कीवर्डहरू -

स्टोरी

मोफसलबाट सफ्टवेयरमा \'क्रान्ति\' - डाइनामिक सफ्ट


सामान्य परिवारमा जन्मे हुर्केका युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाईको लागि ठुला युनिभर्सिटी र कलेज पनि धाएनन उनीहरुले, स्थानिय स्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्समा नै ३ वर्ष लगाएर डिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङ गरे । हो, यहिबाट उनिहरुको पाइला मोडियो । नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउमा  केहि गर्ने अठोट सहित लागि परे, मेहनत गरे र आज अफलताको पाइला चालिरहेका छन

\"\" कम्पनीका सह-सस्थापाक तथा प्रबन्ध निर्देशक दिपक साह

सजिलो त पक्कै थिएन मोफसलबाट आइटीको काम ह्याण्डल गर्न । भर्खर इन्टरनेट विस्तार भइरहेको अवसरलाई सदुपयोग गरे । सिके र नयाँ आइडिया र उपाय खोज्न थाले । यहि उपाय र आइडिया स्वरुप जन्मियो डाइनमिक टेकनोसफ्ट प्रा लि ।  जुन हल डाइनमिक ग्रुपको बिभिन ६ कम्पनी मध्येका  पहिलो  कम्पनी हो ।


विरगञ्जका दिपक साह र सचिन साह, जो उनिहरु बच्चादेखिका नै साथी थिए । सँगै डिप्लोमा पढ्दै गर्दा उनिहरु मिलेर केहि गर्ने अठोट सहित काम सुरु गरे । सजिलो त पक्कै थिएन मोफसलबाट आइटीको काम ह्याण्डल गर्न । भर्खर इन्टरनेट विस्तार भइरहेको अवसरलाई सदुपयोग गरे । सिके र नयाँ आइडिया र उपाय खोज्न थाले । यहि उपाय र आइडिया स्वरुप जन्मियो डाइनमिक टेकनोसफ्ट प्रा लि ।  जुन हल डाइनमिक ग्रुपको बिभिन ६ कम्पनी मध्येका  पहिलो  कम्पनी हो ।


सुरुमा चिनजानका कम्पनी तथा साथीभाईहरुबाट नै कामहरु लिन थाले । विस्तारै अरुले पत्याउन थालेपछि उनिहरुको बजारमा माग बढ्न थाल्यो । वेबसाइट बनाउने कामबाट उनिहरुको करियर सुरु भयो । अहिले उनिहरुको आधा दर्जन आफ्नै ब्राण्डको सफ्टवेयरहरु बजारमा उपलब्ध छन ।

ट्रेडिङ विजनेश पनि गरिरहेका छन । ठुला घरनाका, उद्योग , हस्पिटल  र स्कुलहरुले उनिहरुले बनाएको सफ्टवेयर प्रयोग गरिरहेका छन ।  भनिन्छ नि,अहिलेको समयमा जब गर्ने नभएर जब क्रिएट गर्ने हुनुपर्छ । यहि कुरालाई मुलमन्त्रका रुपमा लिएर दिपक र सचिनले आफ्नै ठाउबाट केहि गर्ने जोश जागरले अघि बढे ।

\"\"

फलस्वरुप अहिले उनिहरुको सफ्टवेयर कम्पनीमा ५० जनाभन्दा बढिले रोगजारी पाएका छन  भने डाइनमिक ग्रुपमा  ११५ जनाभन्दा बढिले रोगजारी पाएका छन ।  विरगञ्जमा मात्र नभएर काठमाण्डौको बबरमहलमा समेत केहि वर्षदेखि अफिस सञ्चालन गरिरहेका छन । हाले जापानमा कम्पनी को साखा बिस्तार गरी काम सुरु गरेका छन । ८ वर्षको विचमा सँगौ संघसस्था तथा स्कुलकलेज हरु डाइनामिकका नियमित ग्राहकहरु छन । सफ्टवेयर बनाएर बेचेर मात्र हुदैन, सपोर्ट र अपग्रेड निरन्तर चाहिन्छ भन्ने सोचेर नै उनिहरु आफ्नो सेवामा अब्बल ठहरिरहेका छन ।


इमान्दार भएर निरन्तर मेहनत गरेमा सफलता हात पर्छ भनेझै भएको छ उनिहरुको जिवनमा । सुरुवाती दिनमा सफ्टवेयर भनेर समेत बुझाउन कठिन बजार अहिले यो आवश्यक्ताको विषय रहेछ भन्दै खोज्न थालेको छ । सफ्टवेयरमा ३०/४० रुपैयामा सिडीमा पाउने हो भनेर बुझेकाहरुलाई वषौै मेहनत गरेर तयार पारेको इआरपी सफ्टवेयर प्रयोग गर्न लगाउनु कम चुनौती थिएन । नभन्दै केहि प्रतिष्ठित सस्थाहरुले उनिहरुलाई पत्याएर सफ्टेयरहरु प्रयोग गरेपछि मार्के्टिङ सजिलो बन्दै गयो ।


अहिले नेपाल सरकारका विभिन्न निकाय, दुगर ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एसियन थाइ फुड्स लगायत ठुला उद्योगहरुले समेत डाइनामिकका सफ्टवेयर प्रयोग गरिरहेका छन ।


विद्यालयलाई डिजिटलाइज गनुपर्छ भन्ने सोचले उनिहरुले धेरै समय र लगानी विद्यालयको सफ्टवेयरमा गरे । डाइनामिक एकेडेमिक इआरपी र एस्को मोबाईल एप  अहिले देशभरका आठ सय विद्यालयहरुले प्रयोग गरिरहेका छन । पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर उनिहरुले बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी गर्दछन । काठमाण्डौको विश्वा   निकेतनदेखि तराइका सामान्य स्कुलमा समेत डाइनामिक इआरपी प्रयोगमा छ ।

\"\" कम्पनीका सह-सस्थापक सचिन साह


जिवनमा ठक्कर नआएको होइन । तर, छोडेर विदेशी भुमिमा हराउ भन्ने सोच कल्यिै बनाएन यिनिहरुले । सिक्दै, नयाँ प्रयोग गर्दै अघि बढिरहे । एक दिन समय आउछ, मेहनत गरौ भनेर नै लागिपरेका दिपक र सचिन अहिलेको सफलताले हौसिएका पनि छैनन । अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लिन उनिहरु देशभर विस्तारको क्रममा लागि परेका छन ।


एक जना बिरगञ्ज र एकजना काठमाण्डौबाट कम्पनी हेरिरहेका उनिहरुले निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवा तर्फ ध्यान दिइरहेका छन । घरको सामान्य कम्प्युटरबाट सुरु भएको उनिहरुको कम्पनीमा आज ५० जनाभन्दा बढिले रोजगारी र हजारौले सफ्टवेयर सेवाबाट लाभान्वित बनेका छन । डाइनामिक इआरपीसँगै हस्पिटल सफ्टवेयर, एकान्टिङ सफ्टवेयर, कम्प्लिट इन्टिग्रेटेड इआरपी लगायतका सफ्टवेयरहरु बजारमा उपलब्ध छन ।


देशभरी ४५  भन्दाबढि कम्पनी तथा व्यत्तिलाई डिलरसिप दिएका छन । यो ८  वर्षमा मोफसलबाट सफ्टवेयर उद्योगमा चालेको उनिहरुको पाइलाले सामान्यरुपमा एउटा क्रान्ती नै गरेको छ ।


देशभरी ४५  भन्दाबढि कम्पनी तथा व्यत्तिलाई डिलरसिप दिएका छन । यो ८  वर्षमा मोफसलबाट सफ्टवेयर उद्योगमा चालेको उनिहरुको पाइलाले सामान्यरुपमा एउटा क्रान्ती नै गरेको छ ।

अहिले पनि अधिकांश काठमाण्डौमा भेला हुने र अझ विदेशी भुमिमै भासिनेहरुको लागि उनिहरुको कथा रोचक र उत्प्रेरक छ । जहाँबाट काम गरेपनि सफलता हात पार्न मेहनत र इमान्दार प्रयास आवश्यक छ भन्नेकुरा प्रमाणित गरेका छन । उनिहरुको सफलता र सँघर्ष आफ्नै कम्पनी डाइनामिक झै भएको छ ।

स्टोरी

घरमै बसेर पढ्न र पढाउन चाहनेका लागि डब्ल्यू एच पिडिया (whpedia)

हरेक व्यक्तिको चाहना हुन्छ, पढेर राम्रो जागिर खाने । तर पढेर राम्रो जागिर पाउनु फलामको चिउरा चपाउनु जस्तै हो । अधिकांश …

डिजिटल टिभीका अभियन्ता : सुदीप आचार्य

सफल युवा व्यवसायीका रुपमा परिचित सुदीप आचार्य टेलिभिजन सेवाप्रदायक डिस होमका प्रबन्ध सञ्चालक हु…

डिजिटल टिभीका अभियन्ता

सफल युवा व्यवसायीका रुपमा परिचित सुदीप आचार्य टेलिभिजन सेवाप्रदायक डिस होमका प्रबन्ध सञ्चालक हुन् । नेपालको टेलिभिजन उद्य…

\'ग्यारेज टु अमेजन\'  - जो बने संसारकै धनी 

प्रंसु श्रेष्ठ


संसारमा धनी व्यक्तिको सुची हेर्ने हो भने उनीहरू विज्ञान र प्रविधिको क्षेत्रमा मा…

विश्वास ढकाललाइ वर्षको \'सर्वोत्कृष्ट आइटी उद्यमी\'को अवार्ड

आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा वर्षका सर्वोत्कृष्टहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका थिए । भदौ १ गते र्…

आइसिटी अवार्डमा छानिएका उत्कृष्ट ५ स्टार्टअप कम्पनी 

तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको…

आइसिटी अवार्डमा छानिएका उत्कृष्ट ५ स्टार्टअप कम्पनी 

तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको…

सुकर्मी लिडर आस्ना

बुढानीलकण्ठकी आस्ना पौडेल १८ वर्षकी भइन् । भर्खरै प्लस टु सकेकी उनी आइटी कम्पनी रुस्टर लजिकको सुकर्मी प्रोजेक्ट लिड गरिरहेकी छन् । संस्थासँगै पढाइ र सामाजिक …

प्रहरीलाई जनतासँग जोड्ने \'डाक्टर\' 

डा. राजिव सुब्बा नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख हुन् । विसं. २०५२ सालमा प्राविधिकतर्फ प्रहरी निरीक्षकको रुपमा प्रहरी संगठनमा प्रवेश गरेका उनी अह…

साइबर सुरक्षामा जनचेतना फैलाउदै डा. रामहरि सुवेदी

डा. रामहरि सुवेदी साइबर सेक्युरिटीमा विद्यावारिधि गर्ने पहिलो नेपाल…

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७ र बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अ…

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आय…

लक्ष्मी र सिम्प्लिफाई ३६० को कथा : नेपाली युवालाई प्रेरणा

विदेशमा बसेर सूचना प्रविधिकाे क्षेत्रमा साहसी काम गर्ने नेपालीकाे चर्चा गरिरहेका थियाैं । यसपटक भारतकाे बैंगलाेरमा बसेर सफलता हासिल गरेका एक नेपाली य…