समाचार
एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा साइबर सुरक्षा बारे सचेतना
एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न जनसचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै सफलतापुर्वक समापन भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरि समापन भएको हो ।
यस १६ दिने अभियानको सुरुवात “बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू“ शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो । यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्य लिइएको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए ।
यसै अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि संचालन गरिएको थियो ।
यस संयक्त पहलले सरकारी तथा निजी गरि १२ विद्यालयमा करिब १,७०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराई विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने काम गरिएको थियो ।
यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका थिए ।
अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर माननिय मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेलजस्ता विशिष्ट अतिथिहरूले सहभागिता जनाउनुभएको थियो । यस अवसरमा लैङ्गिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका चुनौतीहरू र समाधान विषयमा प्यालन डिस्कसनको आयोजना भएको थियो ।
यसको सञ्चालन जोन्टा इन्टरनेशनलको जिल्ला २५ समितिकी अध्यक्ष सोनि जोशीले गरेकी थिइन । प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सीईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसीमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारी जस्ता विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो । यस छलफल सहकार्यमा आधारित समाधानहरू अपनाई लैङ्गिक असमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावित हुने जनसमुदायलाई सहयोग पुर्याउने र यसमा युवाहरुको भुमिका र उपायहरूका बारेमा केन्द्रित थियो ।
अभियानको बारेमा आफ्नो विचार व्यक्त गर्दै, एनसेलकी विशाखा लक्ष्मी खड्का हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआरले भनिन् “यस अभियानले संयुक्त रुपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको छ । विविध सरोकारवालाहरूलाई समेटेर युवाहरूको आवाजलाई सशक्त बनाएर, हामीले लैङ्गिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौं ।”
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, बिना राणाले लैङ्गिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन् । उनले यस १६ दिनको सक्रियता अभियानको सफलताबारे चर्चा गर्दै, एनसेल फाउन्डेसन र साथीको समर्थनमा ‘ओरेन्ज द स्कूल’ पहलले १२ विद्यालयका १,७०० भन्दा बढी विद्यार्थी माझ लैङ्गिक हिंसा, बालविवाह र साइबर सुरक्षा सम्बन्धी चेतना फैलाउन सफल भएको बताइन् ।
एनसेल फाउन्डेसन र जोन्टा क्लबद्वारा संचालित १६ दिने सक्रियता अभियानले लैङ्गिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयासहरूको लागि एक बलियो उदाहरण प्रस्तुत गरेको छ । शिक्षा, वकालत, र सहकार्यलाई समेटेर, यस पहलले जागरूकता मात्र फैलाएको छैन, सबैमाझ आवश्यक कदम चाल्न प्रेरित गर्दै सहभागी र सरोकारवालाहरूमा दीर्घकालीन प्रभाव छोड्न सफल भएको छ ।
समाचार
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
बुधबार जिल्ला सरका…
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आइसिटी अवार्डका लागि दुबै संस्थाबीच सहकार्य…
एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का
एनसेल फाउन्डेसनले आज बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७…
बिल्ट-इन सेलुलर कनेक्टिभिटीसहितको म्याक कम्प्युटरमा काम गर्दै एप्पल एप्पल
एप्पल नयाँ रोमाञ्चक प्रोडक्टमा काम गरिरहेको जानकारी बाहिर आएको छ । कम्पनीले केही समयदेखि आफ्नै सेलुलर मोडेम विकास गरिरहेको छ …
आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ योजना, बम्पर उपहारमा शतप्रतिशत क्यासब्याक
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत आइएमई पे प्र…
गूगलको नयाँ क्वान्टम चिप सार्वजनिक, जटिल गणनालाई केही मिनेटमै समाधान गर्न सक्ने
गुगलले क्वान्टम कम्प्युटिङ चिप 'विल्लो' सार्वजनिक गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्सम…
नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबा…
एनसेलको एनपीएल फ्यान प्याक, निःशुल्क यूट्युबका साथै एनपीएल टिकट पाउन सकिने
नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु झन–झन उत्साहजनक भईरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षि…
संसारकै पहिलो कार्बन–१४ डायमण्ड ब्याट्री: हजारौँ वर्ष टिक्ने ऊर्जा समाधान
वैज्ञानिक र इन्जिनियरहरूको टोलीले मिलेर यस्तो ब्याट्री तयार गरेका छन्, जसले हजारौँ वर्षसम्म काम गर्न सक्छ र डिभाइसलाई पावर सप्लाई …
नबिल बैंकले सुरु गर्यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा पाइने
नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्…
जुनेली इंकको ‘१०० डेज फर १०० ग्राहक’ अभियान सुरू, कोर बैंकिङ सिस्टममा ७० प्रतिशत छुट
जुनेली इंक प्रालिले आफ्नो फाल्गसिप प्रडक्ट ३६० कोर बैंकिङ सिस्टममा विशेष छुटसहितको नयाँ अभियान ‘१०० डेज फर १०० ग्राहक&rs…
राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट
कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । ने…
बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने सरकारको प्रतिबद्धता
महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्…
नेपालमा टिकटकले सुरु गर्यो सेफ्टी एम्बेसडर कार्यक्रम, डिजिटल सुरक्षा बारे सचेतना दिइने
सुरक्षित डिजिटल स्पेस प्रवर्द्धन गर्ने निरन्तरको प्रयास अनुरुप टिकटकले नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरू गरेको छ । प्रयोगक…
जीमेलले ल्यायो सेफ लिस्टिङ फिचर, अब इनबक्सको सुरक्षा र प्राथमिकता तपाईंको हातमा
जीमेल प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । जीमेलको सेफ लिस्टिङ फिचरले इनबक्सलाई आफ्नै अ…