कीवर्डहरू -

टिप्स

कतै तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन् थाहा पाउने तरिका

स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं । 

फोनबाटै विभिन्न काम पनि गरिरहेका हुन्छौं । फोनको बढ्दो प्रयोगसँगै इन्टरनेटको युगमा फोन ह्याकिङका घटना समेत बढेका छन् । हरेक क्षेत्रमा प्रविधिको प्रवेश भएका कारण फोन ह्याक गर्न सजिलो भएको छ ।

यस्तो अवस्थामा तपाईको फोन ह्याक भएको कसरी थाहा पाउने ? आज हामी तपाईलाई केहि संकेतहरू बताउँदै छौं, जसबाट आफ्नो फोन ह्याक भएको छ वा छैन् पत्ता लगाउन सघाउने छ । 

ब्याट्री लाइफ

यदि तपाईको फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुँदैछ भने तपाईको फोन ह्याक भएको हुनसक्छ । किनकि कहिलेकाहीँ ब्याकग्राउन्डमा चल्ने जासुसी एप्सका कारण फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुन्छ । यस्तो अवस्थामा फोनको ब्याट्रीमा ध्यान दिनु आवश्यक हुन्छ ।
 
फोनमा अनावश्यक एप

तपाईले आफ्नो फोनमा इन्स्टल भएको एपको विवरण राख्नु पर्छ ताकि अनुमति बिना तपाईको फोनमा कुनै एप इन्स्टल नहोस् । यदि यस्तो भयो भने, यसले फोन ह्याक गर्न सक्छ । यी अज्ञात एपहरूमा लुकेको जासुसी सफ्टवेयर हुन सक्छ ।

डिभाइस ओभरहिट हुनु

यसका लागि जीपीएस प्रणाली प्रयोग गरी जासुसी एपहरूले सामान्यतया डिभाइसको लोकेसन वास्तविक समयमा ट्र्याक गर्छन् । यस्तो अवस्थामा तपाईको फोनको हार्डवेयरमा अत्याधिक दबाब हुन्छ । जसका कारण अत्यधिक तातो हुने समस्या हुन्छ ।

डाटा खपतमा वृद्धि

यदि तपाईको फोन ट्र्याक गरिएको छ भने, डाटा खपत अचानक बढ्छ । यस्तो अवस्थामा अचानक डाटा खपत बढ्दै गएमा सतर्क रहनुपर्छ ।

उपकरण खराबी

जब फोन ह्याक हुन्छ, तब स्क्रिन फ्ल्यासिङ, स्वचालित फोन सेटिङ परिवर्तन, वा फोन काम नगर्ने जस्ता उपकरण खराबी जस्ता घटनाहरू देख्न सकिन्छ ।

कल गर्दा ब्याकग्राउन्ड आवाज

केही जासुसी एपहरूले फोन कल रेकर्ड गर्छन् । यस्तो अवस्थामा फोन कल गर्दा कुनै पनि ब्याकग्राउन्ड आवाज सुन्दा सतर्क रहनुपर्छ, किनभने यो ह्याकिङको संकेत हुनसक्छ ।

अनावश्यक ब्राउजिङ हिस्ट्री

जासूस एप्स ट्र्याकिङ वा डाउनलोड गर्न लिङ्क गरिएका वेबसाइटहरू पत्ता लगाउन आफ्नो उपकरणको ब्राउजिङ इतिहास निगरानी गर्नुहोस् । त्यसबाट कतै अनावश्यक रूपमा ब्राउजिङ त भइरहेको छैन्, थाहा पाउन सकिने छ ।

 

टिप्स

गूगल सर्च गर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण कुरा

गूगलको प्रयोग तपाईंमध्ये सबैले गर्नुहुन्छ । तपाईंले पनि अवश्य गर्नुहुन्छ, तर के तपाईं वास्तवमा जान्नुहुन्छ कि गूगलको सही तरिकाले …

युट्युब च्यानलको कस्टम यूआरएल बनाउन यस्तो गर्नुहोस्

कस्टम यूआरल युट्युब च्यानललाई एक्सेस गर्नको लागि सबैभन्दा सरल र सजिलै सम्झन योग्य वेब एड्रेस मानिन्छ । यसको प्रयोग गर्दै युट्युब च्या…

दिपावालीमा अनलाइन शपिंग गर्दा यी सावधानी अपनाउनुहोस्, ठगीबाट सुरक्षित रहनुहोस्

दिपावालीको पर्व आउनै लागेको छ । यस अवधिमा घर सजाउनको लागि मानिसहरू धेरै किनमेल गर्छन् । केही मानिस बजारमा गएर सामान किन्न रुचाउँछन् भने केही घरमै बसेर …

मोबाइल डेटा बचतका लागि महत्त्वपूर्ण टिप्स

आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोनको प्रयोग गर्छन् । तर, इन्टरनेट बिना कुनै पनि फोन खासै कामलाग्दो हुँदैन् । केही समय अघिदे…

स्पाइवेयरबाट कसरी बच्ने?

स्पाईवेयर एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि एक सामान्य समस्या हो जुन सामान्यतया गलत एप डाउनलोड, शङ्कास्पद लिङ्क वा जुुन मन लाग्यो त्यह…

चाडपर्वमा फोटो खिच्दा ध्यान दिनुपर्ने पक्ष

चाडपर्वका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने चाहना सबैको हुन्छ । दीपावलीमा फोटो खिच्ने धेरै अवसरहरू हुन्छन् ।  रंगी–ब…

गुगल म्यापका उत्कृष्ट फिचर: यात्रालाई सजिलो, छिटो र रमाइलो बनाउने सुविधाहरू

गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन, यो एउटा पावरफुल टूल हो जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो बनाउँछ …

नियमित फोन स्वीच अफ गरेबापत हुने सात फाइदाहरु यस्ता छन्

स्मार्टफोन हाल हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । यदि तपाईंसँग सोधियो भने तपाईँले आफ्नो फोन अन्तिम पटक कहिले स्वीच अफ…

एन्ड्रोइड स्मार्टफोनमा लुकेका केही विशेष फिचर्स जुन सबै प्रयोगकर्ताले थाहा पाउनैपर्छ

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसको केही विशेष फिचर्सको बारेमा जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो …

नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा च्याट गर्न यस्तो गर्नुहोस्

पपुलर म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपको प्रयोग विश्वभर करोडौं मानिसहरूले गर्छन् । प्रयोगकर्ताहरूको अनुभवलाई रमाइलो बनाउनका लागि ह्वाट्सएपले धेरै यस्ता फिचरहरू प्रद…

स्मार्टफोनमा आगो लाग्ने पाँच प्रमुख कारण र त्यसबाट जोगिने उपायहरू, जान्नैपर्ने जानकारी

स्मार्टफोन अहिले मानिसहरूको जीवनको एक महत्वपूर्ण भाग बनेको छ  । तपाईंले कतिपय समय फोनमा आगो लाग्ने खबर सुन्नुभएको होला ।…

यी हुन् प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म, यसरी गर्नुहोस् प्रयोग

क्लाउड स्टोरेजको नाम त तपाईंले सुन्नुभएको नै होला । साधारणतया हामी हाम्रो डिजिटल सामान जस्तै फोटो, भिडियो, अडियो आदि क्लाउड स्…

इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?

लामो तार भएका इयरफोनहरू आजकल धेरै कम प्रयोगमा देखिन्छन् । तिनको ठाउँमा साना साइजका ताररहित इयरबड्सले लिएका छन् । यिनीहर…

मोबाइलमा एप खोल्दा अचानक बन्द हुन्छ ? यसरी गर्नुहोस् समाधान

एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।

<…

फोनको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …