टिप्स
आइफोनमा आवाजसहित स्क्रिन रेकर्ड कसरी गर्ने ?
काठमाडौं । यदि तपाईं आइफोनमा स्क्रिनसँगै आफ्नै आवाज पनि रेकर्ड गर्न नजानेर हैरान हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । दोस्रो फोन प्रयोग गर्ने वा पछि छुट्टै आवाज थप्ने झन्झट अब अन्त भएको छ । एप्पलले आइफोनमै उपलब्ध गराएको सुविधाको प्रयोग गरेर अब एकै ट्यापमा स्क्रिन र आवाज दुवै एकसाथ रेकर्ड गर्न सकिन्छ ।
युट्युबका लागि ट्युटोरियल भिडियो बनाउन, साथीभाइलाई आइफोनको कुनै फिचर बुझाउन वा कुनै प्रक्रिया देखाउन स्क्रिन रेकर्डिङ निकै उपयोगी हुन्छ । यसबाट स्क्रिनसँगै आफ्नै आवाज पनि रेकर्ड गर्न सकिन्छ ।
आवाजसहित स्क्रिन रेकर्ड गर्ने सजिलो तरिका
- आइफोनको स्क्रिनमा माथिल्लो दायाँ कुनाबाट तलतिर स्वाइप गरेर Control Center खोल्नुहोस् ।
- Screen Recording को गोलो आइकनमा लङ प्रेस (Long Press) गर्नुहोस् ।
- तल देखिने Microphone आइकनमा थिचेर यसलाई ON (रातो) बनाउनुहोस् ।
- Start Recording मा थिच्नुहोस् ।
- ३ सेकेन्डपछि स्क्रिन र तपाईंको आवाज दुवै रेकर्ड हुन थाल्छ ।
याद राख्नुहोस् : रेकर्डिङ रोक्न स्क्रिनको माथि देखिने रातो पट्टी (Red Status Bar) मा थिचेर Stop गर्नुहोस् । रेकर्ड भएको भिडियो स्वत: Photos एपमा सेभ हुन्छ ।
यदि तपाईं स्क्रिन मात्र रेकर्ड गर्न चाहनुहुन्छ र आवाज रेकर्ड गर्न चाहनुहुन्न भने, पुन: Screen Recording को मेनुमा गएर Microphone बटनमा एक पटक थिची OFF गर्न सक्नुहुन्छ ।
टिप्स
अफिसदेखि व्यक्तिगत कामसम्म, एआई प्रोडक्टिभिटी टुल्स किन बन्दैछन् पहिलो रोजाइ ?
काठमाडौं । उत्पादकता र दक्षता बढाउने मामिलामा पछिल्ला वर्षहरूमा एआई टुल्सले निकै लोकप्रियता कमाएका छन् ।…
फोन किन्दै हुनुहुन्छ? तपाईंका लागि कति एमएएच ब्याट्री भएको स्मार्टफोन सबैभन्दा उपयुक्त हुन्छ?
आजभोलि स्मार्टफोन किन्दा क्यामेरा, प्रोसेसर र डिस्प्ले मात्र होइन, ब्याट्री पनि सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक बनेको छ। पहिले ४,०००m…
गुगल म्यापले सडकको ट्राफिक अवस्था कसरी पत्ता लगाउँछ ?
काठमाडौं । विज्ञानले मानिसको जीवनलाई सहज बनाएको छ । ठूला समस्याहरू जुन पहिले सामना गर्न धेरै गाह्रो हुन्थ्यो…
मोबाइल छिटो चार्ज गर्न चाहनु हुन्छ ? अपनाउनुहोस् यी उपायहरू
काठमाडौं । तपाईलाई हतार भएको छ, तर मोबाइलमा चार्ज कम छ । यस्तो अवस्थामा तपाई छिटो मोबाइलमा चार्ज आवश्यक पर्छ…
इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ ? गोपनीयता सुरक्षित राख्न यी सेटिङ्स तुरुन्त बदल्नुहोस्
काठमाडौं । इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र …
आईपी रेटिङ भएको फोन वर्षामा कत्तिको सुरक्षित ? किन आईपी६८ वा आईपी६९ मात्रै पर्याप्त हुँदैन ?
काठमाडौं । पछिल्ला केही दिनदेखि देशभरका धेरै क्षेत्रमा लगातार वर्षा भइरहेको छ । यस्तो मौसममा स्मार्टफोन …
स्मार्टफोनको भोल्युम बटनले आवाज मात्रै होइन, यी ५ उपयोगी काम पनि गर्छ
काठमाडौं । अहिले पनि धेरै मानिसले स्मार्टफोनको भोल्युम बटनलाई केवल आवाज बढाउन वा घटाउन मात्र प्रयोग गर्…
फेसबुकमा कसले तपाईंलाई फलो गर्न सक्छ ? यसरी गर्नुहोस् सेटिङ परिवर्तन
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल कसले फलो गर्न सक्छ भन्ने नियन्त्रण गर्ने…
मल्टिप्लग प्रयोग गर्दै हुनुहुन्छ ? यी उपकरण जोड्नु अघि एकपटक अवश्य जान्नुहोस्
काठमाडौं । घर वा कार्यालयमा एकै पटक धेरै विद्युतीय उपकरण प्रयोग गर्न मल्टिप्लग (पावर स्ट्रिप) उपयोगी मानिन्छ । …
पुरानो फोन स्लो छ ? यी सजिला टिप्सले बिना खर्च बढाउँछ स्पिड
काठमाडौं । आजको समयमा, जहाँ स्मार्टफोनले भुक्तानीदेखि लिएर कामकाजसम्म सबै कुरा सम्हाल्छन्, ढिलो चल्ने डिभ…
सार्वजनिक चार्जिङ स्टेसनबाट फोन चार्ज गर्दै हुनुहुन्छ? ‘जुस ज्याकिङ’ स्क्यामले बैंक खाता र निजी डाटा जोखिममा पार्न सक्ने
आजकल यात्रा गर्दा पावर बैंक वा आफ्नै चार्जर साथमा लैजान बिर्सिने बानी धेरैको हुन्छ। यस्तो अवस्थामा एयरपोर्ट, रेलवे स्टेसन, होटल व…
महिनौँदेखि प्रयोग नगरेका एप्स तुरुन्त हटाउनुहोस्, नत्र गोपनीयता र साइबर सुरक्षामा पर्न सक्छ ठूलो जोखिम
काठमाडौं । यदि तपाईंको फोनमा पनि यस्ता धेरै एप छन्, जुन महिनौँदेखि प्रयोग गरिएको छैन, भने अब तिनलाई …
ओछ्यानमा ल्यापटप चलाउनेदेखि लगातार चार्जमा राख्ने : यी ५ खराब बानीले ल्यापटप छिट्टै बिग्रन्छ
काठमाडौं । यदि तपाई पनि ओछ्यानमा ल्यापटप चलाउनुहुन्छ र त्यसलाई बन्द गरेर तुरुन्तै ब्यागमा राखिदिनुहुन्छ, …
एउटामात्र इयरबड चलिरहेको छ ? नयाँ किन्नुअघि यी ५ सजिला उपाय अपनाउनुहोस्
काठमाडौं । के तपाईंको इयरपड (Earbud) वा वायरलेस इयरपड्स (Wireless Earbuds) को एउटा भागले काम गर्न छाडेको…
तपाईंले के खोज्नुभयो, कसैलाई थाहा हुने छैन: यसरी मेटाउनुहोस् इन्कग्निटो सर्च इतिहास
इन्कग्निटो मोड तपाईंको ब्राउजरलाई सर्च इतिहास, कुकीज, र अस्थायी डेटा भण्डारण गर्नबाट रोक्नका लागि डिजाइन गरिएको हुन्छ । तर, तपाई…