स्टोरी
पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज
विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको कलेजले त्रिभुवन विश्वविद्यालय र मेलिसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्ध लिएर स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पछिल्लो समय टेक्सास कजेल गुणस्तरीय शिक्षाका लागि भरपर्दो माध्यमको रूपमा परिचित हुँदै गएको छ । टेक्सान नेटवर्कको दायरा समेत फराकिलो हुँदै गएको छ । अहिले टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्कभित्र मन्टेश्वरीदेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू सञ्चालन भइरहेको टेक्सास इन्टरनेशनल एजुकेसन नेटवर्कका बिजनेस डेभलपमेन्ट निर्देशक नारायण पोखरेलले बताउँछन् ।
‘टेक्सास संस्थाभित्र हामीले मन्टेस्वरीदेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र पढाइ हुन्छ,’ उनले आईसीटी समाचारसँग भने, ‘ब्याचलर्समा हाम्रा धेरै कार्यक्रमहरू छन् । त्यसमा पनि आईटीतिर हामी बढी ढल्किएका छौं ।’
कलेजले त्रिवि अन्तर्गत बीएससी सीएसआईटी, बीसीए, बीबीबीएम, बिएबिएसडब्लु, एमबीएस तथा लिङ्कन विश्वविद्यालय अन्तर्गत बीआईटी, बीसीएस, बीएचएम, बीबीए, एमसीएस, एमबीए एचएम र एमबीए एचआर विषय अध्यापन गराउँदै आएको छ ।
बीएससी सीएसआईटी पढ्न अनिवार्य साइन्स विषय लिएको हुनुपर्नेछ भने बीबीए, बीआईटी, बीसीए पढ्न विज्ञान नपढेकाले पनि पढ्न सक्छन् । बीसीए र बीएससी सीएसआईटी पढ्न त्रिविले लिने प्रवेश परीक्षामा उतीर्ण हुनुपर्ने छ । बीआईटी र बीसीएस कलेजमा आएर भर्ना हुन सकिने छ ।
भर्नाका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न पनि सक्ने छन् । तर कलेजमै गएर सबै कुरा बुझेर भर्ना गर्दा राम्रो हुनेछ । टेक्सास कलेजमा बीएससी सीएस आईटीको शुल्क १० लाख ६० हजार, बीसीएको ७ लाख ६० हजार, बीआईटी र बीसीएसको ९ लाख ९० हजार रूपैयाँ तोकिएको छ ।
कलेजले सरकारको नियम र प्लस टुमा राम्रो गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति सुविधा प्रदान गर्दै आएको छ । टेक्सास कलेजले दक्ष जनशक्ति विकासमा सधैं जोड दिदै आएको छ । विद्यार्थीलाई पढाइमा मात्रै सिमित नराखेर पढाइलाई जीवन र करियरसँग जोड्न खोजिरहेको छ ।
पढाइलाई जीवनसँग र करियरसँग जोड्न खोजेको पोखरेलले बताए । ‘कक्षामा पढेर मात्रै विद्यार्थी दक्ष हुँदैनन् । सफल हुँदैनन्,’ उनी भन्छन्, ‘त्यसकारण पढाइलाई करियर र जीवनसँग जोड्ने हाम्रो उद्देश्य हो ।’

विद्यार्थीलाई दक्ष बनाउन टेक्सास कलेजले फस्ट सेमेस्टरदेखि नै प्रोफेसनल कोर्ष पढाउँदै आएको छ । विद्यार्थीले आफ्नो रूची अनुसार प्रोफेसनल कोर्ष छनौट गर्न सक्ने छन् । प्रोफेसनल कोर्षले विद्यार्थीलाई बजारका लागि तयार गर्ने कलेजको दावी छ ।
कलेजसँग आफ्नै इनहाउस कम्पनी समेत छ, जसले विद्यार्थीलाई ‘ट्रेन’ गराउने काम गर्दै आएको छ । यस बाहेक पनि कलेजले अन्य कम्पनीहरूसँग पनि सहकार्य गरेको छ । टेक्सास कलेजमा पढ्ने विद्यार्थी छैटौं सेमेस्टरमा पुग्दा बेरोजगारी विद्यार्थी नभेटिने पोखरेल बताउँछन् ।
‘हामीले विद्यार्थीलाई उद्योगमा आवश्यक पर्ने दक्ष सीपसहित विकास गर्दै गएका छौं । विद्यार्थीलाई पढ्दा पढ्दै करियरसँग जोड्न टेक्सास कलेज सफल भएको छ,’ उनले अगाडि भने । कलेजले पूर्वाधारसहित सरक्युरिटी सिस्टम र नेटवर्क ल्याब, सीएस ल्याब, आईओटी ल्याब, कम्प्युटर ल्याब तयार गरेको छ । टेक्सास कलेजबाट उत्पादन भएका जनशक्तिले देश तथा विदेशका विभिन्न कम्पनीमा काम गरिरहेका छन् ।
कलेजले विद्यार्थीलाई इन्टर्नसीप र रोजगारीका लागि सहजीकरण गर्दै आएको छ । त्यसका लागि कलेजले विभिन्न कम्पनीसँग सहकार्य समेत गरेको छ । विद्यार्थीलाई रोजगारीका दक्ष बनाउन कलेजले नै काम गर्ने उनले बताए । ‘विद्यार्थीलाई बजारमा गएर काम गर्न सक्ने गरी कलेजमै तयार गर्छौं । हामी रोजगारीका लागि सिफारिस गर्दैनौं, जसले गर्दा विद्यार्थीलाई स्वतः पाइहालिने रहेछ भन्ने पनि हुँदैन् र आफैले गरेको हो भन्ने बोध पनि हुन्छ,’ पोखरेल भन्छन्, ‘विद्यार्थीलाई अन्तर्वाताका लागि पठाउँछौं, रोजगारीका लागि होइन । त्यसपछि योग्य हुने काम विद्यार्थीको हो ।’

यदी विद्यार्थी योग्य नभएमा उक्त विद्यार्थीलाई फेरि कलेजमा ल्याएर आएर ‘योग्य’ बनाउने काम पनि कलेजले गर्दै आएको छ । कलेजले हरेक वर्ष साइन्स एण्ड आईटी एक्सपो गर्दै आएको छ, जहाँ विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनीमा राखिन्छ । यसले गर्दा विद्यार्थीलाई परियोजना निर्माण प्रक्रिया, सञ्चार, प्रस्तुती लगायतको अनुभव प्राप्त हुने कलेजले जनाएको छ ।
यस बाहेक कलेजले वर्षको २ पटक जब फेयर समेत आयोजना गर्दै आएको छ । जब फेयरका नेपालका विभिन्न कम्पनीहरूको सहभागीता रहने गरेको छ । एकेडेमिक साथसाथै करियर र जीवनमा अगाडि बढ्न तथा पढ्दा पढ्दै स्वाबलम्बी बन्न चाहने विद्यार्थीका लागि टेक्सास कलेज उपयुक्त गन्तव्य हुने पोखरेल बताउँछन् ।
स्टोरी
एनसीआईटी कलेज : स्टार्टअप र इन्नोभेसनमा जोड, नतिजामा पनि अब्बल
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) प…
कहिलेबाट सुरु भएको हो टेलिमेडिसिन सेवा ?
टेलीमेडिसिन ग्रीक शब्द ‘टेली’ र ल्याटिन शब्द ‘मेडेरी’ बाट बनेको हो । टेलीको अर्थ ‘दूरी’ …
कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…
९ महिनादेखि प्रधानमन्त्रीको पर्खाइमा काठमाडौं विश्वविद्यालयको हाइड्रोजन कार
पछिल्लो समय नेपालमा हाइड्रोजनले चर्चा पाउन थालेको छ । नेपालमा ग्रीन हाइड्रोजनको उच्च सम्भावना रहेको भन्दै काठमाडौं विश्वविद्यालय …
टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै
विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापन…
नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य
नेपालीहरू विश्वका प्राय हरेक देशमा पुगेका छन् । कोही व्यवसायमा जमेका छन् त कोही ठूला ठूला कम्पनीमा काम गर्छन् ।
डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा ढिलासुस्ती, ५ वर्षसम्म पनि बनेन व्यवस्थापन कार्यालय
गेम चेन्जर परियोजनाको रूपमा सरकारले अगाडि बढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा ढिलासुस्ती देखिएको छ । ५ वर्षमा क…
आईटी सेवा निर्यात गरेर क्लाउड फ्याक्ट्रीले १ वर्षमै भित्र्यायो १ अर्ब बराबरको विदेशी मुद्रा
स्प्राउट टेक्नोलोजी सर्भिस (क्लाउड फ्याक्ट्री) ले आईटी सेवा निर्यात गरेर एक वर्षमै १ अर्ब बढी रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भ…
जो असफलताबाट डराएनन, सफल भएरै छाडे
असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ ।
…अमेरिकी कम्पनीको आकर्षक अफर लत्याएर आईटी उद्यमी बनेकी अलिसा
आजभन्दा करिब १६ वर्ष अगाडि सूचना प्रविधि (आईटी) मा नेपाल भर्खर भर्खर बामे सर्दै थियो । धेरैलाई सूचना प्रविधिको बारेमा थाहै थिए…
मोरूबाट अन्य वालेटमा समेत पैसा पठाउन सकिने
मोरू डिजिटल वालेटबाट अन्य वालेटमा पैसा ट्रान्सफर गर्न सकिने भएको छ । नेपालमा अहिले सञ्चालनमा रहेका धेरै वालेट…
कुराकानीको परम्परागत तरिकालाई परिवर्तन गर्ने ‘फेसबुक’ स्थापना भएको २० वर्ष पूरा
विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक स्थापना भएको २० वर्ष पूरा भएको छ । सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको फेसबुक विश्वको धे…
राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी
नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सुरू भएको डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश
नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज…