स्टोरी
अमेरिका जाने अवसर त्योगेर १५ वर्षदेखि रेमिट्यान्सलाई डिजिटलाइज गरिरहेका अनुप
सन् २००० को दशकमा नेपालमा रेमिट्यान्स कम्पनीहरू खुल्न थाले । सन् २००१ मा आईएमई रेमिट स्थापना भएसँगै त्यसपछि क्रमशः रेमिट्यान्स कम्पनीहरू खुल्दै गए । रेमिट्यान्स कम्पनीहरूले विदेशमा कमाएको पैसालाई सिधैं नेपाल पठाउने सहज र सुरक्षित सुविधा दिए ।
त्यो बेला नेपालमा विस्तारै रेमिट्यान्स बुम हुँदै थियो । रेमिट्यान्स बुम हुँदै जाँदा सेवा प्रवाहलाई प्रविधिमैत्रीसँगै अझै सरल र सहज बनाउने चुनौती रेमिट्यान्स कम्पनीहरू सामु थियो ।
यो समस्यालाई अनुप शेरचनले नजिकबाट नियालिरहेका थिए । युक्रेनबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययन गरेर नेपाल फर्किएको केही वर्षपछि शेरचनको दिमागमा रेमिट्यान्स कम्पनीका लागि सफ्टवेयर बनाउने आईडिया आयो ।
सन् १९९८ मा युक्रेनबाट अध्ययन पूरा गरी नेपाल आएका उनले केही वर्ष आईटी ट्रेनिङ इन्स्टिच्युट एनआईआईटीमा काम गरे । एनआईआईटीको कम्प्युटर ल्याबमा ‘ल्याब ब्वाई’को रूपमा काम सुरू गरेका उनी पछि सिनियर फ्याकल्टीसम्म बने । एनआईआईटीमा काम गर्दा धेरै कुराहरू सिकेको उनको अनुभव छ ।
एनआईआईटीमा काम गरिरहेकै बेला सन् २००२ तिर उनलाई एउटा अमेरिकी कम्पनी पायोनियर सोलुसनबाट रोजगारीको अफर आयो । उक्त प्रस्तावलाई स्वीकार गर्दै उनी त्यहाँ टेक्निल लिड भएर काम गर्न थाले । केही वर्षपछि पायोनियर सोलुसन पनि बन्द भयो । पायोनियर सोलुसनमा उनले करिब ३ वर्षमा त्यहाँ काम गरेका थिए ।

पायोनियर सोलुसन बन्द भएपछि अब के गर्ने भन्ने प्रश्नले उनलाई पछ्याइरह्यो । त्यसपछि रेमिट्यान्सलाई डिजिटलाइज गर्ने उद्देश्यले सन् २००५ फिनटेक कम्पनी इन्फिकेयर स्थापना गरे । खासमा इन्फिकेयर स्थापना हुनु अगाडि नै उनले रेमिट्यान्सलाई डिजिटलाइज गर्ने सफ्टवेयर बनाइसकेका थिए । ४-५ महिना लगातार रातको २-३ बजेसम्म बसेर सफ्टवेयर तयार गरेको अनुप बताउँछन् ।
‘दिनभर अमेरिकन कम्पनीमा काम गरेर रातको २-३ बजेसम्म रेमिट्यान्स सफ्टवेयरमा काम गर्थे,’ उनी भन्छन्, ‘सफ्टवेयर बनाउन ४-५ महिना लागेको थियो । अफिसबाट ६ बजे आएर रातको २-३ बजेसम्म काम गर्थे ।’
इन्फिकेयर स्थापना नहुँदै आईएमई र प्रभु रेमिटले समेत उक्त सफ्टवेयर प्रयोग गर्न थालिसकेका थिए । इन्फिकेयर स्थापना गरेपछि उनले यसलाई अझै व्यवस्थित रूपमा अगाडि बढाए । एउटा कोठाबाट सुरू भएको इन्फिकेयरले आज १५ देशका १५० बढी रेमिट्यान्स कम्पनीहरूलाई सेवा प्रदान गरिरहेको छ भने १०० बढीले रोजगारी पाएका छन् ।
उद्यमशीलतामार्फत देशको अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेका अनुप शेरचनलाई सन् २०२३ मा आन्टरप्रेनर आइसिटी अवार्ड समेत प्रदान गरिएको थियो । अहिले नेपालमा भित्रिने रेमिट्यान्सको ६० प्रतिशत रकम इन्फिकेयरको सफ्टवेयरबाट आउने अनुपको भनाइ छ ।
अमेरिका जाने अवसर त्योगेर उद्यमी
भैरहवामा जन्मिएका शेरचनको हुर्काइ मध्यम परिवार भयो । जावलाखेलको एभीएम स्कुलमा विद्यालय तहको अध्ययन गरेका उनले प्लस टु साइन्स त्रिचन्द्र कलेजमा पढेका थिए । सुरूमा उनले एरोनोटिकल इन्जिनियरिङ पढ्ने सोच बनाएका थिए तर कम्प्युटर इन्जिनियरिङ पढे ।
१२-१३ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर देखका शेरचन आज एक सफल आईटी उद्यमीको रूपमा पहिचान बनाउन सफल भएका छन् । सफल आईटी उद्यमी बन्न उनले धेरै संघर्ष गर्नुपरेको छ । सुरूमा एकजना साथी र अनुपले मिलेर इन्फिकेयर स्थापना गरेका थिए । तर १-२ वर्षसम्म पनि कम्पनीले कमाइ गर्न नसकेपछि साथी अर्को कम्पनीमा काम गर्न गए ।
इन्फिकेयर चलाउनकै लागि सुरूका केही वर्ष घरबाट पैसा माग्नु परेको शेरचनको अनुभव छ । ‘केही सम्भावना देखेर इन्फिकेयर सुरू गरेको थिए । मेहनत गरेर बनाएको सफ्टवेयर चटक्कै छोडेर हिड्न मन लागेन,’ उनले भने, ‘त्यो बेला भर्खर भर्खर बिहे पनि गरेको थियो । आफुसँग क्यास पनि थिएन । घरबाट धेरै पटक पैसा माग्नु परेको छ ।’

नेपालमै आफ्नै केही गर्ने हुटहुटीका कारण उनले अमेरिका जाने अवसर समेत त्योगे । पहिला बन्द भएको पायोनियर सोलुसनले नै काम गर्नका लागि अब अमेरिकामै आउन भन्ने प्रस्ताव पठायो । उनी गएनन् तर इन्फिकेयर सुरू गर्दाको साथीलाई पठाए ।
अमेरिकाको अवसर त्यागेकोमा उनलाई आज कुनै पछुतो छैन् । नेपालसहित मेलेसिया र अमेरिकामा इन्फिकेयरको कार्यालय नै छ । तर नेपालबाटै सबै कन्ट्रोल हुन्छ । इन्फिकेयरसँग अहिले रेमिट्यान्स सफ्टवेयर आई रेमिट एक्स, एएमल/सिएफ्टी सफ्टवेयर आई केयर र डकुमेन्ट म्यानेजमेन्ट सिस्टम स्मार्ट डकुमेन्ट छ ।
अब इन्फिकेयरलाई विश्वव्यापी चिनाउने काममा लाग्ने योजना अनुपको छ । ‘अब इन्फिकेयरलाई ग्लोबल्ली चिनाउनु छ । गल्फ तिर पनि सेवा विस्तार गर्दै छौं,’ शेरचन भन्छन्, ‘भइरहेका प्रडक्टमाथि फोकस गरेर अबको २-३ वर्षमा रोजगारी दोब्बर बनाउने योजना छ ।’
स्टोरी
टेलिकमका ‘ट्रबलशुटर’
नेपालको सूचना प्रविधि क्षेत्रमा ३ दशकदेखि क्रियाशिल नाम हो, ई. लोचनलाल अमात्य । काठमाडौंको कोपुण्डोलमा २०१७ सालमा जन्मिएका अमा…
२३ वर्ष अघिनै अवतारसहितको च्याटबट बनाउने नेपाली वैज्ञानिक
पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । हरेक सेवा तथा प्रडक्टमा एआई इन्टिग्रेट हुन थालेको छ । त…
घोषणामै सिमित आईटी दशक, कार्यान्वयनका लागि बजेट नभएको कि इच्छाशक्ति ?
चालु आर्थिक वर्ष २०८१/०८२ देखि लागु हुने गरी सरकारले घोषणा गरेको सूचना प्रविधि (आईटी) दशक घोषणामै सिमित भएको छ ।
…इन्स्टाग्राम : फोटो एपबाट विश्वकै अग्रणी सामाजिक सञ्जालसम्मको यात्रा
इंस्टाग्रामको तीव्र उन्नतिको कथा सिलिकन भ्यालीको परीकथाजस्तै छ । फोटो र भिडियो सेयर गर्ने यो सामाजिक सञ्जाल एप्लिकेसन विश्वकै प्रम…
ई-कमर्स बिजनेसका लागि उपयोगी प्लेटफर्म ब्ल्यांकसर, वेबसाइट निर्माणदेखि लजिष्टिकसम्म सघाउने
नेपालमा पनि पछिल्लो समय ई-कमर्सको प्रयोग बढ्दै गएको छ । भविष्यमा ई-कमर्सको प्रयोग झनै बढने निश्चित नै छ ।
पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज
विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…
एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?
काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…
कम्प्युटरलाई नेपाली भाषा सिकाउने सुनैना घिमिरे पाण्डे
कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छ…
एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…
एनसीआईटी कलेज : स्टार्टअप र इन्नोभेसनमा जोड, नतिजामा पनि अब्बल
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) प…
कहिलेबाट सुरु भएको हो टेलिमेडिसिन सेवा ?
टेलीमेडिसिन ग्रीक शब्द ‘टेली’ र ल्याटिन शब्द ‘मेडेरी’ बाट बनेको हो । टेलीको अर्थ ‘दूरी’ …
कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…
९ महिनादेखि प्रधानमन्त्रीको पर्खाइमा काठमाडौं विश्वविद्यालयको हाइड्रोजन कार
पछिल्लो समय नेपालमा हाइड्रोजनले चर्चा पाउन थालेको छ । नेपालमा ग्रीन हाइड्रोजनको उच्च सम्भावना रहेको भन्दै काठमाडौं विश्वविद्यालय …
टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै
विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापन…
नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य
नेपालीहरू विश्वका प्राय हरेक देशमा पुगेका छन् । कोही व्यवसायमा जमेका छन् त कोही ठूला ठूला कम्पनीमा काम गर्छन् ।