कीवर्डहरू -

टिप्स

कुकीज र गोपनीयता: “एक्सेप्ट अल” क्लिक गर्नु अघि जान्नुपर्ने कुरा

काठमाडौं । आजको डिजिटल युगमा इन्टरनेटमा हरेक कदममा तपाईँको जानकारी ट्र्याक गरिन्छ । त्यसै क्रममा कुकीज तपाईँको ब्राउज़िङ अनुभव र प्राइवेसी दुवैमा महत्वपूर्ण भूमिका खेल्छ । धेरै वेबसाइटमा बारम्बार देखिने कुकीज पपअप्सले प्रयोगकर्तालाई झर्को लाग्ने गर्दछ र प्राय: मानिसहरु बिना ध्यान दिई “एक्सेप्ट अल” मा क्लिक गरिदिन्छन् । 

कुकीज के हुन् ?

कुकीज साना फाइलहरू हुन् जसले वेबसाईटलाई तपाईँको फोन वा कम्प्युटरमा सुरक्षित गर्छन् । यी फाइलहरूले सम्झिराख्छन् कि तपाईँले साइटमा के गरिरहनुभएको छ, जस्तै लगइन जानकारी, शपिंगकार्टमा राखिएका सामान वा प्राथमिक भाषा सेटिङ । कुकीजले वेबसाइट प्रयोगलाई सहज बनाउँछ र विज्ञापनदाताहरूलाई तपाईँको अनलाइन गतिविधि ट्र्याक गर्न मद्दत गर्छन् जसले टार्गेटेड विज्ञापन देखाउँछ ।

ब्राउजरमा सामान्यतया निम्न प्रकारका कुकीज पाइन्छन्:

  • आवश्यक कुकीज : वेबसाइट चल्नका लागि अनिवार्य; कुकीजबिना यी साइट ठीकसँग काम गर्दैन ।

  • प्रिफरेन्स/सेटिङ कुकीज : तपाईँको भाषा, स्थान र अन्य प्राथमिकताहरू सम्झेर राख्छन् ।

  • एनालिटिक्स/डेटा सङ्कलन कुकीज : साइटमा तपाईँको व्यवहार ट्र्याक गर्छन् ।

  • विज्ञापन कुकीज : "तपाईँलाई फलो गरेर र तपाईँको रुचिअनुसार विज्ञापन देखाउने काम गर्छन् ।

कुकीज स्वीकार गर्ने कि नगराउने ?

“एक्सेप्ट अल” क्लिक गर्दा साइटले तपाईँलाई अधिक सहज अनुभव दिन्छ, सेटिङहरू याद रहन्छन् र बारम्बार पुनः सेट गर्नुपर्दैन । तर यसको नकारात्मक पक्ष यो हो कि कम्पनीहरू तपाईँको गतिविधि विस्तृत रूपमा ट्र्याक गर्छन् र तिनीहरूको विज्ञापन नेटवर्कमा जानकारी साझा हुन सक्छ ।

विपरीत रूपमा, “रिजेक्ट अल कुकीज” गर्दा तपाईँको गोपनीयता बढ्छ, तर साइटको अनुभव सीमित हुन सक्छ, केही सुविधा वा अनुकूलन काम नहुन सक्छ । यूरोपमा सन् २०१८ मा लागु भएका नयाँ नियमका कारण यस्ता कुकीज पप-अपहरू व्यापक रूपमा देखिन थालेका हुन् । केही कुकीजहरू तपाईँले रिजेक्ट गर्न नपाउने अवस्थामा पनि हुन्छन्, ती प्राय: साइटका आधारभूत कार्यका लागि आवश्यक हुन्छन् ।

गोपनीयता र सुविधा बीच सन्तुलन कसरी गर्ने ?

कुकीजलाई पूर्ण रूपमा नराम्रो मान्नु उपयुक्त छैन, समझदारीपूर्वक छनोट गरिएमा यी धेरै फाइदाजनक हुन सक्छन् ।

  • केवल आवश्यक कुकीज स्वीकार गर्नुहोस्; अन्यलाई ब्लक वा रिजेक्ट गर्नुहोस् ।

  • साइटले कस्तो डाटा संकलन गर्छ भनी कुकी पोलिसी पढ्नुहोस् ।

  • यदि वेबसाइटले रिजेक्ट गर्ने विकल्प नदिएमा त्यस्तो साइटमा व्यवहारिक निर्णय लिनुहोस्; अत्यावश्यक नभए प्रयोग नगर्नुस् ।

  • ब्राउजर सेटिङ्गहरूबाट कुकीज म्यानेज गर्न सिक्नुहोस् र समय–समयमा कुकीज क्लियर गर्नुहोस् ।

  • निजी/इन्कोग्निटो मोड वा ट्र्याकिङ-प्रोटेक्सन एक्सटेन्सन प्रयोग गर्न सकिन्छ ।

कुकीजले इन्टरनेट अनुभव सजिलो बनाउँछ तर यसले गोपनीयता जोखिम पनि ल्याउन सक्छ । त्यसैले “एक्सेप्ट अल”मा अन्धाधुन्द क्लिक गर्नुको सट्टा, केवल आवश्यक कुकीज स्वीकार गर्ने र बाँकीलाई नियन्त्रणमा राख्ने व्यवहार अपनाउन सुझाव दिइन्छ ।

यदि कुनै साइटले गोपनीयतालाई बेवास्ता गर्छ वा रिजेक्ट गर्ने विकल्प दिदैन् भने त्यस्तो साइटको प्रयोगबाट बच्न सकिन्छ, यसरी तपाईँ इन्टरनेटको सुविधालाई उपयोग गर्दै आफ्नो प्राइवेसी पनि सुरक्षित राख्न सक्नुहुन्छ ।

टिप्स

दैनिक कार्यलाई सहज बनाउने १० उपयोगी एआई उपकरण

काठमाडौं । आजको डिजिटल युगमा, कृत्रिम बुद्धिमत्ता (एआई) ले हाम्रा दैनिक कार्यहरूलाई सहज, छरितो र प्रभाव…

नयाँ फोन किन्नुअघि यी ५ कुरा गर्नुहोस्, फोनको आयु बढ्छ

काठमाडौं । हरेक वर्ष टेक कम्पनीहरूले नयाँ स्मार्टफोन सार्वजनिक गर्छन्, र प्रयोगकर्ताहरू पनि अपग्रेड गर्नतर्फ …

यी ४ नि:शुल्क टुल्सले पासवर्ड लिकबारे समयमै दिन्छ चेतावनी

काठमाडौं । पासवर्डको लिकेज हुनु अहिले सामान्य विषय बनेको छ । दिनहुँ मानिसहरूको पासवर्ड लिक भइरहेका छ…

असुरक्षित वेबसाइटहरूबाट जोगिन यी ३ तरिकाहरू अपनाउनुहोस्

आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।

गर्मीमा स्मार्टफोन बिगार्ने पाँच सामान्य गल्तीहरू, जसले ब्याट्री र परफर्मेन्स दुवै बिगार्न सक्छ

गर्मी सुरु भइसकेको छ र यसको असर अब स्मार्टफोनमा देखिन थालेको छ। चर्काे घाम र बढ्दो तापक्रमले फोनको परफर्मेन्सलाई असर गरिरहेको छ…

के फास्ट चार्जिङले मोबाइलको ब्याट्रीमा असर गर्छ ?

काठमाडौं । आजको आधुनिक स्मार्टफोनहरूमा फास्ट चार्जिङ सुविधा सबैभन्दा लोकप्रिय प्रविधिमध्ये एक बनेको छ । छोटो स…

जीमेलको कन्फिडेन्शियल मोड : संवेदनशील इमेल सुरक्षित राख्ने तरिका

काठमाडौं । आजको समयमा धेरै मानिसहरूले केवल कुराकानी मात्र होइन, बैंक डिटेल्स, आइडी प्रूफ, पासपोर्टको …

ह्याकरबाट बच्न इन्स्टाग्राममा अतिरिक्त सुरक्षा तह कसरी थप्ने ?

काठमाडौं । धेरै मानिसहरूले आफ्नो सामाजिक सञ्जाल खातामा बलियो र फरक पासवर्ड राखे पुग्छ भन्ने सोच्ने गर्छन् । तर…

अनावश्यक इमेल हटाउन चाहनुहुन्छ ? यसरी सजिलै इनबक्स खाली गर्नुहोस्

काठमाडौं । जीमेल प्रयोगकर्ताहरूले 15GB को नि:शुल्क स्टोरेज प्रयोग गर्छन्, तर प्रचारात्मक इमेल, न्यूजलेटर र ट्रान्ज…

यी ८ उपयोगी वेबसाइट, जसले तपाईंको दैनिक कामलाई सजिलो बनाउँछ

काठमाडौं । प्रविधिको विकासले मानिसको कामलाई सहज बनाएको छ । हामी आफ्नो दैनिक कामहरूलाई सजिलो र प्रभाव…

ल्यापट्यापको टच प्याड चलेन ? यी हुन् कारण र उपाय

काठमाडौं । आजको डिजिटल युगमा ल्यापटप हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । पढाइदेखि अफिसको क…

अब इन्टरनेटबिनै चल्ने एआई: ल्यापटपमा यी टुल इन्स्टल गर्नुहोस्, डेटा पनि रहनेछ पूर्ण सुरक्षित

काठमाडौं । अहिलेसम्म एआईको प्रयोगको कुरा आउँदा इन्टरनेट अनिवार्य मानिन्थ्यो । च्याटजीपीटी, जेमिनी वा क्ला…

एक क्लिकले बनाउँछ डिजिटल पहिचान, यसरी जोगाउनुहोस् गोपनीयता

काठमाडौं । धेरै इन्टरनेट प्रयोगकर्ताहरूलाई लाग्छ- यदि सर्च इतिहास मेटाइयो वा ‘प्राइभेट ट्याब&rsquo…

तपाईंको आँखाको ‘क्यामेरा’ कति मेगापिक्सेलको ? जान्नुहोस् रोचक तथ्य

काठमाडौं । मोबाइल किन्दा सबैभन्दा पहिले यसको क्यामेराको पिक्सेलको जानकारी लिनुहुन्छ । किनभने कुनै पनि क्यामे…