कीवर्डहरू -

स्टोरी

कविता : पूरा  होस्  मेरो  सपना - डिजिटल नेपालको !’



प्रश्ना सुवेदी
कक्षा – १०
श्री बगलामुखी राधाकृष्ण थारु मा.वि. गुलरिया, बर्दिया ।


सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुंगाको कापबाट
कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा ।

बन्द कोठाका ढोकाहरू खुल्नासाथ
‘भिटामिन डी’ युक्त
कलिला आभाहरूले
मलाई सुटुक्क स्वागत गरून् ।

स्वसावधानीका साथ
चिल्ला सडकहरूमा आफ्नै
स्वाभाविक गतिमा
हिमाल, पहाड अनि तराईका राजमार्गहरूमा
गुडिरहून् सवारीहरू,
न त कुनै त्रास, न त कतै दुर्घटना ।

सम्पूर्ण नागरिक सेवाहरू
घरमै बसी बसी
न त कतै भीड
न त कतै किलोमिटरका लाइनहरू
आहा ! लाइनमुक्त मेरो नेपाल ।

म पढ्ने विद्यालय, म हिँड्ने बाटो
मैले सिक्ने विधि, मैले सोच्ने तरिका
डिजिटल अनि
स्मार्ट, स्मार्ट, स्मार्ट
मात्र स्मार्ट !

सडकमा सवारीको नियन्त्रण
अब ट्राफिक दाजु दिदीहरूले हैन
चिटिक्क परेको रोबोटले
हातमा रिमोट लिएर स्विचको भरमा ।

सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड
मति भ्रष्टहरू, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरूलाई ठाउँको ठाउँ
क¥याप्प पार्नेछ डिजिटल पप्पीले
पु¥याउनेछ कोठरीमा
लगाउनेछ ठेगान ।

स्मार्ट विद्यार्थीहरू
मदानीरूपी ज्ञानका पोराहरू घुमाउँदै
निकाल्नेछन् मेधावी नौनीका ताजा डल्लाहरू
हुनेछैनन् कोही पनि फुर्सदिला ।

एउटा स्विचको भरमा
पापीहरू लाग्नेछन् ठेगानमा
निर्धक्क बाँच्न पाउनेछन्
निर्मला अनि भागरथीहरू !

प्रविधिकै भाकामा
बज्नेछन् मुर्छनायुक्त सरगमहरू
अलंकार सहित गाउनेछन् मीठा राग
प्राविधिक ओस्तादहरू ।

खेर जानेछैनन् हावा, पानी
अनि प्रकृतिका अनमोल उपहारहरू
कुद्नेछन् किलोबाइट, मेगाबाइट
अनि गिगाबाइटका गतिमा
हेर्नेछ विश्वले नेपालको डिजिटल प्रकृति
छक्क परेर !

देशप्रेमको भाव छचल्किएर
फर्किनेछन् होनाहार नेपाली
युवा वैज्ञानिकहरू
बिर्सनेछन् नासा
यतै स्थापित हुनेछन्
खासा अनुसन्धान केन्द्रहरू ।

आत्मसात् हुनेछन् सूर्यका किरणहरू
भरिनेछन् प्राण पहाडी पवनहरूले
दिइरहनेछन् निरन्तर ऊर्जा
इन्धनका रूपमा ।

सामान्य जीवनशैलीमा पनि
गुणस्तरीय अनि स्मार्ट जीवनहरू
आहा ! कति लोभ लाग्दा दृश्यहरू
भित्रभित्रै आह्लादित हुन्छु म ।

जोड जोडले चिच्याउँछु
पूरा  होस्  मेरो  सपना ः डिजिटल नेपालको !
फेरि पनि एकपटक अझै जोडले चिच्याउँछु
पूरा  होस्  मेरो  सपना ः डिजिटल नेपालको !

यस कबिताले 'मेरो डिजिटल नेपाल ! मेरो परिकल्पना !!' कार्यक्रममा दोस्रो स्थान प्राप्त गरेको थियो ।

स्टोरी

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी

लेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ । १४ हज…

पुरानो बेचेर ‘रिफर्बिस्ड फोन’ किन्ने ठाउँ, अनलाइनमै चेक गर्नुहोस् पुरानो मोबाइलको मूल्य

सिन्धुलीका उत्तम काफ्लेले दुई वर्षअघि एउटा आइडिया निकाले, पुराना विद्युतीय उपकरणला…

१८ वर्षे उत्सवले यसरी उडाए आफैले बनाएको प्लेन (भिडियो)

गएको शनिबार १८ वर्षे उत्सव बस्न्यातको अनुहारमा चमक थियो । हुन पनि किन नहोस्, आफ्नै …

तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ

कम्प्युटर प्रोग्रामिङमा औधी रुची भएका काठमाडौंका रन्जित भट्ट एक दशकअघि एउटा सपना थियो, यही क्षेत्रमा स्थापित भएर केही गर्ने ।

नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा

काठमाडौं, काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं …

यसरी सम्भव भयो वर्ल्डलिंकको ५ लाख घरधुरी, नयाँ लक्ष्य २० लाख 

साढे दुई दशकको अनवरत मिहिनेतपछि मुलुकको अग्रहणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ लाख घरधुरीमा पुगेर नयाँ रेकर्…

‘विपद् पोर्टल’बाट यसरी थाहा पाउनुस् बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।
जोखिम क्षेत्रमा बस्ने भएपछि…

नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा

नेपाल अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरे…

संसारभरका ऐतिहासिक नेपाली दस्तावेज अब अनलाइनमा हेर्न, पढ्न र सुन्न सकिने

संसारभर रहेका नेपाल सम्बन्धी ऐतिहासिक दस्तावेज अब अनलाइनबाटै हेर्न, पढ्न र सुन्न सक…

प्रभु टिभी गाभिएपछि आक्रामक योजनामा डिशहोम, दुई वर्षमा प्रमुख तीन इन्टरनेट कम्पनीमा पुग्ने लक्ष्य  

मुलुकमा इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको छ । नयाँ कम्पनी थपिदैछन् भने …

नेपालमा किन बढ्दै छ फिशिङ आक्रमण ? कसरी जोगिने ? 

प्रविधि क्षेत्रको विकास हुँदै जाँदा ‘साइबर सेक्युरिटी’को विषय जटिल बन्दै छ । जस्तो …

एक दशकको अनुसन्धानपछि नेपाली लेखनलाई सजिलो बनाउन तयार भएको हिज्जे डटकम (भिडियो)

तपाई हामी धेरैलाई अहिले कम्प्युटरमा नेपाली लेख्न आउँदैन् । आएपनि शुद्ध नेपाली लेख्न…

बजेटमा सूचना प्रविधि : ‘धेरै विषय पुराना, मुख्य आकर्षण केही छैन’

सरकारले शनिबार प्रस्तुत गरको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बोधन गर्ने नयाँ क…

‘छोरीसँग सेल्फी’: जागलानले छोरी जन्मिदा भोगेको नमिठो अनुभवबाट सुरु भएको अभियान 

‘सेल्फी विथ डटर’ अर्थात छोरीसँग सेल्फी अभियान भारत हरियाणा बिबिपुरका सुनिल जागलानसँग जोडिएको नमिठो घटनासँग सम्बि…

‘माइ सेकेन्ड टिचर’ : क्याम्ब्रिजको प्लेटफर्ममा नेपालको शिक्षा (भिडियो)

बैशाख एक गते ‘माइ सेकेन्ड टिचर’ सुरुवात गर्दै गर्दा सुलभ बुढाथोकीले भन्दै थिए– मुलुकको शिक्षा प्रणाली व्यापक सुधार …