कीवर्डहरू -

समाचार

विश्वकै सर्वाधिक प्रयोग हुने वेबसाइट र एप: गुगलदेखि ह्वाट्सएपसम्मको सूची

आजको समयमा हामीहरू इन्टरनेटमा घण्टौँ समय बिताउँछौं । मनोरञ्जनका लागि होस् या जानकारी लागि होस्, इन्टरनेटमा खोजिहाल्छौं । 

त्यसका लागि हामी एप तथा वेबसाइटको प्रयोग गर्छौं । तर, के तपाईंलाई थाहा छ ? मानिसहरू कुन एप वा बेबसाइटमा धेरै समय बताउछन् ?

ब्याकलिंकओको अनुसार आज हामी केही यस्ता साइटहरूको बारेमा बताउने गइरहेका छौँ, जसको प्रयोग धेरै हुन्छ । 

गुगल  

गुगलको प्रयोग विश्वभरि सबैभन्दा धेरै हुन्छ । कुनै पनि कुराको जानकारी लिनुपर्‍यो भने सबैभन्दा पहिले गुगल नै सम्झना आउँछ । सम्भवतः तपाईंले यो समाचार पनि गुगलकै क्रोम मार्फतनै पढ्दै हुनुहुन्छ । गुगलमा मासिक भिजिटहरूको संख्या ८३.१ अर्ब छ ।  

युट्युब

भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबको क्रेज पनि कम छैन् । यहाँ हरेक महिनामा २९.६ अर्ब भिजिटहरू हुन्छन् । युट्युबको पेरेन्ट कम्पनी गुगल हो । यसलाई किन्ने क्रममा सन् २००६ मा गुगलले १.६५ अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।  

फेसबुक  

सोसल मिडिया प्लेटफर्म फेसबुक सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटहरूको सूचीमा तेस्रो नम्बरमा पर्छ । यहाँ हरेक महिना समय बिताउने करोडौँ प्रयोगकर्ताहरू छन् । फेसबुकमा १२.७ अर्ब मासिक भिजिट हुन्छन् । मेटा कम्पनीको स्वामित्वमा रहेको यो प्लेटफर्म फेब्रुअरी २००४ मा सुरु भएको थियो ।  

इन्स्टाग्राम

 सूचीमा पुनः मेटाको स्वामित्वमा रहेको अर्को प्लेटफर्म इन्स्टाग्राम छ । इन्स्टाग्राममा हरेक महिनामा ५.९ अर्ब भिजिट हुन्छन् । यो प्लेटफर्म २०१० मा सुरु भएको हो ।  

एक्स डट कम

माइक्रोब्लगिङ प्लेटफर्म एक्स (पहिले ट्विटर) सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटहरूको सूचीमा पाँचौँ नम्बरमा पर्छ । यहाँ हरेक महिना ४.७ अर्ब भिजिट हुन्छन् । एलन मस्कले यसलाई किनेर ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका हुन् ।  

ह्वाट्सएप

सिमिलर वेबको डाटाका अनुसार, ह्वाट्सएपमा हरेक महिनामा ४.५ अर्ब भिजिट हुन्छन् । यो सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटहरूको सूचीमा छैठौँ नम्बरमा पर्छ । यो एक मेसेजिङ प्लेटफर्म हो । यहाँ भिडियो, फोटो, लोकेसन, र कन्ट्याक्ट नम्बर जस्ता कुरा शेयर गर्न सकिन्छ ।  

ब्याकलिंकओको अनुसार, एक स्मार्टफोन प्रयोगकर्ताले दैनिक २ घण्टा २६ मिनेट सामाजिक सञ्जालमा बिताउँछन् । पछिल्ला केही वर्षहरूमा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ । पूर्वी र मध्य अफ्रिकामा प्रत्येक ११ मध्ये एक जना व्यक्ति सामाजिक सञ्जाल प्रयोग गर्छन् ।  

 

समाचार

साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओ…

शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक

सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…

जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो

जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…

चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…

इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स

इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…

स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?

स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…

गुगलको एआई भिडियो टुल वियो सार्वजनिक, टेक्स्टबाट भिडियो बनाउन सकिने

गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टब…

नेपालमा हुन लागेको सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक

छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउ डगायक सोनु निगमको निकै प्रतिक्षित …

एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्…

टिकटक र सञ्चार मन्त्रालयको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना, अनलाइन सुरक्षा बारे छलफल

टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनल…

एससीटी युपिआई कार्डबाहकलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको मुटु स…

नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्‍याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक

वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बता…

डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि

एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…