टिप्स
टाइपिङको आवाजबाटै ह्याकरले थाहा पाउन सक्छन् तपाईको पासवर्ड, जोगिने कसरी ?
ह्याकरहरूबाट आफूलाई जोगाउन जतिसुकै विधि अपनाए पनि ह्याकरहरूले सधैं केही नयाँ तरिका खोजि हाल्छन् । यदि कसैले टाइपिङको आवाजमार्फत पासवर्ड ह्याक गर्छ भने कुरा तपाई पत्याउनु हुन्छ ? सायद पत्याउनु हुँदैन् ।
तर एक नयाँ रिपोर्टमा टाइपिङको आवाजबाटै ह्याकरले पासवर्क ह्याक गर्न सक्ने जानकारी बाहिर आएको छ ।
कम्प्यूटरमा पासवर्ड टाइप गर्दा तपाईले स्क्रिन र किबोर्डलाई अरुको नजरबाट जोगाउन सक्नुहुन्छ तर आवाजलाई के गर्नुहुन्छ ? जेडीनेटको रिपोर्ट अनुसार ह्याकरहरूले किबोर्डको आवाजबाट तपाईंको पासवर्ड अनुमान गर्न विशेष प्रविधि प्रयोग गर्न सक्छन् ।
ह्याकिङको नयाँ विधि के हो ?
हामी प्रायः कसैले हाम्रो पासवर्ड गोप्य रूपमा हेरिरहेको छ भनेर चिन्ता गर्छौं, तर हामीले पासवर्ड सुन्छन् कि भन्ने विषयमा कहिल्यै ध्यान दिदैनौं । ह्याक गर्ने यो विधिलाई अकस्टिक साइड च्यानल अट्याक भनिन्छ । यस प्रकारको पासवर्ड ह्याकिङमा, फोकस तपाईको किबोर्डबाट निस्कने ध्वनिमा हुन्छ ।
ह्याकरहरूले ध्वनि विश्लेषण गरेर तपाईंको प्रणालीको पासवर्ड क्र्याक गर्छन् । यसका लागि तिनीहरूले एक एडभान्स टूलको प्रयोग गर्नुपर्छ, जसले तपाईले टाइप गर्नुहुने सही अक्षर र संख्याहरूको बारेमा जानकारी दिन्छ ।
यो खतरा कति ठुलो छ भन्ने बुझ्न विज्ञहरुको टोलीले एउटा अन्वेषण गरेका थिए । उनीहरुले म्याकबुक प्रो १६ इन्चको प्रयोग गरे, जुन शक्तिशाली ल्यापटप हो । अन्वेषकहरुले आइफोन १३ मिनीलाई ल्यापटपबाट केही दूरीमा नरम कपडा माथि राखे, जसले गर्दा आवाज कैद गर्न सकियोस् ।
यसबाहेक, उनीहरुले ल्यापटपको रेकर्डिङ प्रकार्य पनि प्रयोग गरेका थिए । यस पछि, यो सबै डाटा एआई आधारित स्मार्ट कम्प्युटर प्रोग्रामलाई सिकाउन प्रयोग गरियो, जसको काम टाइपिंग ध्वनिहरू अवलोकन गर्नु हो ।
प्रशिक्षण पूरा गरेपछि यो एआई कार्यक्रम परीक्षण गरिएको छ । परीक्षणमा यो प्रोग्रामले कुन बटनको आवाज कुन हो भनेर सजिलै पत्ता लगाउन सक्छ । यसले ९५ प्रतिशतसम्म सही अनुमान गरेको देखिएको छ ।
तर, अनुसन्धानकर्ताहरूले यसबाट बच्ने उपाय पनि पत्ता लगाएका छन् । त्यसैले चिन्ता लिनु पर्दैन् । अन्वेषकहरूले फेला पारेका छन् कि तपाईंले एआई प्रोग्रामलाई सजिलैसँग धोका दिन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो टाइपिंगको तरिका परिवर्तन गर्नुपर्नेछ ।
थप रूपमा तपाईंले सिफ्ट प्रयोग गरेर टाइप गर्न सक्नुहुन्छ, यसले सुरक्षाको अतिरिक्त तह प्रदान गर्नेछ । यदि तपाइँ भिडियो कलमा हुनुहुन्छ भने, तपाइँ पृष्ठभूमि स्वर थप्न सक्नुहुन्छ जसले एआइ उपकरणलाई तपाइँको टाइपिङको ध्वनि ठीकसँग डिकोड गर्नबाट रोक्न सक्छ ।
टिप्स
इमेलमा आएको पीडीएफ फाइलबाटै हुन सक्छ मालवेयर अट्याक ? जोगिन यसो गर्नुहोस्
पिडिएफ सामान्यतया प्रयोग गरिने फाइल ढाँचाहरू मध्ये एक हो, जुन इमेल वा अन्य इलेक्ट्रोनिक सञ्चार प्लेटफर्ममार्फत डकुमेन्ट प्राप्त गर्न …
के जीमेलमा अनावश्यक इमेल आउँछन् ? यस्तो छ ब्लक गर्ने तरिका
जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठा…
मोबाइलबाटै आफ्नो सीभी बनाउन चाहनुहुन्छ ? यस्ता छन् केही तरिका
यदि तपाई रोजगारीको खोजिमा हुनुहुन्छ भने, तपाईसँग उत्कृष्ट करिकुलम भाइटा (सीभी) अर्थात रेजुमे हुन आवश्यक छ । रोजगारी पाउनका ल…
ह्वाट्सएपमार्फत यसरी गर्नुहोस् मेसेज सेड्युल
के तपाईंलाई थाहा छ ? तपाई ह्वाट्सएपमार्फत मेसेज सेड्युल गर्न सक्नुहुन्छ । यसबाट तपाईको म्यासे…
टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट
वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको लागि कम्प्युटर वा ल्यापटपको प्रयोग गरिरहेका हुन्छौं ।
यसरी कम्प्युटर…
पुरानो फोनलाई सीसीटीभी क्यामेरामा कसरी रूपान्तरण गर्ने ? यस्तो छ तरिका
आफ्नो घरलाई सुरक्षित राख्ने हो भने सीसीटीभी क्यामेरा वा सेक्युरिटी गार्ड राख्नुपर्छ, नत्र घर सुरक्षित छ की छैन् भनेर सधैं तनाव रहि…
टाइपिङको आवाजबाट पासवर्ड ह्याक गर्दै ह्याकर, यसरी जोगिनुहोस्
ह्याकरहरूबाट आफूलाई जोगाउन जतिसुकै विधि अपनाए पनि ह्याकरहरूले सधैं केही नयाँ …
फोल्डेबल स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्
सामसङले केही समय अगाडि आफ्नो फोल्डिङ र फ्लिप फोन सार्वजनिक गरेको थियो, जसमा ग्या…
कतिको सुरक्षित छ इनकग्निटो मोड ? के तपाईको ब्राउजिंग हिस्ट्री कसैले हेर्न सक्छ ?
आजकाल सबैजना गोपनीयता र सुरक्षाको बारेमा चिन्तित छन् । धेरै मानिसहरू इन्टरनेट प्रय…
जीमेल चलाउने प्रयोगकर्ताले थाहा पाउनै पर्ने यी फिचर
जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक…
ह्वाट्सएपमा च्याट गोपनीयताका लागि अर्काइभ च्याट प्रयोग गर्ने की लक्ड फोल्डर ?
ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै च्याट लक सुविधा उपलब्ध छ । यो गोप्…
गूगल प्ले स्टोरबाट एप इन्स्टल भएन ? यसो गर्नुस्
गुगल प्ले स्टोर एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मनपर्ने एप तथा खेलहरू डाउनलोड र इन्स्ट…
ह्वाट्सएपलाई गुगल ड्राइभ जस्तै प्रयोग गर्न यस्तो गर्नुहोस्
मेटाको लोकप्रिय एप ह्वाट्सएप धेरैले प्रयोग गर्ने गर्दछन् । के तपाईलाई थाहा छ ह्वाट्सएप…
एन्ड्रोइड फोनबाट डिलिट गरेको एप पुनः कसरी इन्स्टल गर्ने ?
प्रविधिको विकास र विस्तारसँग धेरै हात हातमा स्मार्टफोन पुगेको छ । चलचित्र हेर्नेदेख…
एन्ड्रोइडको केबल प्रयोग गरेर आइफोन १५ चार्ज गर्दा डिभाइस बिग्रिन्छ ?
एप्पलले सेप्टेम्बरमा आफ्ना प्रयोगकर्ताहरूका लागि आइफोन १५ सिरिज सार्वजनिक गर्यो । यो…