समाचार
टिकटकद्वारा मानसिक स्वास्थ्य सुधारका लागि २.३ मिलियन डलरको ग्लोबल फन्ड घोषणा
विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो। साथै, टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्याउनेछ।
विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन्। टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्वपूर्ण पाटो हो।
टिकटकले पहिलेबाट सञ्चालनमा रहेको स्लीप आवर्स फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरिएको छ। यस सुविधामार्फत प्रयोगकर्ताहरूलाई राति सुत्नुअघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ।
अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन्। त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ। १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ। राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन। हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८ प्रतिशत किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन्।
वयस्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार स्क्रिन टाइम सेटिङमा गई स्लीप आवर्स सक्रिय गर्न सक्छन्। आजको व्यस्त दुनियामा आराम धेरै जरुरी हुन्छ। विशेषज्ञहरूले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन्। जम्मा इन्टरनल मेडिसिन एण्ड हार्वर्ड हेल्थका अध्ययन अनुसार सुत्नुअघि १० देखि १५ मिनेट मेडिटेसन गर्नाले निद्रा सुधार हुने, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ।
इन–एप सुविधासँगै टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थाहरूसँग साझेदारी गर्दै २.३ मिलियन डलर बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ। यो कोष र टिकटक–नेतृत्वको प्रशिक्षणहरूले साझेदारहरूलाई व्यापक दर्शकहरूमा पुग्नेगरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्य सम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्नेछ।
मानसिक स्वास्थ्यसम्बन्धी छलफलहरू बिस्तार हुँदै गइरहेका दक्षिण एसियाली मुलुकहरूमा पनि यो पहल विस्तार गर्ने टिकटकको योजना छ।
टिकटक दक्षिण एसियाकी ट्रस्ट एण्ड रिजनल लिड आस्मा अन्जुम भन्छिन्:
“नेपालजस्ता दक्षिण एसियाली मार्केटमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो। तर अहिले जनचेतना बढ्दै जाँदा व्यवहारमा सकारात्मक परिवर्तन आएको छ। धेरै मानिस खुलेर कुरा गर्न, सहयोग माग्न र स्वीकार गर्न थालेका छन्। त्यसैले हामी यो सकारात्मक परिवर्तनलाई अघि बढाउन र हाम्रा प्रयोगकर्ताको हितका लागि इन–एप सुविधा र जनचेतनामूलक अभियानमा लगानी गर्न प्रतिबद्ध छौं।”
गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेल–बीइङ र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ। टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरणहरू र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ जसले विशेषगरी युवा प्रयोगकर्ताहरूका लागि स्वस्थ डिजिटल व्यवहारलाई प्रवर्द्धन गर्छ। ‘गिभिङ सिजन’ जस्ता च्यारिटी अभियानहरू, ‘एसटिईएम’ अध्ययनका सामग्रीहरू वा हराएका बालबालिकाका लागि ‘एम्बर अलर्ट’ जस्ता पहलमार्फत टिकटकले मनोरञ्जनसँगै सामाजिक प्रभाव पनि पुर्याउने लक्ष्य राखेको छ।
प्रविधि, समुदायको सहभागिता र गैर–नाफामूलक संस्थासँगको सहकार्यमार्फत टिकटकले आफूलाई मनोरञ्जन मात्र होइन, सकारात्मक परिवर्तन ल्याउने प्लेटफर्मका रूपमा प्रस्तुत गर्न खोजेको छ।
टिकटकको वेल–बीइङ र सुरक्षा पहलहरूबारे थप जानकारीको लागि कृपया टिकटक न्युजरुम र टिकटक युथ सेफ्टी एण्ड वेल–बीइङ सेन्टरमा जानुहोस्।
समाचार
सीबीएम कलेज र मोरू डिजिटल वालेटबीच सहकार्य, एक लाख रुपैयाँसम्मको छात्रवृत्ति सुविधा
काठमाडौंको डिल्लिबजारमा रहेको सीबीएम (कलेज अफ बिजनेस म्यानेजमेन्ट) र मोरू डिजिटल वालेट बीचको सहकार्यमा विद्या…
ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक
ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैङ्कका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘…
प्रभु बैंकको कार्डबाट भुक्तानी गर्दा इला होटलको आवासमा १५ र खानामा १० प्रतिशत छुट
प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने उद्देश्य…
एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?
तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन तपाईंको मोबाइलमा देखिन थाल्छ …
मनसुन विशेष: स्मार्टफोनमा पानी पस्यो भने तुरुन्त गर्नुपर्ने कामहरू
मनसुन याम चाँडैनै सुरु हुँदैछ । यदि स्मार्टफोनमा पानी पस्यो भने यो कुनै पनि व्यक्तिका लागि चिन्ताजनक कुरा हुन सक्छ। फोनमा मानिसको लागि आवश्यक डेटा हुन्छ र …
मानव होइन, हाइब्रिड युग आउँदैछ! एआई बाबा भेङ्गाको डर लाग्दो विज्ञान भविष्यवाणी
बाबा भेङ्गाको भविष्यवाणीहरू जहिलेदेखि रहस्य र कौतुह…
तीन सेकेन्डमै आवाजको नक्कल: एआई भ्वाइस स्क्यामको बढ्दो खतरा
एआई भ्वाइस क्लोनिङ प्रविधि पछिल्ला केही वर्षहरूमा तीव्र गतिमा अगाडि बढेको छ । एआईपिआरएमका अनुसार, यो २०२४ को सबैभन्दा छिटो फैल…
ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव
नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट…
लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम
प्रोफेशनल नेटवर्किङ प्लेटफर्म लिङ्कडइनले नयाँ एआई-सञ्चालित जागिर खोज्ने उपकरण सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई नेचुरल ल्याङ्ग्वेज जागिर खोज्न सक्ने सुवि…
थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार
चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्ण रूपमा आयात गरिएको यो गाडीलाई एडिस…
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्…
अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान
हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…
कर्णालीका केही टेलिकम सेवा प्रभावित, हावाहुरीले विद्युत लाइन अवरुद्ध
कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू …
सन् २०२५ को सबैभन्दा खतरनाक मालवेयर 'लुम्मा स्टिलर' नियन्त्रणमा
माइक्रोसफ्टले एक खतरनाक मालवेयरको बारेमा चेतावनी दिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। कम्पनीले एक ठूलो साइबर सुरक्षा अभियान सञ्च…
स्टारलिंकलाई टक्कर : चीनको ५जी स्याटेलाइट परीक्षण सफल, अमेरिका चिन्तित
चिनियाँ वैज्ञानिकहरूले ५जी स्याटेलाइटको मद्दतले सिधै स्मार्टफोनमा ब्रोडब्यान्ड भिडियो कल गरेर इतिहास रचेका छन् । विश्वमै यस्तो पहि…