समाचार
नेपालका १२५ भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’
नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो।
कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए। आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’ भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताए।
मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताए। भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताए ।
कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताए। कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गरेको फन्ट निर्माता कलाकार पौडेलले राससलाई जानकारी दिए।
प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहेका थिए। रासस
समाचार
वित्तीय प्रणाली सुरक्षित बनाउन सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता
ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलो…
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने
नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाज…
विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप ‘इन्ड्राइभ’
४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग…
माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी
माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र य…
अमेरिकी न्याय विभागको कडा पहल: गूगललाई क्रोम ब्राउजर बेच्नुपर्ने माग
अमेरिकी न्याय विभाग (डिओजे) ले गूगलको एकाधिकार कम गर्न अदालतसँग आग्रह गर्दै गूगललाई आफ्नो वेब ब्राउजर क्रोम बेच्नुपर्ने माग गरेक…
सीप अनुसारको रोजगारी र कमाइ नहुँदा आईटी पढेका युवा पनि विदेशिँदै
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ। बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ। गाउँ सुनसान पारेर शहरमा भवि…
सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस
सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । ता…
ह्वावेद्वारा एमडब्लुसीमा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण
बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । कार्यक्रमबाट कम्…
डेटा नहुँदा पनि एनसेल प्रयोगकर्ताले अब खल्तीबाट रिचार्ज गर्न र प्याक लिन सक्ने
एनसेल प्रयोगकर्ताले अब ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि खल्ती एप चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण…
किशोरीहरूलाई अन्तरिक्ष विज्ञान बारे सिकाउने परियोजना ‘शक्तिस्याट’, नेपालबाट कसरी हुने सहभागी ?
भारतको एरोस्पेश स्टार्टअप स्पेश किड्ज इन्डियाले विश्वभरका महिलाहरूलाई अन्तरिक्ष विज्ञान र प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्ने लक्ष्यसहित …
दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान
नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले राष्ट्रिय नारी सम्मान २०८१ प्राप्त गरेकी छन् । दूरसञ्चार क्षेत्रमा योगदा…
एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त
एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन् । यसअघि ग्रुपको अध्यक्षमा कम्पनीका संस्थापक विश्वास ढकाल कार्यरत थिए । &…
एमडीएमएसमा प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष दोषी ठहर, कर्मचारीले पाए सफाइ
विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षलाई दोषी ठ…
ह्वावेको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डेटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक
एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर 'सिंगल साइटपावर' र एआई डेटा सेन्टर…
भुक्तानी कार्य गर्ने संस्थाले सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने
भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले अब सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने भएका छन् ।
…