कीवर्डहरू -

स्टोरी

ड्रोन क्षेत्रका राइजिङ स्टार उत्तम पुडासैनी, जो एक अन्तर्राष्ट्रिय अवार्डमा मनोनित भए

ड्रोन क्षेत्रमा काम गरिरहेको नेपाल फ्लाइङ ल्याब्स का कार्यकारी निर्देशक उत्तम पुडासैनी व्यक्तिगत तर्फ एयरवार्ड्स नामक अमेरिकी संस्थाले प्रदान गर्ने पिपुल च्वाइस अवार्डको राइजिङ स्टार विधामा मनोनित भएका छन् ।

अमेरिकाको एयरवार्ड नामक कम्पनीले प्रदान गर्ने राइजिङ स्टार विधामा पुडासैनी मनोनित भएका हुन् । कम्पनीले ड्रोनको क्षेत्रमा राम्रो काम गरेका र भविष्यमा राम्रो गर्न सक्ने व्यक्ति तथा संस्थालाई यो वर्षबाट विभिन्न ६ विधामा अवार्ड प्रदान गर्न लागेको छ ।

‘राइजिङ स्टार विधामा विश्वका विभिन्न १४ देशका व्यक्तिहरु छनोट भएका छन्,’ पुडासैनीले आइसिटी समाचारसँग भने, ‘त्यसमा नेपालबाट म पनि पहिलो सुचीमा छानिएको छु ।’

जज र भोटिङबाट आफू छानिएको भन्दै अवार्ड जितेमा के पुरस्कार पाइन्छ भन्ने थाहा नभएको बताए । ‘यो एउटा रिकग्नाइजेसन हो’ उनी भन्छन् ।

पुडासैनीलाई यो अवार्डको विजेता बनाउन यहाँ क्लिक गरी भोट गर्न सकिन्छ । पब्लिक भोटिङ आगामी मे २० सम्म मात्रै खुल्ला रहेको छ ।

काठमाडौंमा जन्मिएका पुडासैनी सगरमाथा कलेजबाट विज्ञान विषयमा प्लस टु सकेपछि स्नातकको लागि काठमाडौं विश्वविद्यालयमा जियोम्याट्रिक्स इन्जिनियरिङ गरे ।

जियोम्याटिक्स इन्जिनियरिङले म्यापिङ तथा नक्शांकनलाई कसरी डिजिटाइज गर्न सकिन्छ भन्ने काम गर्छ । उनले २०१४ मा काठमाडौं विश्वविद्यालयमा जियोम्याटिक्स इन्जिनियरिङ पास गरेका हुन् ।

\"\" रामेछापमा पहिरोको ड्रोनमा आधारित सर्वेक्षण गर्दै उत्तम

उनको टिमले जियोम्याट्रिक्स इन्जिनियरिङको चौथौ वर्षमा ड्रोनबाट आएको डेटा कतिको वास्तविक हुन्छ भन्ने विषयमा थेसिस गरेको थियो ।

सन् २०१५ को भूकम्प पछि नेपालमा ड्रोनलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अन्तर्राष्ट्रिय ट्रेनिङ भएको थियो । उक्त ट्रेनिङ पछि नेपालमा ‘फ्लाइङ ल्याब्स’ स्थापना भएको हो । नेपालमा स्थापना भए पनि फ्लाइङ ल्याब्सको नेटवर्क अहिले विश्वका ३२ देशमा पुगेको छ ।

‘ड्रोनबाट आएको डेटा कत्तिको वास्तविक हुन्छ भन्ने रिसर्च नेपालको पहिलो एकेडेमी रिसर्च थियो, उनले भने, ‘सन् २०१४ तिर नेपालमा ड्रोनको प्रयोग खासै थिएन ।’

पुडासैनी अन्तर्राष्ट्रिय संस्था ब्युल्ड चेञ्जबाट अमेरिका जाने मौका पाए र उनले त्यहाँ १ वर्ष काम गरे । त्यो संस्थामा काम गर्दा ड्रोनको बारेमा बुझ्न उनी विश्वका नौ ८ देशमा समेत गए ।

‘उक्त संस्थामा काम गर्दा नेपालको पोष्ट डिजास्टरको अवस्थामा ड्रोन प्रविधि कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले काम पनि गर्‍यो,’ उनले भने ।

नेपाल फ्लाइङ ल्याब्सको ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले प्युठानमा गाउँगाउँबाट क्षयरोग परीक्षणका लागि खकार ल्याउने काम गरिरहेको छ ।

अहिले उक्त ड्रोनको ब्याट्री बिग्रिएर केही समयलाई काम रोकिएको छ । विराट नेपाल मेडिकल ट्रष्टको सहयोगमा फ्लाइङ ल्याब्सले प्युठानमा त्यो काम गरिरहेको छ । फ्लाइङ ल्याब्सको मेडिकल ड्रोनले २ वटा अन्तर्राष्ट्रिय पुरस्कार समेत पाइसकेको छ ।

मेडिकल ड्रोनले ५ हजार डलरको अभ्सी एक्सिलेन्स मानवीय संचालन पुरस्कार २०२० र १० हजार डलरको २०२० टायका एयर कार्गो सस्टेनेबिलिटी पुरस्कार पाएको हो ।

\"\" नेपाल फ्लाइङ ल्याब्सको मेडिकल ड्रोन

ड्रोनका लागि विदेशबाट सामानहरु ल्याएर जडानको काम नेपालमै गर्ने उत्तम पुडासैनीले जानकारी दिए । नेपालमै ड्रोन बनाउने र मर्मत गर्ने तालिम आयोजना गर्ने उनीहरुको योजना रहेको छ ।

‘धेरै मान्छे ड्रोन उडाउनले हल्का रूपमा लिएका छन् तर यो चाहिँ संवेदनशील प्रविधि हो । आजभोलि युट्युबमा भिडियो बनाउने मान्छेले जहाँ पायो त्यही ड्रोन उडाइ दिन्छन्,’ उत्तम भन्छन्, ‘यसलाई बन्द गर्नुपर्छ । हेलिकोप्टर उडिरहेको हुन्छ । हामीलाई थाहा हुँदैन ।’

सरकारले ड्रोनका लागि सहज नीति बनाएको उनको भनाइ छ । सन् २०१५ को भूकम्प पछि अन्तर्राष्ट्रियले संस्थाहरूले स्टोरी कभर गर्न हाम्रो संरक्षित सम्पदामाथि ड्रोन उडाउन थाले ।

‘नेपाल सरकारलाई त्यसबेला एउटा समस्या के भयो भने कहिले पनि प्रयोग नभएको प्रविधि र ग्राउण्डबाट पनि फोटो खिच्न समस्या भएको बेला मानिसले हवाईबाट फोटो खिच्न थाले । त्यसपछि नेपाल सरकारले यसलाई कडाई गर्‍यो’ उनी भन्छन् ।

विस्तारै ड्रोन प्रविधिको महत्व सबैले बुझ्न थालेपछि सन् २०१९ मा सरकारले निर्देशिका ल्यायो र ड्रोनको प्रयोगमा केही सहज बनायो ।

हाल २ किलोसम्मको ड्रोन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर प्रयोग गर्न सकिन्छ । पहिला गृह मन्त्रालयबाट लिनु पर्थ्यो ।

यो काम लाग्ने प्रविधिको सही प्रयोगमा ध्यान दिएनौं भने यसले ठूलो प्रकोप पनि निम्त्याउन सक्ने उनी बताउँछन् । सरकारको मापदण्ड पालना गरेर मात्र ड्रोन उडाउनु पर्ने उनको धारण छ ।

\"\" काठमाडौं उपत्यकाको फोहोर क्षेत्र म्यापिङ गर्दै उत्तम

नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोनका लागि परिमार्जित निर्देशिका समेत ल्याउँदै छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् २०२२ सम्मको अन्तिमसम्ममा संसारभरि ड्रोन उडाउनलाई पाइलट लाइसेन्स नभएर नहुने बताएको पुडासैनीले बताए । आईकाओले त्यस्तो भनेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ निर्देशिका निकाल्न लागेको हो ।

सन् २०१६ मा उनीहरुले बिजनेस इन्क्युबेसन कार्यक्रम अरू एजेन्सीसँगको सहकार्यमा सार्वजनिक गरेका थिए । त्यसको उद्देश्य नेपालमा ड्रोनको इकोसिस्टम निर्माण गर्नु थियो ।

उक्त ६ महिने कार्यक्रममा राम्रो बिजनेस आइडिया भएका ४ वटा कम्पनी फाइनलमा पुगेका थिए । जुन प्रोग्रामको विजेता ड्रोन नेपाल भएको थियो । विजेतालाई उनीहरुले १० लाख रूपैयाँ र ६ महिनाको अन्तर्राष्ट्रिय स्तरको तालिम पनि दिएका थिए ।

कुनै पनि संस्था मात्रै स्थापना भएर भएन एउटा ड्रोनको एउटा इकोसिस्टम नै बनाउने पुडासैनीको योजना थियो । ‘इकोसिस्टम बनाउन ड्रोनमा काम गर्ने अरू पनि संस्था खोल्ने जसले स्वस्थ प्रतिस्पर्धा बढाउँछ । त्यसपछि इकोसिस्टम बन्छ भनेर हामीले त्यो इन्क्युबेसन कार्यक्रम गरेका हौं,’ उनी भन्छन् ।

\"\" कृषिमा ड्रोन बारे प्रशिक्षण दिदै उत्तम

सन् २०१५ मा स्थापना भएको नेपाल फ्लाइङ ल्याब्स एउटा कनेक्टिङ अर्गनाइजेसन हो । विरोबोटिक्स यसको प्यारेन्ट संस्था हो । फ्लाइङ ल्याब्सलाई विरोबोटिक्सले ३२ वटा देशमा लगेको हो । विरोबोटिक्सको कार्यालय अमेरिका र स्वीजरल्याण्डमा रहेको छ ।

विकासशील देशमा ड्रोन प्रविधि प्रयोग गर्न विदेशीलाई खोज्न नपरोस् र आफ्नै देशको जनशक्तिले चलाउन सकोस् भनेर नेपाल फ्लाइङ ल्याब्सको स्थापना भएको पुडासैनी बताउँछन् ।

नेपालमै भएको र नेपालमै बनेको प्रविधिसँग सहकार्य गरेर अगाडि बढ्ने योजना रहेको उनले बताए । त्यस्तै ड्रोनको प्रोफेसनल ट्रेनिङहरु अझै बढी आयोजना गर्ने र विश्वविद्यालयसँग मिलेर ड्रोनको एप्लिकेसनको रिसर्चमा बढी काम गर्ने योजना रहेको उनले बताए ।

त्यो एप्लिकेसनलाई डिजास्टर म्यानेजमेन्टमा कसरी प्रयोग गर्ने बारे रिसर्च गर्ने योजना भएको उत्तमले सुनाए । ड्रोन सम्बन्धि अन्तर्राष्ट्रिय ट्रेनिङ पनि नेपालमै दिने उद्देश्यका नेपाल फ्लाइङ ल्याब्स अघि बढेको छ ।

फ्लाइङ ल्याब्सबाहेक उत्तम नक्शा प्रालि का सह संस्थापक समेत हुन् । यसले जिआईएस म्यापिङ, डिजिटल म्यापिङको काम गर्छ ।

संस्थाले अहिले कोरोना महामारीको समयमा लकडाउनको अवसर पारेर विभिन्न संस्थासँग मिलेर हेटौडा उपमहानगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकासँग काम गरिरहेको छ ।


स्टोरी

को हुन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) विजेता कुशुम लामा ?

नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा काम …

१३ सहायक कम्पनी सञ्चालन गरिरहेको नेपालको लिडिङ आइटी कम्पनी

नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औ…

वुमन आइकन - आइसिटी अवार्ड २०२० विजेता : प्रा. तिमिला यामी थापा

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । यस वर्ष थप …

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता \'गौरव राज उपाध्याय\' एप्निक (APNIC) को सदस्यमा पुन : निर्वाचित

गौरव राज उपाध्याय
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता

ह्वावेः सानो उद्यमीदेखि विश्वव्यापी टेक अग्रज बनेको कथा

ह्वावे भन्ने चिनियाँ कम्पनी सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणको ग्लोबल …

फाइभजीः गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने सक्ने

साईबरपंक २०७७ सार्वजनिक भएकाले हामीलाई आउने भविष्यको झलक प्रस्तुत गरेको छ । तर, ग…

आइसिटी अवार्ड २०२०: यस्ता छन् विद्यार्थीले बनाएका उत्कृष्ट ५ प्रोजेक्ट

आइसिटी अवार्ड २०२० अन्तरगत राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चा…

आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ इन्नोभेसन

आइसिटी अवार्ड २०२० अन्तरगत ए…

आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ प्रोडक्ट

आइसिटी अवार्ड २०२० अन्तरगत प्रोडक्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट…

आइसिटी अवार्ड २०२० : यस्ता छन् उत्कृष्ट ५ स्टार्टअप कम्पनी

आइसिटी अवार्ड २०२० अन्तरगत स्टार्टअप आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्…

रहेनन् नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने श्रेष्ठ

यही मंसिर १० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्व उपकुलप…

सस्तोडिलको फ्लिपकार्टसँग साझेदारी, के के सुबिधा पाउछन नेपाली उपभोक्ताले ?

नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई -कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न  रणनीतिक समझाद…

बालवालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ? 

दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'

एक विशाल प्राविधिक प्रगतिसंगै, हामी ग्रामीण र सहरी क्षेत्रहरु बीचमा भैरहेको डिजिटल डिभाइडको स्थिति हेर्न सक्दछौं। सह…