समाचार
साइबर अपराधको नयाँ रुप: 'भूत ह्याकर' समूहद्वारा मरेका व्यक्तिको सोशल मिडिया अकाउन्टबाट ठगी
पछिल्लो समयमा साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । स्क्यामरहरूले मानिसहरूलाई ठगी गर्नका लागि नयाँ–नयाँ तरिकाहरू अपनाउँदै आएका छन् ।
यी स्क्यामरहरू विभिन्न उपाय प्रयोग गरेर साधारण मानिसहरूको व्यक्तिगत जानकारीमा पहुँच गर्न खोज्छन् । अहिले बजारमा एउटा नयाँ स्क्याम आएको छ, जुन जिउँदा मानिसहरू होइन, मरेका व्यक्तिहरूसँग सम्बन्धित छ ।
तपाईं सोच्नुहुन्छ, यस्तो अचम्मको कुरा कसरी सम्भव छ ? हो, पहिलो पटक सुन्दा यो अचम्म लाग्न सक्छ । तर, अहिले 'भुत ह्याकरहरू’ को एउटा समूह सक्रिय भएको छ । यो समूह निकै चतुरताका साथ मरेका व्यक्तिहरूलाई निशाना बनाउँछन् । यो स्क्याम के हो र स्क्यामरहरूले यस्तो किन गरिरहेका छन्? जानौं।
के हो 'भूत ह्याकर’ को समूह?
भूत ह्याकर (Ghost Hacker) तिनी व्यक्तिहरूका सोशल मिडिया अकाउन्टलाई निशाना बनाउँछन्, जो मानिसहरूको मृत्यु भइसकेको छ । तिनीहरूको उद्देश्य मरेका व्यक्तिको व्यक्तिगत जानकारी चोर्नु हो ।
यदि कुनै मरेका व्यक्तिको व्यक्तिगत जानकारी यी ह्याकरको हातमा पर्छ भने तिनीहरूले त्यसको सोशल मिडिया अकाउन्ट प्रयोग गरेर ठगी गर्न खोज्छन् । स्क्यामरहरूले मरेका व्यक्तिको अकाउन्टबाट अरू व्यक्तिहरूलाई म्यासेज पठाउँछन् र पैसाको माग गर्छन् ।
स्क्यामरहरूले यस्तो जाल रच्ने गर्छन्, जसमा कसै न कसैको फस्ने सम्भावना रहन्छ । तिनीहरू मरेका व्यक्तिसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई निशाना बनाउँछन् । अकाउन्टको पहुँच लिएपछि, स्क्यामरहरूले सबैभन्दा पहिले सोशल मिडियामार्फत सम्बन्ध बनाउन थाल्छन् ।
जब तिनीहरूलाई लाग्छ कि स्क्याम सफल बनाउन सकिन्छ, तब आफ्नो असली काम सुरू गर्छन् । स्क्यामरहरूलाई पक्रन पनि सजिलो हुँदैन् । किनभने, एक पटक स्क्याम गरेपछि तिनीहरू तुरुन्तै गायब हुन्छन् ।
यसबाट कसरी बच्न सकिन्छ?
यस किसिमको स्क्यामबाट बच्ने उपाय भनेको व्यक्तिको मृत्यु भएपछि उसको सोशल मिडिया अकाउन्टको पहुँच सुरक्षित गर्नु हो । फेसबुकले व्यक्तिको मृत्युपछि उसको अकाउन्टलाई नोमिनी प्रतिनिधिका रूपमा प्रयोग गर्न अनुमति दिन्छ । सेटिङमा गएर ‘मेमोरलाईजेसन’ मा दुई विकल्पहरू उपलब्ध छन् ।
मेमोरलाईजमा कसैलाई नोमिनीको रूपमा चयन गर्न सकिन्छ । अकाउन्ट डिलिटमा अकाउन्ट डिलिट गर्ने विकल्प हुन्छ ।
यीमध्ये कुनै एक विकल्प छान्ने वित्तिकै ‘लेगेसी कन्ट्याक्ट’ चयन गर्न सकिनेछ, जसमा परिवारका सदस्य, साथी वा आफ्नो विश्वासपात्रलाई चयन गर्न सकिन्छ । फेसबुकजस्तै, इन्स्टाग्रामले पनि ‘मेमोरलाईजेसन’ फिचर उपलब्ध गराएको छ ।
समाचार
नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय…
पानीमा डुबाउँदा पनि किन बिग्रँदैन मोबाइल? के छ यसको पछाडिको विज्ञान ?
आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने, मोबाइलको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसलाई पानीबाट जोगाउनु थि…
क्युआर कोडमार्फत बढ्दो ठगी, ‘क्विशिङ स्क्याम’ प्रचलनमा
भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर …
क्विक कमर्स: डेलिभरीको नयाँ युग, प्रविधि र शहरी जीवनशैलीले हुँदैछ लोकप्रिय
सुविधा र छिटो आपूर्तिका कारण क्विक कमर्सको माग बढ्दैछ । १० देखि ३० मिनेटभित्र खरिदारी पूरा गर्न सकिने यो नयाँ तरिका शहरी ग्राह…
बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?
अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । राष्ट्रपति ट्रम्पको मिहिनेतका कारण टिकटक पुन फिर्ता आएको कम्पनीले जनाएको छ । टिकट…
राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वाेच्चद्वारा खारेज, अनिवार्य गर्ने बाटो खुल्यो
राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्याया…
आइएमई पेको उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ उडान …
एप्पलले हटायो टिकटक, क्यापकट, मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप
एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहर…
अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा
हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पा…
इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने
अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० से…
अमेरिकामा टिकटक बन्द, प्ले स्टोर र एप स्टोरबाट पनि एप हटाइयो
शनिबार साँझदेखि अमेरिकाभर टिकटक एप चल्ने छाडेको छ । टिकटक बन्द भएपछि अहिले एप खोल्दा प्रतिबन्ध भएको जानकारी राखिएको छ । …
दुईवटा ड्रोन दुर्घटना भएपछि अमेजनले टेक्सस र एरिजोनामा रोक्यो ड्रोन डेलिभरी सेवा
अमेजनका ड्रोनहरूले निकट भविष्यमा कुनै पनि डेलिभरी नगर्ने सम्भावना देखिएको छ । ब्लूमबर्गका अनुसार, कम्पनीले टेक्सस र एरिजोनामा स…
राष्ट्रिय परिचयपत्रमा समावेश गरिएको डेटा दुरूपयोग हुन दिदैनौं: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका विवरण दुरूपयोग हुन नदिने बताएका छन् ।
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसङ मोबाइल उपलब्ध गराएको छ ।
सन् २०२५: एआई, फाइभजी, एआर/भीआर र स्याटेलाइट इन्टरनेटले प्रविधिको नयाँ युग ल्याउँदै
सन् २०२५ मा हामीले थुप्रै नयाँ प्रविधिहरूको झलक पाउने छौं । यी प्रविधिहरू पूर्ण रूपमा नयाँ नहुन सक्छन्, तर तिनको एकीकरण नयाँ ह…