टिप्स
विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढ्दो छ ।
केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढ्दै गइरहेको छ ।
तर प्रविधि क्षेत्रमा महिलाहरूको सहभागीता हालमा मात्रै सुरु भएको हो भन्ने होइन् । यो धेरै लामो समय देखिनै चल्दै आएको छ ।
आज हामी अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वको प्रविधि क्षेत्रलाई परिवर्तन गरेका केही महिलाहरुको बारेमा जानकारी दिदैछौं ।
एडा लभलेसः विश्वकै पहिलो कम्प्युटर प्रोग्रामर
एडा एक प्रसिद्ध कवि लर्ड बाइरनकी छोरी हुन् । उनी सानै उमेरदेखि गणितमा प्रतिभावान् व्यक्ति रहेकी थिइन् । सानै उमेर देखि मेसिनहरु प्रतिको झुकावका कारण उनले चार्ल्स ब्याबेजलाई चिन्न पुगिन् ।
चाल्स ब्याबेज एनालाइटिकल इन्जिनको निर्माता थिए जुन पूर्ण रुपले निर्माण गरिएन तर त्यो अहिलेको मोर्डन कम्प्यूटरसँग मेल खाने गर्दछ ।
त्यो प्रोजेक्टमा उनले पुर्याएको योगदानले उनलाई विश्वकै पहिलो कम्प्यूटर प्रोग्रामर उपनामले चिनिने गरिन्छ । लभलेसकै नोटलाई आधार मानेर १९४० को दशकमा एलान ट्युरिङले पहिलो मोर्डन कम्प्युटर निर्माण गरेका थिए ।
ग्रेस हप्परः प्रतिष्ठित कम्प्युटर वैज्ञानिक
ग्रेस हप्पर पहिलो प्रतिष्ठित कम्प्युटर वैज्ञानिक हुन् । उनी हावर्ड मार्क आईमा काम गर्ने पहिलो कम्प्युटर प्रोग्रामर हुन् । उनको कामले पहिलेको प्रोग्रामिङ लैंग्वेज सिओबिओएलको विकास भएको हो । सन् १९४७ मा उनले विश्वकै पहिलो वास्तविक कम्प्युटर बग पत्ता लगाएकी थिइन् ।
हेडी लमारः वाईफाईको निर्माता
हेडी लमार आफै सिकेकी आविष्कारक र चलचित्र अभिनेत्री हुन् । उनलाई उनको ‘सिक्रेट कम्युनिकेसन सिस्टम’ का लागि सन् १९४२ मा प्याटेन्ट पुरस्कृत गरिएको थियो ।
जर्ज आन्थहेलसँगको सहकार्यमा हेडी लमारले निर्माण गरेको फ्रिक्वेन्सी हपिगं प्रणाली युद्धलाई लक्षित गरि निर्माण गरिएको थियो तर यही कन्सेप्टलाई लिएर पछि वाईफाई, जिपिएस र ब्लुटुथ प्रविधिको विकास गरिएको हो ।
एनी इज्लीः नासाको रकेट वैज्ञानिक
एनी इज्ली नासाको रकेट वैज्ञानिक हुन् । उनले स्टेममा भएको लैगिंक र जातिय विभेद प्रति पनि क्रान्ति गरेकी थिइन् । नासाले उनलाई काममा राख्दा चार जना ब्लयाक कर्मचारी मध्यकी उनरी एक थिइन् जसले गर्दा काममा उनले जातीय विभेद पनि भोग्नुपरेको थियो ।
उनले पछि नासामा कम्प्युटर वैज्ञानिनको रूपमा थुप्रै योगदान पुर्याएकी थिइन् । उनले सबैभन्दा महत्वपूर्ण भूमिका सेन्टाअर रकेट प्रोजेक्टमा निर्वाह गरेकी थिइन् । त्यस्तै स्पेस सटलको लञ्चमा पनि उजनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
म्यारी विल्केसः पहिलो होम कम्प्युटर प्रयोगकर्ता
म्यारी विल्केस भूतपूर्व कम्प्युटर प्रोग्रामर र लजिक डिजाइनर पनि हुन् । उनी एलआईएनसीको सफ्टवेयर सिडजाइन गरेको नाताले प्रख्यात रहेकी छन् । यो अन्तर्क्रियात्मक पर्सनल कम्प्युटरको प्रारम्भिक प्रणाली हो ।
सन् १९६५ मा उनले आफ्नो घरमा एलआईएनसीका प्रयोग गरेका कारणले उनलाई पहिलो होम कम्प्युटर प्रयोगकर्ताको रुपमा पनि चिनिने गरिन्छ । उनको कामलाई न्याशनल म्युजियम अफ कम्प्युटिङले पनि पहिचान गरेको छ ।
एडेल गोल्डबर्गः जियूआईको प्रेरणा
एडेल गोल्डबर्गले स्मलटक ८० नामक प्रोग्रामिङ लैंग्वेजको विकासमा उल्लेखनीय योगदान दिएकी छन्, जसले पहिलो एप्पल कम्प्युटरको जन्मलाई प्रात्साहित गरेको थियो ।
उनको कन्सेप्टलाई प्रयोग गरेरै अहिलेको जियूआईको निर्माण गरिएको हो, जसलाई हामी दैनिक रुपमा प्रयोग गर्दै आएका छौँ ।
राडिया पर्लम्यानः मदर अफ इन्टरनेट
राडिया पर्लम्यानलाई मदर अफ इन्टरनेटको उपनामले चिन्ने गरिन्छ । उनको स्पानिङ ट्री प्रोटोकलमा प्रयोग गरिएको एल्गोरिदमकै कारण अहिलेको इन्टरनेटको जन्म सम्भव भएको हो ।
उनको कामले नेटवर्कले कसरी सेल्फ अर्गनाइज गर्छन् र डेटा मुभ गर्छन् भन्ने विषयमा एक्दमै ठूलो प्रभाव पारेको थियोे । उनले इन्टरनेट ट्रयाफिकको आधारभूत नियमावली बनाउनलाई पनि योगदान दिएकी छन् ।
उनी अहिले पनि डेल ईएमसीको कम्प्युटर प्रोग्रामर र इन्जिनियरको रुपमा काम गरिरहेकी छिन् । उनले विभिन्न ठाउँमा कीनोट स्पीचहरु प्नि दिइरहन्छिन् ।
क्यादरिन जोनशन: नासा गणितिज्ञ
क्यादरिन जोनशन एक नासा गणितिज्ञ हुन् र उनले अमेरिकी स्पेश फ्लाईटमा महत्वपूर्ण भूमिका निर्वाह गरकी थिइन् । उनको कम्प्लेक्स म्यानुअल क्यालकुलेसनहरु भविष्यको स्पेश मिशनहरुका लागि पनि उपयोगी रहेको थियो ।
जोन ग्लेन, अर्बिटमा पूगने पहिलो अमेरिकी पनि उनकै क्यालकुलेसनले सम्भव भएको हो । उनले ग्लेनको अनुरोधमा फलाईटको दौरान आफ्नै हातले कम्प्युटरमा नम्बर प्रोग्राम गरेकी थिइन् ।
ग्लेनले क्यादरिनले सबै ठिक छ भनिन भने सबै ठिकनै हुन्छ पनि भनेर भन्ने गर्दथे । ९७ वर्षको उमेरमा उनलाई पूर्व राष्ट्रपटि बाराक ओबामाले प्रेसिडेन्सियल मेडल अफ फ्रिडम द्वारा सम्मान गरेका थिए ।
केरेन स्पार्क जोन्स: सूचना विज्ञानमा अग्रगामी
केरेन स्पार्क जोन्स सूचना विज्ञानमा अग्रगामी व्यक्तित्व हुन् । उनको काम सूचना विज्ञानमा एक्दमै धेरै उद्धृत गरिएको हुने गर्दछ ।
उनले कुनै शब्द डक्युमेन्टका लागि कति महत्वपूर्ण छ भनेर थाहा पाउनका निम्ति इन्भर्स डक्युमेन्ट फ्रिक्वेन्सीको विकास गरेकी थिइन् ।
उनको यो प्रविधि सर्च क्वेरीमा डकुमेन्टको महत्व बुझ्न र वेब सर्च इन्जिनमा र्याकिङ दिनका लागि स्टयाण्डर्ड प्रविधि मान्ने गरिन्छ । उनलाई सन् २००७ मा लभलेस मेडलबाट पनि सम्मान गरिएको थियो ।
एलिजाबेथ फेनलरः वास्तविक सर्च इन्जिन
सन् १९७२ देखि सन् १९८९ सम्म एलिजाबेथ फेनलरले क्यालिफोर्नियामा नेटवर्क इन्फोरमेसन सेन्टर नामक सर्च इन्जिन खोलेकी थिइन् जसलाई पूर्व ऐतिहासिक गूगलसरहनै मान्न सकिन्छ ।
नेटवर्क इन्फोरमेसन सेन्टर पहिलो ठाउँ थियो, जहाँ इन्टरनेटका लागि प्रोत र निर्देशिकाहरु प्रकाशन गरिने गरिन्थ्यो ।
यसैले वास्तविक ह्वाईट र येल्लो पेजको विकासको निर्देशिका ल्याएको हो । उनकै टोलीले डोमेन नेमिङ्ग स्कीमको विकास गरेको थियो जसमा डटकम, डट जिओभी र डटनेट रहेका छन् ।
टिप्स
युट्युब प्रिमियम बिनानै यसरी हेर्नुहोस् विज्ञापन रहित भिडियो
भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्यूब संसारभरि लाखौं प्रयोगकर्ताहरू द्वारा प्रयोग गरिन्छ । यस एपमा प्रयोगकर्ताहरूलाई विज्ञापन–रहि…
के तपाईको फोन अत्याधिक ह्यांग भईरहेको छ ? यसरी गर्नुहोस् ठिक
आजकल स्मार्टफोन बिना जीवन अधुरो छ । हामी धेरैजसो कुराको लागि मोबाइलमा निर्भर छौं। किनमेल, बिल भुक्तानी, टिकट बुकिङ र अध्ययनक…
पैसा निकाल्ने क्रममा तपाईंको कार्ड एटीएममा अड्कियो भने यी गल्ती कहिले पनि नगर्नुहोस्
अनलाइन भुक्तानीको सुरुवात पछि, एटिएमबाट पैसा निकाल्ने प्रक्रिया कम भएको छ तर पूर्ण रूपमा समाप्त भएको छैन् । एटिएमबाट पैसा निका…
वाइफाइ राउटरलाई ४ स्थानमा गल्तिले पनि नराख्नुहोस्, सिग्नल स्ट्रेन्थ कमजोर हुनेछ
के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्दा सुस्त इन्टरनेटको कारण धेरै समस्या भएको छ होला ।
यदि वा…
मोबाइल एप डाउनलोड गर्दा ध्यान दिनुपर्ने कुरा
अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरे…
फेसबुकमा गेम रिक्वेस्ट कसरी रोक्ने ?
फेसबुकमा आएको गेम रिक्वेस्टले धेरै प्रयोगकर्तालाई समस्यामा पारेको छ । यद्यपि अहिले गेम रिक्वेस्ट विरलै आउँछन् तर नआउने भन्ने पनि …
इन्टरनेटको स्पीड कसरी थाहा पाउने ?
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट…
स्मार्टफोनको स्पिकरलाई नयाँ जीवन दिने ४ टिप्स
यदि तपाई लामो समयदेखि एउटै फोन प्रयोग गर्दै हुनुहुन्छ भने स्पिकरको आवाज धेरै कम भएको याद गर्नु भएको होला ।
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।
कतै तपाईले गलत ठाउँमा राउटर राखेर इन्टरनेट स्लो बनाइ रहनु भएको त छैन् ?
यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघि आफ्नो राउटरको लोकेसन जाँच …
ह्वाट्सएपमा स्प्याम नम्बर सजिलैसँग ब्लक गर्न सकिने, यस्तो छ प्रक्रिया
पछिल्ला केही महिनामा अनलाइन ठगीका घटनाहरु निकै बढेका छन् । अपरिचित व्यक्तिको कल वा म्यासेज आएपछि हजारौंले लाखौं रुपैयाँ गुमा…
पुरानो हुन्छ सामाजिक सञ्जाल पनि, तपाईंको मनपर्ने प्लेटफर्म कतै खतरामा छ?
यदि तपाईं ९० को दशकमा वा त्यस भन्दा अघि जन्मनुभएको हो भने अर्कुट जस्ता पुराना सोशल मिडिया प्लेटफर्महरू चलाउनु भएको हुन सक्…
ल्यापटप सफा कसरी गर्ने ?
ल्यापटप हामी धेरैले प्रयोग गर्छौं । लगातार ल्यापटप प्रयोग गर्दा धुलो छिरेको हुन्छ । यदी उक्त धुलो सफा नगरेमा यसले ल्यापटपको…
फेसबुकमा अरूले मेन्सन र हाइलाइट गरेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द
केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…
फेसबुकको पुरानो अकाउन्ट यसरी डिलिट गर्नुहोस्
फेसबुक धेरैले प्रयोग गर्छन् । तर कतिपय पुराना अकाउन्ट प्रयोग भइरहेको हुँदैन् । यस्तो अवस्थामा पुरानो अकाउन्ट …