कीवर्डहरू -

स्टोरी

स्वास्थ्यको क्षेत्रमा ड्रोनको प्रयोग कसरी भैरहेको छ ?


धेरै स्वास्थ्य केन्द्रहरूमा ड्रोनलाई मेडिकल कार्गाेको रूपमा पनि प्रयोग गरिन्छ । ड्रोनको जीपलाइन भन्ने एउटा कम्पनीले रुवान्डामा २५ ओटा अस्पताल तथा क्लिनिकहरूमा चिकित्सा सामग्री पु¥याउने गरेको छ र यसले २०१४ देखि अहिले सम्ममा ५०००० सामग्री पु¥याइसकेको छ ।

फोनबाट अर्डर गरिएको चिकित्सा सामग्रीलाई ड्रोनले वितरण गर्ने गर्दछ । सन् २०१८ मा तान्जानियामा वीङकप्टर भन्ने ड्रोनले ६५ किलोमिटर टाढासम्म ४ किलोग्राम सामान बोकेर लाने गर्दथ्यो । ड्रोनलाई ताइवान, नेपाल, भारत, घाना र अरूहरू देशहरूमा दुर्गम ठाउँहरूमा पुग्नको लागि प्रयोग गरिन्छ । ड्रोनले छिटो र कम रकममा ल्याबहरूमा महत्वपूर्ण टेस्टको लागि स्याम्पल पु¥याउन मद्दत पु¥याउँछ ।

भारतको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरणले ड्रोनलाई प्रयोग गरेर राहत वितरण र उद्धार गर्ने गर्दछ । यो नेपालको लागि त एकदमै उपयोगी हुन सक्छ । किनभने नेपालमा थुप्रै दुर्गम क्षेत्र रहेका छन् र त्यहाँ सामान पु¥याउन गाह्रो हुने गर्दछ । त्यस्तो ठाँउहरूमा ड्रोनको प्रयोग गर्न सकिन्छ ।


नेपालमा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको अवस्था
नेपालमा दुर्गम क्षेत्रका मान्छेले धेरै पहिलेदेखि नै राम्रो उपचार पाउन सकेका छैनन् । त्यहाँको मान्छेहरूले कि त राजधानी आउनुपर्छ, नत्र त्यहाँ नजिक भएको विकसित शहर जानुपर्ने हुन्छ । आफू बसोवास गर्ने ठाउँमै उपचार गर्न भने उनीहरूले पाउँदैनन् । भौगोलिक विकटताले गर्दा सबैतिर औषधि र आवश्यक खाद्यान्न पु¥याउन पनि निकै नै गाह्रो हुने गर्दछ । पूर्वाधारको कमीले पनि यस्तो हुन गएको हो ।

सवारीसाधनको कमीले गर्दा बिरामीलाई अस्पतालसम्म पु¥याएर जाँच गराउन लैजान पनि एकदमै कठिन हुने गर्दछ । त्यसमाथि ग्रामीण क्षेत्रका स्वास्थ्य सेवा केन्द्रमा प्रशिक्षित स्वास्थ्य सेवकको पनि कमी हुने गर्दछ । 


ग्रामीण क्षेत्रमा डाक्टर र बिरामीको अनुपात १ः१८४०० छ, जसले गर्दा बिरामीहरूले राम्रो स्वास्थ्य सेवा पनि पाउँदैनन् र स्वास्थ्यकर्मीलाई जाँच गर्न पनि अप्ठयारो पर्ने गर्दछ । टाढा जानुपर्ने डरले धेरैजसो समयमा बिरामीहरू घरमै बसेर उपचार गराउन जाँदैनन्, जसले गर्दा उनीहरूको स्वास्थ्य अवस्था अझै नाजुक बन्दै जान्छ र रोग अरूलाई सर्न सक्ने पनि डर बढ्दै जान्छ । धेरै नेपालीलाई क्षयरोगले छोएको हुन्छ र केहीलाई यो रागले एकदमै साहै्र गाह्रो पारेको हुन्छ ।

तर भौगोलिक विकटताले गर्दा धेरैजनाले एन्टिबायोटिक लिन जाँदैनन् र रोग अझै बढ्दै जान्छ । यही बिरामी र स्वास्थ्य सेवा केन्द्रको दूरीलाई ड्रोनको प्रयोगले कम गर्न सकिन्छ । ड्रोनले दुर्गम ठाउँहरूबाट खकार संकलन गरेर स्वास्थ्यकर्मीसम्म पु¥याउन सक्छ र आवश्यक चिकित्सा सामग्रीलाई बिरामीसमक्ष पु¥याउन पनि सक्छ ।

नेपालमा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको अवस्थालाई सुधार्न ड्रोन अब्जर्भेसन ट्रिटमेन्ट सर्भिस (ड्रओटीएस) एक पहिलो प्रोजेक्ट हो । यो प्रोजेक्टले गर्दा स्वास्थ्यकर्मीहरू र सरोकारवालाहरूलाई ड्रोनको प्रयोगले स्वास्थ्य अवस्थालाई सुधार्न सकिन्छ भन्ने बुझाएको छ । ड्रओटीएसले नेपालमा सफलतापूर्वक डीजेआई एम ६०० इन्डस्ट्रियल ड्रोनलाई मेडिकल कार्गाेको रूपमा प्रयोग गर्न सक्षम भएको हो ।

समग्रमा हेर्दा 
नेपालमा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा विशेषगरी चार प्रकारको समस्या देखिन्छ । टाढा भएर जान गाह्रो परेर, राम्रो सुविधा भएको अस्पतालको कमी भएर, भौगोलिक विकटताले गर्दा र पूर्वाधारको कमीले यस्तो समस्या देखिएको हो र यसलाई ड्रोनको प्रयोगले निर्मूल पार्न सकिन्छ । 


ड्रोन अब्जर्भेसन ट्रिटमेन्ट सर्भिस (ड्रओटीएस) भनेको ड्रोनको सहयोगले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधार्न कुन–कुन तरिका अपनाउन सकिन्छ भनेर जाँच गर्ने प्रक्रिया हो । राम्रो कामको लागि रोबोटिक्स र एआई प्रयोग गर्ने नेपाल फ्लाइङ ल्याब, ड्रोनको पहिलो रेजिस्टर भएको कम्पनी ड्रोनेपाल, गैरनाफामूलक संस्था वीरोबोटिक्सले मिलेर चिकित्सा स्वास्थ्य सेवा सहयोगी बीएनएमटीको अन्तर्गत स्टोनी ब्रुक विश्वविद्यालय र सीमन्स फाउन्डेसनको सहयोगमा ड्रोन अब्जर्भेसन ट्रिटमेन्ट सर्भिसको अवधारणा आएको हो । 


यो प्रोजेक्टलाई क्षयरोग पत्ता लगाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित राष्ट्रिय क्षयरोग केन्द्रलाई सहयोग गर्नको लागि ल्याइएको हो । यो क्षयरोग बिरामीलाई उपचार गर्ने उद्देश्यले अघि बढेको हो । यसले उपचार गर्ने तह पनि राम्रो हुँदै जान्छ । यो प्रोजेक्टलाई अरू सरोकारवाला समक्ष पनि पेश गर्ने विचार गरिएको छ । नेपालमा क्षयरोगले अहिले पनि धेरै नै मान्छे बित्ने गर्दछन् । 
 

यसले कसरी काम गर्छ ?
नेपालमा ड्रोनको अहिले दुईवटा प्रोजेक्ट चलिरहेको छ । एउटा भनेको बिजुवार नगरपालिका र दोस्रो भिङ्ग्री नगरपालिकामा ड्रोन सञ्चालनमा ल्याइएको छ । प्यूठानको जिल्ला अस्पताल बिजुवार नगरपालिकामा पर्दछ । सामुदायिक स्वास्थ्यकर्मीको अनुरोधमा ड्रोन केन्द्रीय अस्पतालबाट उडेर खकार संकलन गर्न दुर्गम क्षेत्रमा जाने गर्दछ र फर्किएर केन्द्रीय अस्पतालमा जाँचको लागि पु¥याउँछ । यो जाँचको लागि जेनएक्सपर्ट किट प्रयोग गर्ने गरिन्छ र परिणाम सकारात्मक आएमा बिरामीलाई  डट्स ट्रिटमेन्ट गर्ने गरिन्छ । 


अहिलेसम्म के के काम भएका छन् त ?
नेपालमा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको अवस्थालाई सुधार्न ड्रोन अब्जर्भेसन ट्रिटमेन्ट सर्भिस (ड्रओटीएस) एक पहिलो प्रोजेक्ट हो । यो प्रोजेक्टले गर्दा स्वास्थ्यकर्मीहरू र सरोकारवालाहरूलाई ड्रोनको प्रयोगले स्वास्थ्य अवस्थालाई सुधार्न सकिन्छ भन्ने बुझाएको छ । ड्रओटीएसले नेपालमा सफलतापूर्वक डीजेआई एम ६०० इन्डस्ट्रियल ड्रोनलाई मेडिकल कार्गाेको रूपमा प्रयोग गर्न सक्षम भएको हो ।
 

स्टोरी

१८ वर्षे उत्सवले यसरी उडाए आफैले बनाएको प्लेन (भिडियो)

गएको शनिबार १८ वर्षे उत्सव बस्न्यातको अनुहारमा चमक थियो । हुन पनि किन नहोस्, आफ्नै …

तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ

कम्प्युटर प्रोग्रामिङमा औधी रुची भएका काठमाडौंका रन्जित भट्ट एक दशकअघि एउटा सपना थियो, यही क्षेत्रमा स्थापित भएर केही गर्ने ।

नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा

काठमाडौं, काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं …

यसरी सम्भव भयो वर्ल्डलिंकको ५ लाख घरधुरी, नयाँ लक्ष्य २० लाख 

साढे दुई दशकको अनवरत मिहिनेतपछि मुलुकको अग्रहणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ लाख घरधुरीमा पुगेर नयाँ रेकर्…

‘विपद् पोर्टल’बाट यसरी थाहा पाउनुस् बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।
जोखिम क्षेत्रमा बस्ने भएपछि…

नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा

नेपाल अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरे…

संसारभरका ऐतिहासिक नेपाली दस्तावेज अब अनलाइनमा हेर्न, पढ्न र सुन्न सकिने

संसारभर रहेका नेपाल सम्बन्धी ऐतिहासिक दस्तावेज अब अनलाइनबाटै हेर्न, पढ्न र सुन्न सक…

प्रभु टिभी गाभिएपछि आक्रामक योजनामा डिशहोम, दुई वर्षमा प्रमुख तीन इन्टरनेट कम्पनीमा पुग्ने लक्ष्य  

मुलुकमा इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको छ । नयाँ कम्पनी थपिदैछन् भने …

नेपालमा किन बढ्दै छ फिशिङ आक्रमण ? कसरी जोगिने ? 

प्रविधि क्षेत्रको विकास हुँदै जाँदा ‘साइबर सेक्युरिटी’को विषय जटिल बन्दै छ । जस्तो …

एक दशकको अनुसन्धानपछि नेपाली लेखनलाई सजिलो बनाउन तयार भएको हिज्जे डटकम (भिडियो)

तपाई हामी धेरैलाई अहिले कम्प्युटरमा नेपाली लेख्न आउँदैन् । आएपनि शुद्ध नेपाली लेख्न…

बजेटमा सूचना प्रविधि : ‘धेरै विषय पुराना, मुख्य आकर्षण केही छैन’

सरकारले शनिबार प्रस्तुत गरको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बोधन गर्ने नयाँ क…

‘छोरीसँग सेल्फी’: जागलानले छोरी जन्मिदा भोगेको नमिठो अनुभवबाट सुरु भएको अभियान 

‘सेल्फी विथ डटर’ अर्थात छोरीसँग सेल्फी अभियान भारत हरियाणा बिबिपुरका सुनिल जागलानसँग जोडिएको नमिठो घटनासँग सम्बि…

‘माइ सेकेन्ड टिचर’ : क्याम्ब्रिजको प्लेटफर्ममा नेपालको शिक्षा (भिडियो)

बैशाख एक गते ‘माइ सेकेन्ड टिचर’ सुरुवात गर्दै गर्दा सुलभ बुढाथोकीले भन्दै थिए– मुलुकको शिक्षा प्रणाली व्यापक सुधार …

मोबाइल एपबाटै अर्डर गर्नुस् खानेपानी, घर मै आइपुग्छ एक्वा वर्ल्ड

कोरोना संक्रमणले बाहिर जान डर छ । अत्यावश्यकबाहेकको बजार पनि बन्द छ ।संक्रमणको डर …