टिप्स
फोटोहरू ब्याकअप गर्दै हुनुहुन्छ ? यी केही गल्ती गर्दा वर्षौँका तस्बिर सधैँका लागि मेटिन सक्छन्
प्रत्येक तस्बिरको एउटा कथा हुन्छ । त्यसले उत्सव, रमाइलो, जीवनको कुनै विशेष क्षण वा कसैसँगको अन्तिम मुस्कान बोकेको हुन सक्छ ।
तर ती सबै यादहरू केही सेकेन्डमै हराउन सक्छन् यदि तपाईंले आफ्ना फोटो–भिडियो सुरक्षित राख्ने सही तरिका अपनाउनु भएन भने । आज स्मार्टफोनले कुनै पनि क्षण कैद गर्न सजिलो बनाएको छ, तर तिनलाई दीर्घकालीन रूपमा सुरक्षित राख्नेबारे धेरैजसो मानिस लापरवाह छन्।
पुराना दिनमा तस्बिर प्रिन्ट भएर फोटो एल्बममा राखिन्थ्यो, तर अहिले ती यादहरू हार्ड ड्राइभ वा क्लाउड सेवाहरूमा अनियमित रूपमा थन्किएका हुन्छन् । एक सानो गल्तीले ती यादहरू सधैंका लागि मेटिन सक्छन् ।
३-२-१ नियम
गूगल फोटोज, आईक्लाउड वा अमेजन फोटोज जस्ता सेवामा अपलोड गर्नु राम्रो सुरुवात भए पनि त्यो केवल एक प्रतिलिपि मात्र हो, र एक प्रतिलिपि कहिल्यै पर्याप्त हुँदैन।
खाता ह्याक, लक, वा सेवा प्रदायकको नीतिमा आएको परिवर्तनले वर्षौँका तस्बिर पलभरमै हराउन सक्छन्। यस्तै समस्याबाट जोगिन विशेषज्ञहरूले सिफारिस गर्ने 3-2-1 ब्याकअप नियम अत्यन्तै महत्वपूर्ण हुन्छ ।
3-2-1 नियममा तीन प्रतिलिपि हुन्छ, जसमा दुई प्रकारका भण्डारण माध्यम र एक प्रतिलिपि अफसाइट। उदाहरणका लागि, कम्प्युटरमा मुख्य लाइब्रेरी, बाहिरी हार्ड ड्राइभमा अर्को प्रतिलिपि र क्लाउडमा थप सुरक्षित कपी राख्दा कुनै एक माध्यम विफल भए पनि यादहरू सुरक्षित रहन्छन्।
तर धेरैले सबै ब्याकअप एउटै ठाउँमा राख्ने गल्ती गर्छन्। आगलागी, चोरी वा अन्य दुर्घटनाले एकैचोटि सबै प्रतिलिपि नष्ट हुन सक्छन्। सन् २०२५ को विश्वव्यापी एडब्लुएस आउटेजले पनि एउटा मात्र स्थानमा भर पर्नु कति जोखिमपूर्ण हुन सक्छ भन्ने स्पष्ट देखाएको थियो।
नियमित जाँच गर्ने बानी
त्यति मात्र होइन, मानिसहरूले बनाएका ब्याकअपले अझै काम गर्छ कि छैन भन्ने नियमित जाँच नगर्ने बानीले पनि ठूलो क्षति निम्त्याउँछ। धेरैको अनुभव हुन्छ—वर्षौँसम्म नखोलेका बाहिरी ड्राइभ अचानक नचल्ने र बालबालिकाका तस्बिरहरूजस्ता अमूल्य यादहरू सधैँका लागि हराउने।
यसबाहेक, यात्रा अघि फोनमा ठाउँ बनाउन भन्दै सबै तस्बिरहरू एकै अनियोजित फोल्डरमा फालिदिने गल्ती पनि धेरैले गर्छन्। तस्बिर सुरक्षित त हुन्छन्, तर अव्यवस्थित ‘फोटो डम्प’ कहिल्यै नखुल्ने डिजिटल जंगल बन्न सक्छ। डिजिकाम जस्ता फोटो व्यवस्थापन उपकरणले यस समस्याबाट जोगिन मद्दत गर्न सक्छ।
क्लाउड सेवाहरू स्वयं पनि स्थायी हुँदैनन्। सन् २०२४ मा गूगलले लाखौँ निष्क्रिय खाता हटाउँदा गूगल फोटोजमा रहेका यादहरू समेत सधैँका लागि हराएका थिए। त्यसैले समय–समयमा क्लाउड खातामा लगइन गर्नु, सूचनाहरू हेर्नु, र नियम परिवर्तनबारे सजग रहनु अति आवश्यक छ।
अन्तत, फोटोहरू केवल फाइल होइनन्—ती हाम्रो व्यक्तिगत इतिहासका पाना हुन्। एउटा गल्ती, एउटा बिग्रिएको ड्राइभ, वा एउटा बिर्सिएको पासवर्डले दशकौँका यादहरू मेटिन सक्छन् । त्यसैले अब ढिला नगरी उचित योजना बनाउनुपर्छ।
3-2-1 नियम अपनाउने, अटो–ब्याकअप प्रणाली सेट गर्ने, हरेक तीन महिनामा ब्याकअप परीक्षण गर्ने, अफसाइट–एन्क्रिप्टेड प्रतिलिपि राख्ने, र पुराना ड्राइभ समय–समयमा प्रतिस्थापन गर्ने जस्ता उपायले तपाईंका यादहरू दीर्घकालसम्म सुरक्षित राख्न सक्छन्।
आजै एक घण्टा समय निकालेर आफ्नो ब्याकअप प्रणाली जाँच्नुहोस्—यही सानो कदमले तपाईंका अमूल्य क्षणहरू सदाझैँ सुरक्षित राख्न सहयोग पुर्याउँछ।
टिप्स
स्मार्टफोनको पावर बटनका ५ स्मार्ट प्रयोग: फोन चलाउन अझ सजिलो बनाउने तरिका
आज पनि धेरै मानिसहरूले आफ्नो स्मार्टफोनको पावर बटनलाई केवल फोन अन वा अफ गर्न मात्र प्रयोग गर्छन्। तर यो सानो बटनले तपाईंको फोनक…
एआई ल्यापटपको बढ्दो माग: के पुरानो ल्यापटप अब कामको रहदैँन?
पछिल्लो एक वर्षमा एआई प्रविधि टेक संसारको सबैभन्दा ठूलो सेलिङ्ग पोइन्ट बनेको छ। अब केवल स्मार्टफोन मात्र होइन; टिभी, फ्रिज, एसी र…
स्वास्थ्य सल्लाहका लागि एआई च्याटबोट प्रयोग गर्दा सावधानी अपनाउन विशेषज्ञहरूको सुझाव
कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोटहरू स्वास्थ्यसम्बन्धी सामान्य जानकारी लिनका लागि धेरै प्रयोग हुन थालेका छन्। तर विशेषज्ञहरूले यस्ता प्रणालीलाई पेशेवर चिकित्सकको…
फोनको ब्याट्री चाँडै कमजोर हुन्छ ? चार्जिङ लिमिट सेट गर्दा बढ्न सक्छ आयु
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो दैनन्दिन जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। सामाजिक सञ्जाल प्रयोगदेखि अफिसको काम, फोटो तथा…
अरूको कलबाट हैरान हुनुहुन्छ ? नम्बर ब्लक नगरी यसरी छुटकारा पाउन सकिन्छ
कहिलेकाहीँ कुनै व्यक्तिले बारम्बार फोन गर्दा हैरानी हुन सक्छ। तर धेरै मानिस त्यस्तो नम्बर सिधै ब्लक गर्न चाहँदैनन्, किनकि ब्लक गरिए…
चार्जर सधैं प्लगमा राख्दा कत्तिको सुरक्षित?
आजको समयमा स्मार्टफोन र ल्यापटप हाम्रो दैनन्दिन जीवनको अत्यावश्यक हिस्सा बनेका छन्।
यी उपकर…
बिना कारण सिमकार्ड किन बिग्रिन्छ ? कारण, लक्षण र जोगिने उपाय
स्मार्टफोनको यो युगमा सिमकार्ड नै प्रयोगकर्ताको महत्वपूर्ण डिजिटल पहिचान बनेको छ।
तर पछिल्…
डेटा लिक बढ्दो जोखिम: आफ्नो इमेल, बैंकिङ र डिजिटल खातालाई कसरी सुरक्षित राख्ने?
हालका वर्षहरूमा डेटा लिकका घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। इमेल, पासवर्ड र बैंकिङ विवरणहरू बाहिरिने घटनाले व्यक्तिको आर्थिक र व्यक्तिगत सुरक्षामै प्रत्यक्ष ज…
इजेक्ट नगरी पेन ड्राइव निकाल्दा डेटा करप्ट हुन सक्छ, डिभाइस नै डेड हुने जोखिम
जब–जब पेन ड्राइव कम्प्युटर वा फोनसँग जडेको हुन्छ, हामीलाई लाग्छ काम सकियो। तर वास्तविकतामा अपरेटिङ सिस्टम (विन्डोज वा एन्ड्…
हेडफोन, ईयरफोन कि ईयरबड्स? सही अडियो डिभाइस कसरी रोज्ने?
आज अडियो डिभाइस केवल गीत सुन्ने साधन मात्र होइन—अनलाइन कक्षा, अफिस मिटिङ, गेमिङ, पोडकास्ट र फिटनेससम्म दैनिक जीवनको अन…
तपाईंको गुगल अकाउन्ट ह्याक त भएको छैन? यी सजिला स्टेप्सबाट थाहा पाउनुहोस् र तुरुन्तै सुरक्षित बनाउनुहोस्
साइबर आक्रमणको यस युगमा ह्याकर्सहरू प्रायः तपाईंको अकाउन्टको पहुँच कब्जा गरी बस्छन् र तपाईंलाई थाहा पनि नहुन सक्छ। उनीहरूले तपाई…
फोल्डेबल फोन: प्रिमियम आकर्षण कि महँगो जोखिम? किन अहिले नै किन्नु अघि सोच्नैपर्छ
गुगल र स्यामसङको पछि अब फोल्डेबल फोनको बजार अझै तताउने संकेत देखिएको छ। यद्यपि यी फोन देखिनमा अत्यन्तै प्रिमियम र हाई–ट…
शटडाउन कि रिस्टार्ट? किन सही अप्सन छान्नु पीसीको स्वास्थ्यका लागि आवश्यक छ?
विन्डोज कम्प्युटरमा पाइने शटडाउन र रिस्टार्ट अप्सन देखिनमा उस्तै जस्तो लागे पनि, विन्डोज ८ र त्यसपछि आएका भर्जनहरूमा तिनीहरूको काम…
ह्वाट्सएप कल कसरी रेकर्ड गर्ने? आइफोन र एन्ड्रोइड प्रयोगकर्ताका लागि सजिलो उपाय
“नर्मल कल” मा आजकल रेकर्डिङ सुविधा सजिलै उपलब्ध भए पनि ह्वाट्सएपमा भएको महत्वपूर्ण कुराकानी सुरक्षित राख्न धेरै प्रयोगकर्तालाई समस्या पर्ने गर्छ। का…
च्याटजीपीटीको युगमा पढाई कसरी गर्ने? एआईले शिक्षा र नक्कलको परिभाषानै बदल्दै
आजकल कलेज र विश्वविद्यालयहरूमा जेनेरेटिभ एआई (जस्तै च्याटजीपीटी) को प्रयोग सामान्य कुरा बनेको छ। विद्यार्थीहरू आफ्नो पढाइका लागि…