समाचार
नेपाल र चीनको एक मात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामेरा जडान
नेपाल र चीनमा ब्यापारका लागि आवत जावत गरिने एकमात्र नाका रसुवागढीमा सीसी क्यामरा जडान गरिएको छ ।
चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएसँगै अन्य मुलुकका नागरिकले समेत आवत जावतका लागि यो नाकाको प्रयोग गर्न थालेपछि सुरक्षाका लागि भन्दै सीसी क्यामरा जडान गरिएको हो ।
रसुवा भन्सार कार्यालय टिमुरेको सहयोगमा सिमा क्षेत्रबाट रसुवागढी भन्सार कार्यालयसम्म करिब दुई किलोमिटर सडकमा १२ वटा सीसी क्यामरा जडान गरिएको छ ।
सीमा क्षेत्रमा सीसी क्यामरा जडान भएपछि अवैध क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
रातको समयमा नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रण गर्न सीसी क्यामराले सहयोग पुग्ने रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
प्रहरीको सुरक्षा गस्तीका साथै क्यामराको सहायताले मानिसको आवातजावत र क्रियाकलापमा निगरानी गर्न सहज भएको छ ।
समाचार
नेपाली बजारमा ओपो एफ सेभेन, २५ मेगा पिक्सलको क्यामेरा
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा रहेको छ । सेल्फीलाई थप वास्तविक, प्राकृ…
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा, ग्रुप अन्तर्गत दर्जन बढी कम्पनि संचालनमा
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । ग्रुपले २६ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरेको थियो ।
ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट
‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कल…
सामसुङ एस ९ प्लस अब १२८ जिबी स्टोरेजमा
नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9…