स्टोरी
खोटाङदेखि बीएसईसम्म : नेपाली सहसंस्थापक रहेको ‘क्राटिकल’को आईपीओमा २०५ गुणा आवेदन
काठमाडौं । कहिले काहीँ एउटा सानो घटनाले जीवनको मात्र होइन, एउटा उद्योगको दिशा पनि बदलिदिन्छ । भारतको एक इन्जिनियरिङ कलेजमा सार्वजनिक प्रयोगका लागि राखिएको कम्प्युटरबाट साथीको इमेल ह्याक भएको घटना पनि यस्तै एउटा मोड थियो । धेरैका लागि त्यो सामान्य साइबर घटना हुन सक्थ्यो, तर तीन युवा विद्यार्थीका लागि त्यही घटना भविष्यको व्यवसायिक यात्राको सुरुआत बन्यो ।
सन् २०१३ मा इन्जिनियरिङ अध्ययन गरिरहेका दीपकजंग थापा, पवन कुमार र परतोष कुमारले साइबर सुरक्षालाई व्यवसाय बनाउने निर्णय गरे । वर्षौंको मेहनतपछि उनीहरूले स्थापना गरेको कम्पनी क्राटिकल टेक अहिले भारतको बम्बई स्टक एक्सचेञ्ज (बीएसई) सम्म आइपुगेको छ ।
हालै कम्पनीले सार्वजनिक निष्कासन (आईपीओ) ल्याउँदा लगानीकर्ताको उत्साह अपेक्षाभन्दा निकै माथि देखियो । तीन दिनका लागि खुला गरिएको आईपीओमा उपलब्ध सेयरभन्दा २०५.८ गुणा बढी आवेदन परेको छ । यसले साइबर सुरक्षामा आधारित भारतीय प्रविधि कम्पनीहरूप्रति लगानीकर्ताको बढ्दो विश्वासलाई पनि संकेत गरेको छ ।
यस सफलतापछाडि नेपालसँग जोडिएको एउटा रोचक सम्बन्ध पनि छ । कम्पनीका सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपकजंग थापा नेपालको खोटाङका हुन् । खोटाङको ग्रामीण परिवेशबाट भारतको प्रतिष्ठित प्रविधि संस्थान हुँदै आज विश्व बजारमा सूचीकरण भएको कम्पनीको नेतृत्व तहसम्म पुग्नु उनको व्यक्तिगत यात्राको अर्को महत्वपूर्ण अध्याय बनेको छ ।
आईपीओपछि थापाले आफ्नो अनुभव साझा गर्दै भनेका छन्, "खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेञ्जको ट्रेडिङ फ्लोरसम्म पुग्दा यो यात्रा सपना जस्तै लागिरहेको छ । लगानीकर्ताको यति ठूलो विश्वासले हामीलाई अझ जिम्मेवार बनाएको छ ।"
उनका अनुसार कम्पनीको लक्ष्य आईपीओमै सीमित छैन । नयाँ पूँजीको उपयोग गर्दै अमेरिकालगायत खाडी मुलुकमा सेवा विस्तार गर्ने योजना बनाइएको छ । साइबर सुरक्षाको बढ्दो विश्वव्यापी मागलाई लक्षित गर्दै कम्पनीले आफ्ना उत्पादन र सेवा थप सुदृढ बनाउने रणनीति लिएको छ ।
ह्याकिङबाट जन्मिएको कम्पनी
क्राटिकल टेकको कथा कुनै ठूलो लगानी वा व्यवसायिक योजनाबाट सुरु भएको थिएन । साथीको इमेल ह्याक भएपछि साइबर सुरक्षाको महत्वबारे उनीहरू गम्भीर बने । त्यही अनुभवले डिजिटल सुरक्षामा समाधान खोज्ने प्रेरणा दियो र अन्तत: कम्पनी स्थापना भयो ।
आज कम्पनीले साइबर सुरक्षा परामर्श, नियामकीय अनुपालन (कम्प्लायन्स), क्लाउडमा आधारित सुरक्षा सेवा तथा ‘सिक्युरिटी एज अ सर्भिस’ उपलब्ध गराउँदै आएको छ । बैंक तथा वित्तीय संस्था, फिनटेक, दूरसञ्चार, ई-कमर्स, स्वास्थ्य र सूचना प्रविधिमा आधारित व्यवसायहरू यसको मुख्य ग्राहक बनेका छन् । भारतसँगै खाडी मुलुकहरूमा पनि कम्पनीले आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।
एन्जल लगानीबाट अर्बौंको मूल्यसम्म
सुरुआती चरणमा चार जना एन्जल लगानीकर्ताको सहयोगबाट अघि बढेको कम्पनीको मूल्य अहिले करिब ३ अर्ब २३ करोड नेपाली रुपैयाँ पुगेको अनुमान गरिएको छ । केही वर्षअघिसम्म सीमित स्रोतबाट सुरु भएको कम्पनी आज सार्वजनिक कम्पनीका रूपमा नयाँ चरणमा प्रवेश गरेको छ ।
यद्यपि कम्पनीले नेपालमा अझै प्रत्यक्ष कार्यालय स्थापना गरेको छैन । नेपालमा सेवा उपलब्ध गराउन भने काठमाडौंस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजीसँग सहकार्य गर्दै आएको छ ।
क्राटिकल टेकको यात्रा केवल एउटा स्टार्टअपको व्यवसायिक सफलताको कथा मात्र होइन । यो नेपालका युवाले अन्तर्राष्ट्रिय प्रविधि उद्योगमा आफ्नो क्षमता स्थापित गर्न सक्ने सम्भावनाको पनि उदाहरण हो । खोटाङबाट सुरु भएको एउटा सपना आज साइबर सुरक्षाको विश्वव्यापी बजारमा आफ्नो स्थान बनाउन अग्रसर देखिन्छ ।
स्टोरी
देउखुरीका युवा डेभलपरले बनाएको लाइसेन्स ट्रयाकरले बदल्यो सरकारी डेटा खोज्ने तरिका
काठमाडौं । दाङको राप्ती ३ देउखुरीबाट राजधानी छिरेका सुशान्त गिरीले ‘लाइसेन्स आयो कि आएन’ भन्ने…
किरानादेखि क्लाउडसम्म: ट्याङ्गो ईआरपीको यात्राले बदल्दैछ व्यापारको तरिका
काठमाडौं । नेपालका साना तथा मझौला व्यवसाय (SME) हरूको दैनिकी अझै पनि हाते डायरी, एक्सेल सिट र आधारभूत बि…
एआई र डीपफेकको दुरुपयोगले महिलामाथि अनलाइन हिंसा बढ्दै, सार्वजनिक मञ्चबाट पछि हट्न बाध्य
काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई सजिलो त बनाएको छ, तर यसको गम्भीर दुष्परिणाम पनि अब स्पष्ट रूपमा देख…
मोबाइलदेखि विद्युतीय कारसम्म: लिथियम-आयन ब्याट्रीको विकास
काठमाडौं । सन् २०१९ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जोन बी. गुडइनफ (John B. Goodenough), एम.…
इनोभेटर: नेपालको आफ्नै घरेलु ‘सुपर एप’ जसले विद्यार्थीलाई सिक्न, बनाउन र आम्दानी गर्न एउटै डिजिटल चौतारी दिन खोज्दैछ
काठमाडौं । डिजिटल युगमा जहाँ विद्यार्थीहरू अनगिन्ती विज्ञापन र अनुपयुक्त सामग्रीमा अल्झिरहेका छन्, त्यहाँ …
नेपाली माटोबाट विश्व एआई मञ्चसम्म: सेजियाको यात्रा
काठमाडौं । विद्यार्थी जीवनको भागदौडको समयमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत तीन युवा बासव झा, उज्ज्वल पुरी र…
इन्टरनेट युगमा अवसर : किन बढ्दो छ SEO को महत्व ?
काठमाडौं । अहिलेको जमाना इमेल इन्टरनेटको हो । कम्प्युटरमा एक क्लिक गरेको भरमा दुनियामा कहाँ के भइरहेछ भन्ने…
मेसिनलाई सिकाउने डाक्टर
विश्व अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को क्रेजमा छ । मेसिनहरूले भाषा बुझ्ने, अनुवाद गर्ने र निर्णय प्रक्रियामा सहयोग गर्ने प्रणालीह…
सामाजिक सञ्जाल ‘मोल्टबुक’: जहाँ मानिस होइन, एआई एजेन्टहरू आफै कुरा गर्छन्
पछिल्लो एक सातायता एआई क्षेत्रमा चासो राख्नेहरूबीच ‘मोल्टबुक&r…
विश्वभर फैलिन खोज्दै नेपाली आईटी कम्पनी, विदेशमा लगानीका लागि ३ कम्पनीले पाए अनुमति
तीनवटा नेपाली आईटी कम्पनीले विदेशमा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका छन् । राष्ट्र बैंकले विदेशमा सहायक कम्…
जसलाई सरकारले सहयोग गरेन, उही मन्त्री बने
समयको खेल अचम्मको हुन्छ ।
जसले सहयोगका लाग…
ग्यारेजदेखि ग्लोबलसम्म: असफलताले जन्माएका चार विश्वव्यापी सफलताहरू
असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ ।
…१५ वर्षदेखि अमेरिकाको एआई क्षेत्रमा काम गरिरहेकी डा. रोशा
सन् २०१० को सुरूवाततिर एआई, मेसिन लर्निङ, न्युरल नेटवर्क, इमेज प्रोसेसिङ, डेटा साइन्स भर्खर भर्खर लोकप्रिय हुन थालेको थियो । नया…