समाचार
'पठाओ पार्सल डेलिभरी' सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र
राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिनेछ ।
व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार काठमाडौँ उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि डेलिभरीका लागि एक पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ ।
“कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ”, कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले भने, “पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी विजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ ।” उनका अनुसार पठाओले यस सेवामार्फत परिक्षण अवधीमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको छ ।
पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ ।
पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ ।
नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ ।
पठाओले पार्सल डेलिभरीसँगै दुई पांग्रे र चार पांग्रेसमा राइड सेयरिङ, पठाओ फूड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ । पठाओले पार्सल सुविधा प्रयोग गर्न चाहनेले ०१-५९७००९९ मा सम्पर्क गर्न सक्नेछन्
समाचार
अर्थमन्त्री भन्छन् - १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव छ
अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव भएको बताएका छन् ।
आईओएसमा थ्रीडी भिडियो बनाउनका लागि सार्वजनिक भयो निःशुल्क एप
सित्तैमा थ्रीडी भिडियोहरू बनाउन मद्दत गर्ने एप सार्वजनिक भएको छ । डोली नामको एप सार्वजनिक गरिएको छ जसले कुनै पनि फोटोलाई थ्रीड…
व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ ।
मंगलबार…
बजेटमा आईटीः १५ लाखलाई रोजगारी सिर्जना गर्ने, निःशुल्क वर्क स्टेशन उपलब्ध गराउने
सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सूचना प्रविधिलाई विशेष प्राथमिकता दिएको छ ।
…सरकारले स्काइ वे तथा पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने
सरकारले पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने भएको छ ।
सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिइने
सरकारले सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने भएको छ ।
सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने
सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने भएको छ ।
संघ…
राष्ट्रिय परिचयपत्रमा राज्यले प्रदान गर्ने सबै सेवा सुविधा आवद्ध हुने
सरकारले राहदानी, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा कोष, स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ । <…
सरकारले ई-स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने
सरकारले ई-स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघीय संसदको …
वि.सं. २०८१ देखि ९१ सम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गरिने
सरकारले वि.सं. २०८१ देखि ९१ सम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गरिने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२…
हुलाक सेवालाई पनर्संरचना गरी विद्युतीय व्यापार हबको रूपमा विकास गरिने
हुलाक सेवालाई पनर्संरचना गरी विद्युतीय व्यापार हबको रूपमा विकास गरिने भएको छ ।
…
डिजिटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गरिने
सरकारले डिजिटल प्लेटफर्मबाट हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।
संघीय संसदको स…
बागमती प्रदेशलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने
सरकारले बागमती प्रदेशलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने भएको छ ।
१ अर्बको नेपाल स्टार्टअप कोष खडा, स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न बोर्ड गठन हुने
सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक व…
आईटी पढ्ने विद्यार्थीलाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने
सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्ने गर्ने व्यवस्था मिलाइने…