जबका संस्थापक शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेप…

नेपालमा सुरक्षित इन्टरनेट दिवस २०८१ मनाइँदै, अनलाइन ठगी र सुरक्षा प्रमुख एजेन्डा

विश्वभरका १७० भन्दा बढी मुलुकमा आगामी माघ २९ गते मंगलबारका दिन सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ। नेपालमा सन् २०१९ देखि यस दिव…

२८ लोकप्रिय एप्समा खतरनाक ‘स्पार्ककैट’ भाइरस, व्यक्तिगत डेटा जोखिममा

स्पार्ककैट नामक एक खतरनाक भाइरसले २८ लोकप्रिय एप्समा प्रवेश गरिसकेको छ । यसको कारणले गर्दा व्यक्तिगत तथा वित्तीय डाटाका लागि ठूल…

बालबालिकाको अनलाइन सुरक्षाका लागि वेबिनार: सुरक्षित इन्टरनेट दिवस २०२५ मनाइने

नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बाल अधिकार परिषद्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि म…

सुरक्षित इन्टरनेट दिवस २०२५ मनाउन नेपाल दूरसञ्चार प्राधिकरणद्वारा भिडियो सामग्री संकलन

नेपाल दूरसञ्चार प्राधिकरणले "सुरक्षित इन्टरनेट, सबैका लागि, सधैंका लागि" भन्ने नाराका साथ आगामी सुरक्षित इन्टरनेट दि…

सफल युट्युब च्यानलका लागि यी ११ गल्तीहरूबाट बच्नुस्

आजकाल युट्युब च्यानलहरूका माध्यमबाट क्रिएटर्स धेरै कमाइ गर्दैछन् ।  धेरै मानिसहरूले आफ्नो जागिर छोडेर युट्युब च्यानल सञ्…

गूगलले नयाँ एआई मोडको आन्तरिक परीक्षण सुरु गर्दै

गूगलले आफ्नो सर्च प्लेटफर्मका लागि नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोड आन्तरिक रूपमा परीक्षण गर्न थालेको छ । यो फिचर पहिलो पट…

ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर

ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यसफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ। यस अफरबाट विदेशमा रहेका नेपालीहरूले ईसे…

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स…

लगइन बिना उपलब्ध च्याटजीपीटी सर्च: गूगललाई चुनौती दिने ओपनएआईको ठूलो कदम

ओपनएआईले गत वर्ष अक्टोबरमा आफ्नो एआई मोडेलमा सर्च इन्जिन फिचर रिलीज गरेको थियो । कम्पनीले यसलाई च्याटजीपीटी सर्च नाम दिएको थियो…

बाईटडान्सको ओम्नी ह्युमन १: अब एक फोटोबाट यथार्थपरक भिडियो निर्माण सम्भव

टिकटकको प्रमुख कम्पनी बाईटडान्स कम्पनीले एआई मार्केटमा प्रवेश गरेको छ । कम्पनीले ओम्नी ह्युमन १ नामक एआई प्लेटफर्म ल्याएको छ । यस ए…

अब कम नुनमै स्वादिलो खाना, जापानी कम्पनीले बनायो चमत्कारी 'इलेक्ट्रिक साल्ट स्पून'

तपाईंले सायद कहिल्यै सोच्नुभएन होला कि चम्चालाई पुनः आविष्कार गर्न आवश्यक छ । तर जापानी आविष्कारकहरू यसमा आश्वस्त छन् कि एक हाई&n…