समाचार
अवैध सुन तस्करीमा डिजिटल वालेट पेवेल र सजिलो पेबाट अर्बौंको भुक्तानी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको र भुक्तानीका लागि वालेटहरुको प्रयोग गरिएको बताएको छ।
विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म रु ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ मूल्य बराबरको सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा सिआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले ६० किलोग्राम सुन तस्करीको अनुसन्धानका क्रममा थप २० जनालाई पक्राउ गरिएको जानकारी दिए।
“विभिन्न पाँचओटा नक्कली कम्पनीमार्फत इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई दुई हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सु मा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ”, ब्यूरो प्रमुख ज्ञवालीले भने।
प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत एक हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि मार्फत १७० किलोग्राम आठ ग्राम र रेडी ट्रेड प्रालिमार्फत सात किलोग्राम पाँच ग्राम अवैध सुन नेपाल भित्रिएको थियो। ब्रेक सु मार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको थियो।
अवैध रुपमा भित्रिएका सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईओटा पेमेन्ट गेटवेसमेत सङ्लग्न रहेको खुल्न आएको छ। ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
२०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पे वेलको वालेटमा रु ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ कारोबार भएको र सजिलो पेको वालेटमार्फत २०७८ जेठदेखि २०८१ जेठसम्म रु ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ कारोबार भएको पाइएको छ।
सिआईबीले उक्त प्रकरणमा ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउ समेत गरेको छ।
ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलोग्राम ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले विस २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो। उनीहरुबाट रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो।
सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना अभियुक्तहरू हाल पुर्पक्षका लागि थुनामा छन्। यस्तै, सोही सुन प्रकरणमा दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ।
वैशाखबाट शुरु गरिएको दोस्रो चरणको अनुसन्धानमा १४ नेपाली, दुई चिनियाँ र चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका भारतीय नागरिकमा बैजनाथ महादत्त गोयल, सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकर रहेका छन्। यस्तै चिनियाँ नागरिकमा सोनाम गुरुङ भन्ने सराव ग्याल्मो र जेन्गा जाग्सी रहेका छन्।
पक्राउ पर्ने नेपालीमा पर्सा वीरगन्ज-११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक-५ का राजु खत्री, मध्यपुर-१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल-४ का कान्छा लामा, नमोबुद्ध-१० का भीमप्रसाद तिमल्सिना, भुम्लु-१ का रूपक भण्डारी, काठमाडौँ महानगर-७ का प्रज्ज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती-१ का लालबहादुर कुँवर, बारा जितपुर-१९ का अरुणकुमार यादव छन्।
पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध, सुनको चोरी पैठारी र केहीलाई बैकिङ कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको सिआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। रासस
समाचार
नेपालमै पहिलो पटक बीएण्डबी अस्पतालमा रोबोटिक प्रविधिबाट विरामीको सफल शल्यक्रिया
बीएण्डबी अस्पतालले नेपालमै पहिलो पटक रोबोटिक प्रविधिबाट विरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
एनसेल,नेपाल युवा परिषद् र एफएओद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियान
‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्…
एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाले काम
विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् ।
…बैंक खाताबाट पैसा चोर्ने मेड्युसा ट्रोजनले पुनः आक्रमण गर्दै
मेडुसा बैंकिङ ट्रोजन फेरि फर्किएको छ । सन् २०२० मा यसको पहिचान भएको थियो र त्यसको चार वर्षपछि यो फेरि फर्किएको छ ।
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको…
घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी…
इन्ड्राइभले नेपालमा सुरू गर्यो कुरियर सेवा, साना व्यवसाय र व्यक्तिहरूलाई उपयोगी हुने
इन्ड्राइभले नेपालमा कुरियर सेवा सुरू गरेको छ । कुरियर सेवाबाट इन्ड्राइभले २० किलो वा सोभन्दा कम तौलका पार्सलहरू डेलिभर गर्नेछ …
गूगलले आफ्नो सर्च रिजल्टमा परिवर्तन ल्याउँदै
विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आफ्नो सर्च रिजल्टमा ठूलो परिवर्तन ल्याउन लागेको छ । रिपोर्टका अनुसार गुगलले आफ्नो…
रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग
नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्…
एसईईको नतिजा चित्त नबुझे अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सकिने
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने छ ।
…एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
…नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी थाहा पाउने एसईईको नतिजा ?
एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्र…
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत …
एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित हुने भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्…
एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमी सम्मानित
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको …