कीवर्डहरू -

टिप्स

होटल रुममा हिडन क्यामेरा पत्ता लगाउने तरिका, स्मार्टफोनकै सहायताले कसरी सुरक्षित रहने?

होटल कोठामा लुकेका क्यामेरा पत्ता लगाउने सजिलो तरिका, तपाईंको स्मार्टफोनले नै गर्न सक्छ सहायता
यदि तपाईं घुमफिर गर्न मन पराउनुहुन्छ भने, कहिलेकाहीँ होटलमा कोठा पक्कै पनि बुक गर्नुभएको होला । अपरिचित सहरमा बस्नका लागि होटल रुम उपयुक्त विकल्प हुन्छ । तर, सुरक्षाको दृष्टिकोणले गोपनीयता र सुरक्षाको चिन्ता हुने गर्छ ।

होटलका कोठाहरूमा हिडन क्यामेरा भएका घटनाहरू बढ्दै गइरहेका छन्, जसले सचेत रहनुपर्ने आवश्यकता देखाएको छ । तर, धेरैलाई थाहा नहुन सक्छ कि तपाईंको स्मार्टफोनकै सहायताले पनि लुकेका क्यामेरा पत्ता लगाउन सकिन्छ । यहाँ, तपाईंले फोनको मद्दतले होटल कोठामा लुकेका क्यामेरा कसरी पहिचान गर्ने भन्ने जानकारी पाउनुहुनेछ ।

१. स्मार्टफोनको फ्ल्यासलाइट प्रयोग गरेर स्क्यान गर्नुहोस्

हिडन क्यामेरा पत्ता लगाउने सबैभन्दा सरल उपाय तपाईंको फोनको फ्ल्यासलाइट हो । कुनै पनि क्यामेराको लेंसमा उज्यालो पर्दा, त्यो चम्किन्छ, जसले क्यामेराको उपस्थिति पुष्टि गर्न सक्छ ।

यसका लागि कोठाको सबै बत्तीहरू निभाउनुहोस् । आफ्नो फोनको फ्ल्यासलाइट अन गर्नुहोस् ।
एयर भेन्ट्स (हावाको निकास स्थान), स्मोक डिटेक्टर, अलार्म घडी, ऐना जस्ता ठाउँहरूमा फ्ल्यासलाइटको उज्यालो पार्नुहोस् ।

यदि कुनै ठाउँमा सानो चमक देखिएमा, त्यस क्षेत्रको राम्रोसँग जाँच गर्नुहोस् ।

२. स्मार्टफोनको क्यामेरा प्रयोग गरेर इन्फ्रारेड (आईआर) लाइट पत्ता लगाउनुहोस्

धेरैजसो लुकेका क्यामेराहरू इन्फ्रारेड (इन्फ्रारेड –आईआर) लाइट उत्सर्जन गर्छन्, जुन नांगो आँखाले देख्न सकिँदैन, तर तपाईंको स्मार्टफोनको क्यामेरा मार्फत हेर्न सकिन्छ ।

के गर्ने?

कोठाको सबै बत्तीहरू निभाउनुहोस् वा कम उज्यालो बनाउनुहोस् । स्मार्टफोनको क्यामेरा एप खोल्नुहोस् ।
कोठाको चारैतिर विस्तारै स्क्यान गर्नुहोस् । यदि स्क्रिनमा चम्किरहेको बिन्दु वा हल्का उज्यालो देखिएमा, त्यस स्थानको जाँच गर्नुहोस् ।

३. क्यामेरा डिटेक्सन एप्सको प्रयोग गर्नुहोस्

कसैलाई शंका लागेमा, तपाईंले विशेष एपहरू प्रयोग गरेर लुकेका क्यामेराहरू पत्ता लगाउन सक्नुहुन्छ ।
यी एपहरू स्मार्टफोनका सेन्सरहरू प्रयोग गरेर इन्फ्रारेड लाइट, चुम्बकीय क्षेत्र वा अन्य संकेतहरू पहिचान गर्छन् ।

के गर्ने?

फोनमा क्यामेरा डिटेक्सन एप डाउनलोड गर्नुहोस् । वाई–फाई नेटवर्कमा जोडिएका अज्ञात उपकरणहरू खोज्नुहोस् ।

धेरै लुकेका क्यामेराहरू वाई–फाई नेटवर्कमा जोडिएर लाइभ फुटेज प्रसारण गर्ने गर्छन् । वाई–फाई सेटिङ खोल्नुहोस् र जडित उपकरणहरूको सूची हेर्नुहोस् ।

यदि कुनै अज्ञात डिभाइस (जस्तैः आईपी क्यामेरा वा क्यामेरा नामको कुनै उपकरण) देखिएमा, त्यसको बारेमा अनुसन्धान गर्नुहोस् ।

४. ब्लुटुथ स्क्यान गर्नुहोस्

धेरै लुकेका क्यामेराहरू वाई–फाई मात्र नभई ब्लुटुथ नेटवर्क मार्फत पनि सञ्चालनमा हुन्छन् । यसका लागि ब्लुटुथ सेटिङ खोल्नुहोस् । कुनै सन्देह लाग्ने उपकरण देखिएमा, त्यसको जाँच गर्नुहोस् ।

५. यदि लुकेको क्यामेरा फेला परेमा के गर्ने?

यदि कुनै सन्देहजनक उपकरण भेटियो भने, होटल व्यवस्थापन वा स्थानीय प्रहरीलाई तुरुन्त जानकारी दिनुहोस् ।

होटल व्यवस्थापनले सहयोग नगरेमा, कानुनी सहायता लिन सकिन्छ ।

 

टिप्स

दैनिक कार्यलाई सहज बनाउने १० उपयोगी एआई उपकरण

आजको डिजिटल युगमा, कृत्रिम बुद्धिमत्ता (एआई) ले हाम्रा दैनिक कार्यहरूलाई सहज, छरितो र प्रभावकारी बनाइरहेको छ। चाहे टाइपिङ स्वच…

फोनको कभरभित्र नोट वा कार्ड राख्ने बानी छ ? सावधान! तपाईँको स्मार्टफोन विस्फोट हुन सक्छ

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ । बैंकिङदेखि खरिद बिक्रीसम्म, लगभग हरेक काम अहिले यही डिभाइसमा निर्भर भएको …

एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?

तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन त…

युट्युबमा करियर बनाउँदै हुनुहुन्छ? थ्री-स्ट्राइकको नियम नबुझी अगाडि नबढ्नुहोस्

यदि तपाईं पनि एक क्रिएटर हुनुहुन्छ वा युट्युब क्रिएटर्सको रूपमा आफ्नो करियर बनाउने सोचमा हुनुहुन्छ भने यो खबर तपाईंका लागि उपयोगी हुन सक्छ। आज हामी तपाईंल…

प्रीमियम स्मार्टफोनमा अपग्रेड गर्नुअघि यी महत्त्वपूर्ण विशेषताहरू जान्नुहोस्

यदि तपाईं बजेट स्मार्टफोनबाट प्रीमियम स्मार्टफोनमा अपग्रेड गर्ने योजना बनाइरहनु भएको छ भने बुझ्नुपर्छ कि प्रीमियम स्मार्टफोन केवल म…

कन्टेन्ट क्रियटरका लागि ६ उत्कृष्ट एआई टूल्स: समय बचत र प्रोडक्टिभिटी बूस्ट गर्ने

अहिलेको एकदमै गतिशील संसारमा, कन्टेन्ट क्रिएसन कुनै सानो कुरा रहेन। चाहे तपाईं ब्लगर होस्, डिजिटल मार्केटर, वा कुनै व्यवस…

तपाईंले के खोज्नुभयो, कसैलाई थाहा हुने छैन: यसरी मेटाउनुहोस् इन्कग्निटो सर्च इतिहास

इन्कग्निटो मोड तपाईंको ब्राउजरलाई सर्च इतिहास, कुकीज, र अस्थायी डेटा भण्डारण गर्नबाट रोक्नका लागि डिजाइन गरिएको हुन्छ । तर, तपाई…

अब गूगल फोटोजको स्टोरेज कहिल्यै फुल हुँदैन, अपनाउनुहोस् यी सरल उपाय

के तपाईं पनि गूगल फोटोज प्रयोग गर्नुहुन्छ र यसको स्टोरेज भरिन थालेको समस्याले हैरान हुनुहुन्छ? यदि तपाईंलाई बारम्बार स्टोरेज भर…

सस्तो स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर, जान्नुस् यी ६ सरल फोटोग्राफी ट्रिक्स

आजको समयमा स्मार्टफोन प्रत्येक व्यक्तिको सबैभन्दा नजिकको साथी बनेको छ । तपाईं जहाँ गए पनि आफ्नो स्मार्टफोन साथमा बोक्नुहुन्छ र आवश्य…

स्मार्टफोनको लतले सम्बन्धमा असर: ‘फबिङ’ ट्रेन्डले सम्बन्ध बिगार्दै

आजको डिजिटल युगमा सम्बन्धहरूमा विभिन्न नयाँ ट्रेन्डको प्रभाव परेको छ  । हालै एउटा नयाँ डेटिङ टर्म ‘फबिङ’ (Phu…

भिजेको स्मार्टफोन सुकाउनका लागि चामल सही उपाय हो ?

भिजेका ग्याजेट्स, विशेषगरी स्मार्टफोन सुकाउने  घरेलु उपाय (डिआईवाई समाधान) को रूपमा काँचो चामलको भाडोमा राख्ने गरि…

असुरक्षित वेबसाइटहरूबाट जोगिन यी ३ तरिकाहरू अपनाउनुहोस्

आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।

हप्तामा एकपटक फोन रीस्टार्ट: स्मार्टफोनको गति, ब्याट्री र सुरक्षामा हुन्छ ठूला फाइदा

धेरैजसो मानिसहरू फोन ढिलो चल्ने वा ह्याङ हुने समस्याबाट हैरान भइरहन्छन् । तर, जान्न लायक कुरा के छ भने – यो समस्याबाट धे…

गर्मीमा स्मार्टफोनको ब्याट्री छिट्टै तातिन्छ ? यी उपाय अपनाउनुहोस्

गर्मीको मौसममा अधिकांश मानिसहरूले स्मार्टफोनको ब्याट्री छिट्टै तात्ने समस्याको सामना गर्नुपर्छ । धेरै स्मार्टफोनहरूमा यो समस्या देखिन्छ ।

गर्मीको समयमा…

स्मार्टफोन बिग्रिनुअघि देखिने ५ प्रमुख संकेत

आज स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस उपकरणबाट धेरै काम केही मिनेटमै सम्पन्न गर्न सकिन्छ । किनमेल गर्नेदेख…