टिप्स
किन पासवर्ड म्यानेजर प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
यस्तो अवस्थामा पासवर्ड म्यानेजरमा आफ्नो अकाउन्टको क्रेडेन्सियल सेभ गरेर राख्न सक्नुहुन्छ । यसले लगइन अनुभवलाई अझ सहज र सरल बनाउँछ ।
यसले पासवर्ड सुरक्षित रूपमा राख्न मात्रै होइन, यूनिक पासवर्ड सिर्जना गर्न, स्टोर गर्न र व्यवस्थापन गर्नमा पनि मद्दत गर्दछ ।
पासवर्ड म्यानेजरका धेरै फाइदाहरू छन् । धेरै अकाउन्टहरूमा एउटै पासवर्ड राख्नु उपयुक्त हुँदैन् र अकाउन्ट पिच्छे फरक फरक पासवर्ड राख्दा सम्झिन गार्हो हुन्छ । यस्तो अवस्थामा पासवर्ड म्यानेजर काम लाग्छ ।
पासवर्ड चुहावट (जब वेबसाइटहरू ह्याक हुन्छन् र प्रयोगकर्ताको डेटा चोरी गरिन्छ) अहिले सामान्य विषय बनेको छ । यदि ह्याकरहरूले तपाईंको लगइन क्रेडेन्सियल्स प्राप्त गरे भने, उनीहरूले तिनलाई अन्य वेबसाइट वा अकाउन्टहरूमा प्रयोग गर्न सक्छन् । यहाँ पासवर्ड म्यानेजर उपयोगी हुन्छ । यो पासवर्डलाई सुरक्षित रूपमा स्टोर गर्छ, ताकि तपाईंले सम्झनु नपरोस् । तपाईंले केवल पासवर्ड म्यानेजरको मास्टर पासवर्ड सम्झनु पर्छ ।
यो कसरी काम गर्छ?
सबैभन्दा पहिले मास्टर पासवर्ड सेट गर्नुपर्छ । यो डिजिटल भल्ट खोल्न प्रयोग गरिन्छ, जहाँ सबै पासवर्डहरू स्टोर हुन्छन् । पासवर्ड म्यानेजरले पासवर्ड मात्र होइन, तपाईंको व्यक्तिगत जानकारी जस्तै नाम, ठेगाना, क्रेडिट कार्ड विवरण आदिलाई पनि सुरक्षित रूपमा सम्झन्छ ।
के पासवर्ड म्यानेजर सुरक्षित हुन्छ?
केही पासवर्ड म्यानेजरहरू ह्याक हुन सक्छन्, तर यदि तिनीहरूले एन्क्रिप्सन प्रविधि (जस्तै एईएस–२५६) प्रयोग गर्छन् भने यो जानकारी ह्याक गर्नु लगभग असम्भव हुन्छ । जब तपाईं पासवर्ड सेव गर्नुहुन्छ, पासवर्ड म्यानेजरले त्यस डाटालाई सुरक्षित राख्न एन्क्रिप्सन एल्गोरिदमको प्रयोग गरेर एन्क्रिप्ट गर्छ । केवल मास्टर पासवर्डबाट मात्र यो डिक्रिप्ट गर्न सकिन्छ ।
पासवर्ड म्यानेजर कसरी छान्ने?
पासवर्ड म्यानेजर छान्दा यसले बलियो एन्क्रिप्सन प्रयोग गर्छ कि गर्दैन भनेर ध्यान दिनुहोस् । यदि तपाईं पासवर्ड बिर्सनुहुन्छ भने, लकआउट फीचरले पासवर्ड रिसेट गर्न सहयोग गर्न सक्छ ।
सफ्टवेयरले पहिचान चोरीबाट बच्न सुरक्षा उपाय प्रदान गर्छ कि गर्दैन जाँच गर्नुहोस् ।
पासवर्ड म्यानेजर तपाईंको डिभाइस र ब्राउजरसँग सहजै काम गर्छ कि गर्दैन सुनिश्चित गर्नुहोस् ।
केही पासवर्ड म्यानेजरहरूको लागि शुल्क तिर्नु पर्छ, तर केही निःशुल्क पनि उपलब्ध छन्, जसलाई तपाईं परीक्षणका रूपमा डाउनलोड गर्न सक्नुहुन्छ ।
केही वेब ब्राउजरमा इनबिल्ट पासवर्ड म्यानेजरहरू हुन्छन्, तर यी प्रायः प्रभावकारी हुँदैनन्, किनभने यी पासवर्डलाई अनएन्क्रिप्टेड फार्ममा स्टोर गर्छन् । यसको मतलब कम्प्युटरको हार्ड ड्राइभ एन्क्रिप्टेड छैन भने, कुनै पनि पासवर्ड फाइलहरू सजिलै एक्सेस गर्न सकिन्छ ।
पासवर्ड म्यानेजरको सूची
– लास्टपासः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ। यो सब्सक्रिप्सन मोडलमा आधारित छ ।
– ड्यासलेनः यो विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ। यो फ्री र प्रिमियम भर्सनमा उपलब्ध छ ।
– बिटवार्डेनः लिनक्स, विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ । फ्री र प्रिमियममा उपलब्ध छ ।
– कीपरः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडको लागि । प्रिमियम सब्सक्रिप्सनमा आधारित ।
– नर्डपासः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ । यो फ्री र प्रिमियममा उपलब्ध छ ।
टिप्स
गूगललाई लोकेसन ट्रयाक गर्नबाट रोक्ने सजिलो उपाय
आजको डिजिटल युगमा हाम्रो हरेक गतिविधि अनलाइन रेकर्ड हुन्छ, र लोकेशन ट्र्याकिंग यसको महत्त्वपूर्ण हिस्सा हो । गूगलजस्ता कम्पनीहरूले…
एडसेन्सदेखि सुपर च्याटसम्म: युट्युबमार्फत कमाइ गर्ने पाँच प्रमुख उपाय
यूट्यूब लाखौँ–करोडौँ प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको माध्यम हो । यो प्लेटफर्म विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्…
पहिलो पटक ल्यापटप किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् उपयुक्त ल्यापटप
पहिलो पटक ल्यापटप किन्नु महत्त्वपूर्ण निर्णय हो । आफ्नो आवश्यकता र बजेटअनुसार सही विकल्प छान्नुपर्ने हुन्छ ।
अकाउन्ट सुरक्षित राख्नका लागि उत्तम पासवर्ड कसरी छनोट गर्ने?
फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अका…
स्मार्टफोन स्क्रिन गार्ड: सुरक्षाका साथ संभावित जोखिमहरूको खुलासा
स्मार्टफोनको स्क्रीन यसको सबैभन्दा महत्वपूर्ण भाग हो, किनभने स्क्रिनबिना स्मार्टफोन प्रयोग गर्न गाह्रो हुन्छ । स्क्रिन गार्डको प्रयोग सामा…
पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
मोबाइलको लतले हैरान पारेको छ ? यी सेटिङ सक्रिय गर्नुहोस्
स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च…
गुगलका पाँच सुझावः अनलाइन स्क्याम चिन्ने र बच्ने उपाय
ल्यान्डिङ पेज क्लोकिङबाट बच्नुहोस् । यो उच्च–प्रविधि ठगी हो, जहाँ स्क्यामरहरूले प्रयोगकर्ता र गुगललाई फरक सामग्री देखाउँछन् । …
यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर
गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन । यो एउटा पावरफुल टूल हो, जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो पनि ब…
फोनको स्टोरेज क्लिन गर्न जान्नुहोस् सरल टिप्स
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय
साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ …
पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्
तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, …
जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स
जीमेलको स्टोरेज भरिनु सबै स्मार्टफोन प्रयोगकर्ताका लागि सामान्य समस्या हो । जीमेल प्रयोगकर्तालाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गर…
एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन सबै प्रयोगकर्ताले थाहा पाउनै पर्छ
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्म…
सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न तपाईले गर्नैपर्ने यी पाँच काम
आज सबैजना इन्टरनेटको प्रयोग गर्दैछन् । इन्टरनेट चलाउन जति सजिलो र फाइदाजनक छ, त्यति नै खतरनाक पनि छ ।