स्टोरी
अर्बान गर्लबाट उदाएकी निकिता
नेपालमा अनलाइन बिजनेसको कुरा उठ्दा युवा उद्यमी निकिता आचार्यलाई नचिन्ने बिरलै होलान् । काठमाडौँ प्सीकोलाकी निकिताले १९ वर्षको उमेरमा महिलाका सामानहरु अनलाइनबाट बेच्ने ‘अर्बान गर्ल’ सुरु गरिन् ।
८ वर्षअघि यो व्यवसाय सुरु गर्दा लगानीका लागि उनीसँग पर्याप्त रकम थिएन । घरमा पनि भनेकी थिइनन् । अका तर्र्फ अनलाइन सपिङ साइटका लागि नपोली माकर्टे नै तयार थिएन । अहिले उनको बिजनेस व्यापकरुपमा विस्तार भएको छ ।
अर्बान गर्लको ब्रान्चका रुपमा उनको टिमले पुरानो बानेश्वर र पोखरामा युजी केक्स -बेकरी अर्डर लिने ठाउँ समेत_ सञ्चालन गर्दै आएको छ । कम्पनीकी सिइओसमेत रहेकी उनले भनिन्, ‘जुन समय म काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा बिबिए पढ्दै थिएँ । त्यतिबले अनलाइन सप गर्ने ट्रेन्ड नै थिएन । मेरो साथी झापाका किरण तिल्मिसिना र मैले अनलाइन बिजनशेका }ग्लाबेल ट्रेन्ड हेरेर अर्बान गर्ल सुरु गर्यौ ।
हामी दवै जना पहिले आइटी स्टाटर्अप कम्पनीमा काम गथ्र्याै । त्यो कम्पनी चाँडै बन्द भएपछि हामी आफैले केहि नयाँ सुरु गरौ भन्ने साचेर नै ईकमर्स प्लाटफर्ममा अर्बान गर्लको अवधारणा ल्याएका थियौ । अर्बान गर्लमा राम्रा प्रडक्टहरु आफले इम्पार्टे गर्न थाले उनीहरुले । वेबसाइट बनाउने पैसा थिएन । सोसल मिडिया -विशेष गरी फेसबुक_ प्रयोग गर्न थाले । ‘प्रडक्टको मार्किेटङ र अडर्रका लागि सोसल मिडियाको प्रयोग भए पनि खासै राम्रो हुन नसकेपछि हामीले १०–१० हजार रुपैयाँ उठाएर आफ्नै बिजनेस सुरु गरको हौ ’ उनले सुनाइन् ।
सुरुमा उनीहरुले यहीँका स्थानीय उत्पादनलाई नै अनलाइन स्टोरमा राखे । ‘अर्डर आएपछि आफै डेलिभर गथ्र्यौ । उपभोत्तासँग फिडब्याक पनि आफै लिन्थ्यौ । तर, यहाँका मान्छेहरुले त्यो आइडिया रुचाउनु भएन । किनकी उहाँहरुको आफ्नै पसलबाट सामान सेल भइराखेको थियो । हामीले भने ग्राहकको अर्डरबमोजिम घरसम्म सामान पु¥याउन थाल्यौ, ’उनले भनिन् ।
एउटा सानो कोठाबाट उनीहरुले अफिस सुरु गरेका थिए । अहिले विभिन्न ठाउँमा फिजिकल अफिस छ । मिड बानेश्वरमा रहेको अफिसमा ३० जना बढिले काम गर्छन् । अर्वान गर्लसँगै उनिहरुले युजि केक भनेर छुट्टै कम्पनी पनि सञ्चालन गरिरहेका छन । पोखरामा पनि सञ्चालनमा रहेको अर्वान गर्लको कार्यालयमा १५ जना बढि काम गर्दछन ।
केहि समयअघि फोब्र्सले प्रकाशन गरेको ३० अण्डर ३० को एसियाको लिस्टमा पर्न सफल भएकी निकिता सूचना प्रविधिको क्षेत्रको एक सफल स्र्टाटअप हुन ।
उनको बिजनेसले तब प्रशंसा बटुल्यो जब मिडियामा अर्बान गर्ल र अन्य कामको चर्चा हुन थाल्यो । अधिकांश ठूला मिडियाले उनको स्टोरी लेखेका छन् । ‘यसपछि पहिले २÷३ वटा मात्रै अर्डर हुने अवस्था थियो भने अहिले दिनकै ६० देखि ७० वटा अर्डर हुने गरेको छ । रेगुलर रुपमा त्यति अर्डर हुनु आपैmमा राम्रो हो ’ उनले सुनाइन् ।
हाल महिनामा १५ लाख रुपियाँबराबरको कारोबार आफ्नो व्यवसायबाट भइरहेको जानकारी उनले दिइन् । उनी पछिल्लो समयमा आइटी र उद्यमशीलताको क्षेत्रमा महिलाको उपस्थिति बढेको देख्दा थप हौसिएकी छन् । ‘मैले सुरु गर्दा महिला युवा उद्यमी पाउनै मुस्किल थियो । आज प्रोगामिङदेखि कम्पनी ह्यान्डल गर्न थपै्र महिला छन्,’ उनले भनिन् ।
उनले आफ्नो अफिसमा पनि सकभर महिला कर्मचारी नै राख्ने गरेको बताइन् । साथमा उनले महिला उद्यमीसम्बन्धी थप्रै कायत्र्रmममा वक्ताका रुपमा भूमिका निभाउँछिन् । उनी स्वयम् वुमन आन्टरप्रेनरसिप डेककी कन्ट्री म्यानेजर हुन् । उनले ३ वर्षअघि ग्रामीण क्षेत्रका भूकम्प पीडितहरुका लागि सहयोग गर्न थुप्रै समहूको नेतृत्व पनि गरिन् ।
अहिलेको ई–कमर्स बजारमा भने समस्या आइरहेको उनको विश्लेषण छ । ‘जो पायो त्यसैले चलाएका ई कर्मसहरु आइरहँदा समस्या भएको छ । एक दुई महिनाका लागि खोल्ने, अरुले त खोल्यो, म पनि खोल्छु भन्ने देखासिकी छ । जसले गर्दा नराम्रो सर्भिस भएको अवस्था छ भने ग्राहकले विश्वासै गरिहाल्ने अवस्था छैन ।
अनि बनेको बजार पनि बिग्रिरहेको अवस्था छ । विगत १ महिनादेखिको लकडाउनले झन समस्या निम्त्याएको उनको भनाई छ । तरपनि यो बेला थप रिसर्च र नयाँ काम कसरी गर्न सकिन्छ भन्नेतर्फ अध्ययन गरिरहेको आचार्यले बताइन । केहि समयअघि फोब्र्सले प्रकाशन गरेको ३० अण्डर ३० को एसियाको लिस्टमा पर्न सफल भएकी निकिता सूचना प्रविधिको क्षेत्रको एक सफल स्र्टाटअप हुन ।
गर्ल्स इन आइसिटी डेको अवसरमा निकितासँग गरिएको कुराकानीको आधारमा ।
स्टोरी
गृहिणीलाइ स्वरोजगार बनाउने \'फुडमारियो\', जसले मेटाउछ घरको स्वाद
‘फुडमारियो’ले खानेकुरा वितरण सेवा सुरु भएको डेढ वर्ष भयो । इन्जिनियरिङ पढेका रोहित तिवारीले यो सेवा सुरु गरेका हुन् । ‘इन्जिनियरिङ पढ्दापढ्दै क्यान्टिन …
अल्टिमो डिल - इन्जिनियरको ई-कमर्श सपना
कम्प्युटर इन्जिनियरिङ गरेका ललिपुरका मनिष घिमिरेले सञ्चालनमा ल्याएको ‘अल्टिमो डील’ पछिल्लो समय लोकप्रिय अनलाइन सपिङको रुपमा उदाइरहेको छ । पसलकै दर र गुण…
फुडमान्डूमा सयभन्दा बढिलाइ रोजगारी
नेपालको फुड डेलिभरी सर्भिसमा सबैभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको र लामो समयदेखि सञ्चालन भइरहेको छ, फुडमाण्डु । आफ्नो सेवाबारे ग्राहक र रेस्ट…
आइटी क्षेत्रमा निरन्तर क्रियाशील ः आइटेक नेपाल
विज्ञान प्रविधिको महत्वपुर्ण पुस्ताको रुपमा सुचना प्रविधि उदाइरहेको छ । नेपालमा पनि सुचना प्रविधिजन्य थुप्रै कामहरु स्थानीयस्तरमै हुन थालेका छन् …
समस्या एकातिर, राष्ट्र बैंकको ध्यान एटिएमको बुथ सुरक्षातिर !
घटना केही समय अगाडिको हो ।…
खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग)को…
राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ - सुनैना पाण्डे, अध्यक्षका प्रत्यासी (क्यान महासंघ)
क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म कुनै महिला नेतृत्वमा आएका छैनन् । नौलो अनुभव लिइरहेकीे छु । म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्य…
सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रमको अगुवाई गर्छु - नवराज कुँवर, अध्यक्षका प्रत्यासी (क्यान महासंघ)
२०५२ सालमा क्यान महासंघको व्यक्तिगत सदस्यता लिई केन्द्रीय कार्यसमितिमा अहिलेको अवस्थामा सबैभन्दा पुरानो व्यक्ति र कार्यसमितिको विभिन्न पद र भूमिकामा रहेर सबैभन्…
बैंकर मनोज ज्ञवालीको \'टेक्नो लाइफस्टाइल\'
आजभोलीको पुस्ता मोवाइल र इन्टरनेटको जालोमा अल्झिएका छन । हुन पनि हो, हाम्रो जिवनशैली नै प्रविधि वरिपरि घुमिरहेको छ । यसबाट टाढा भएर बस्ने क…
स्वास्थ्य क्षेत्रकाे सेवा सुदृढीकरणमा उपयाेगी सफ्टवयेर ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’
गत साउन ३२ मा राजधानीमा भएकाे आइसिटी अवार्ड २०१९ अन्तर्गत महत्वपूर्ण विधा प्रडक्ट आइसिटी अवार्ड २०१९ मेडिफ्लो सिस्टम एन्ड सर्…
आइटी उद्यमशीलतामा जम्दै टेक्नोरियोकी शुभेच्छा
तपाईं हामीलाई थाहा नै छ, नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाको उपस्थिति न्यून छ । अझ कम्पनी स्थापना गर्ने, शीर्ष तहमा रह…
जहाँ समस्या, त्यहाँ ‘सेवा चौतारी’
जहाँ समस्या हुन्छ, त्यहाँ स्टार्टअप जन्मिन्छन् । यस्ता स्टार्टअपले समाधानका अनेक शैली अपनाउँछन् । तर, बजारले सबैलाई पत्याउँदैन…
विद्यालय शिक्षालाई डिजिटल र प्रयोगात्मक बनाउन अग्रसर कम्पनी
नेपालका सरकारी र सामुदायिक विद्यालयको दुरावस्था र गुणस्तर उकास्नेबारे धेरै बहस चल्…
मोफसलबाट सफ्टवेयरमा \'क्रान्ति\' - डाइनामिक सफ्ट
सामान्य परिवारमा जन्मे हुर्केका युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाईको लागि ठुला युनिभर्सिटी र कलेज पनि धाएनन उनीहरुले, …
बेरोजगार हुनुहुन्छ ? \'श्रीयोग\'ले खोजी दिनेछ अबसर
के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ रु श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कु…